ह्रस्व मात्रै प्रयोग गर्दा नेपालि भाषा बुझ्न सकिन्छ कि सकिदैन? (आनन्दको नेपालि)

नोट : (२०७३, असोज अपडेट) – शुरुमा सबैले प्रयोग गर्न सजिलो होस भनेर “सजिलो नेपालि” नामांकरन गरेको भए पनि, अबदेखि यो प्रयोग मेरो नितान्त ब्यक्तिगत प्रयोग हुने भएकोले “आनन्दको नेपालि” नामांकरण गरिएको छ । “आनन्दको नेपालि” को जननि नेपालि भाषा हो । जसरि मैले मेरि आमाको सम्मान र श्रद्धा गर्छु तेस्तै मैले नेपालि भाषाको पनि सम्मान र श्रद्धा गर्छु । तेसैले, जसरि मलाइ मेरि आमालाइ परिवर्तन गर्न मन छैन तेसरि नै मलाइ नेपालि भाषामा पनि कुनै परिवर्तन गर्नु छैन, भाषा बिगार्नु छैन । 

“आनन्दको नेपालि” एक ठुलो प्रयोग हो, भाषाको सरलिकरणको लागि । यो प्रयोग ब्यबहारिक हुन्छ कि हुँदैन, अर्को बहसको  बिषय हुने छ । तर, यसरि मैले गरेका परिवर्तनका कारणले हुने परिवर्तित भाषाको स्वरुपको मैले पुर्ण जिम्मेवारि लिएको छु । यसरि यस भाषाको परिवर्तन, परिमार्जन र प्रयोग गर्ने पुर्ण जिम्मेवारि मेरो हुनेछ । यसका साथै, पाठकहरुलाइ कुनै द्विविधा नहोस भनेर, यस भाषा प्रयोग भएर प्रकाशित हुने सबै प्रकाशनहरुमा मैले “आनन्दको नेपालि” प्रयोग भएको जानकारि दिने छु । 

भाषामा नियम हुनु पर्छ । नियम भएन भने एउटा कुरा भन्दा अर्कै बुझिन्छ। तेसैले, भाषाको सर्बमान्य नियम, ब्याकरणको सबैले सम्मान गर्नु पर्दछ । यसको साथ साथै, भाषाको उपादेयतामा कुनै कमि नआउने गरेर ब्यकारणलाइ परिमार्जित र सजिलो बनाउनमा पनि कुनै कन्जुस्याइ गर्नु हुँदैन भन्ने पनि मेरो मान्यता छ ।

४ बर्ष अघि सन् २०११ मा नेपालि भाषाको शुद्दतामा आएको संकटलाइ लिएर “नेपाली भाषाको उत्त्थनामा जुटेका, भाषाको ‘सत्यानाश गर्ने’ इन्टरनेट जमात” लेखेको थिएँ । भाषा शुद्दतालाइ लिएर मानिसहरुमा अझै पनि उत्तिकै उदास छन र यसमा कुनै परिबर्तन हुने सम्भाबना पनि देखिदैन । त्यसको २ बर्ष पछि, सन् २०१३ मा “नेपाली भाषामा ह्रस्व र दीर्घको आबश्यकता नै छैन” भन्ने लेख लेखिएको थियो। यो तर्क गर्न त ठिकै थियो तर, के यो बिचार साच्चिकै प्रयोग गर्न सकिएका त भन्ने प्रश्नले मलाइ बिगत २ बर्ष देखि घचघच्याइ रहेको थियो ।

यो २ बर्षमा मैले ह्रस्व दिर्घको नियमको पुर्ण ज्ञान भएको कोहि पनि नेपालि भेटिन। धेरै जनाको जवाफ “ह्रस्व दिर्घ आउछ भनेर धमण्ड गर्दिन तर लेख्दा शुद्ध गर्न सक्नु असल काम हो” भन्ने आशयकै हुन्थ्यो। कसैले नजानेको यो कस्तो नियम होला भन्ने सधै लागिरहेको बेला हिजो एउटा प्रयोग गर्ने सोच आयो । एक बर्ष सम्म दिर्घ लेख्दै नलेखि ह्रस्वमा मात्र मनोरंजन समाचार लेखेर यहाँ पोस्ट गर्ने र बर्षको अन्तमा नबुझिने शब्दहरुको सुचि तयार गर्ने । यो नै बैज्ञानिक तरिका हुने सोचले आफैले लेखेका र अरु विभिन्न माध्यममा छापिएका मनोरन्जन सामाग्रिहरु यस नेपालि ब्लगमा बाडने बिचार गरेको छु । गल्तिले दिर्घ भएका कुनै शब्द भएमा कमेन्टमा सुचना दिनु भएमा आभारि हुने थिएँ ।

ट्विटरका एक साथि रौनकको सुझाबमा यो नयाँ प्रयोगलाई “सजिलो नेपालि” नामाकरण गरिएको छ।

nepali project

यो सजिलो नेपालि प्रयोगमा:

  • सबै दिर्घ शब्दहरुलाई ह्रस्व बनाइने छ । जस्तै ‘पानी’ लाइ ‘पानि’ लेखिने छ ।
  • रू लाइ रु लेखिने छ
  • ई लाइ इ लेखिने छ

ट्विटरमा यो बिषयमा चर्चा गर्दा #नेपालि ह्यासट्याग प्रयोग गरिने छ ।

केहि साथिहरुले यस प्रयोगलाई तालब्य वा मुर्दन्य (स,श,ष) मा पनि प्रयोग गर्न अनुरोध गर्नु भएको थियो। तर, एकै चोटिमा धेरै कुरामा हात हाल्नु भन्दा अहिलेलाइ ह्रस्व दिर्घलाइ मात्र प्रयोग  गर्ने र भविष्यमा ‘स’को प्रयोगको बारेमा छुट्टै प्रयोग गर्ने बिचार गरिएको छ ।

सजिलो नेपालि प्रयोगका चुनौतिहरु

  • पाठक – यो प्रयोगमा पाठकको सहभागिता अत्यन्तै जरुरि हुन्छ । तेसैले सबै पोस्टका लिंकहरु ट्विटरमा बाडिने छ । यसका पाठकहरुले पनि आफ्ना साथिहरुलाइ पढ्न आग्रह गरिदिनुहुनेछ भन्ने आशा लिइएको छ ।
  • समय – यो प्रयोगको सबै भन्दा ठुलो चुनैति समयको हो । प्रत्येक दिन एक समाचार लेख्ने र सबै शब्दलाई दिर्घ बनाउन अबस्य पनि सजिलो छैन । कुनै दिन समयले नभ्याएमा अर्को दिन पोस्ट गर्ने प्रयास गर्ने छु । यस कार्यमा सहयोगि हातहरुलाइ पनि स्वागत हुनेछ  ।
  • खर्च – यो ब्लगमा कुनै पनि बिज्ञापन नराखिने हुनाले यसको आफ्नै कुनै आम्दानि छैन । तर, अंग्रेजि संस्करणको आयले यो ब्लग बर्षौं देखि यसरि नै चलिरहेको हुनाले खर्चको समस्या नहोला भन्ने लागेको छ।
  • बिरोध – तर्क बितर्कको लागि बिरोध गर्ने सबैलाइ स्वागत छ । यो प्रयोग मात्र हो र मलाइ अहिले कुनै पनि सुझाब दिनु छैन।

एक जना साथिले संबिधान सभाको उदाहरण दिदै भन्नु भएको थियो, “संबिधान बन्ने बित्तिकै संबिधानसभाका सभासदहरु बेरोजगार हुने हुनाले संबिधानको टुंगो लगाउन ढिलो गरिएको हो । तेस्तै,  भाषा सम्बन्धि नियम सजिलो भएमा भाषाविदहरुको जागिर पनि संकटमा पर्ने सम्भावना रहन्छ।” तर, मलाइ साथिको तर्कमा कुनै सत्यता होला जस्तो लाग्दैन ।

उनि थप्छन, “भाषा जति क्लिष्ट भयो त्यति नै हिज्जे परिक्षकको आबश्यकता हुन्छ । भाषालाइ सजिलो बनाएर कसैले आफ्नै खुट्टामा बन्चरो हान्छ ?” प्रश्नको उत्तर सजिलो छ – यो खुट्टामा बन्चरो हानेको होइन । भाषाबिद्को काम भनेको नै भाषाको उत्थान गर्ने हो । भाषाको बारेमा चिन्तितहरुको कुरा सुन्दा राम्रै हुन्छ, आफ्नो बारेमा मात्र चिन्ता गर्नेले भाषाको कुरा नै गर्दैनन् । तेसैले, यो प्रयोगलाइ समर्थकको खाँचो छैन, आउनुहोस्, यसको सक्दो  बिरोध गरौ र नेपालि भाषाको उत्थान गरौँ ।

यो प्रयोगको बारेमा सुझाब र बिचार कमेन्टमा दिनु होला, धन्यबाद !

स्पष्टिकरण

  • यो व्यक्तिगत प्रयोग हो, यसमा कुनैपनि संगठन वा संस्थाको संग्लग्नता छैन ।
  • यो प्रयोगमा लाग्ने खर्चका लागि सहयोगको याचना गरिने छैन ।
  • यो प्रयोगको नतिजालाइ प्रयोगको अन्त्यमा एक लेखको रुपमा प्रकाशित गर्ने प्रयास गरिने छ ।

प्रयोगात्मक लेखहरु

** १०० लेख सबै ह्रस्वमा लेखेर पोष्ट गरे पछि यो ब्लगलाइ भिडियो ब्लग बनाउने निर्णय गरियो  । हुन त, करिव २ महिना देखि नै अन्जानमा नै प्राय सबै पोष्टमा भिडियो पोष्ट गरि रहेको भए पनि अब देखि सबै पोष्टहरुलाइ भिडियो पोष्ट बनाइने छ ।  यसो गर्दा ह्रस्व र दिर्घ लेखनले उच्चारणमा आउने भिन्नतालाइ पनि नियाल्न सजिलो हुने बिश्वास गरिएको छ । पहिले जस्तै पाठकहरुको सुझाव को अपेक्षा गरिएको छ । **

पुराना लेखहरु जसलाइ हालै ह्रस्वमा पारिवर्तन् गरिएका छन्:

मासिक पोष्ट गणना 

  • June 2015 – 14
  • July 2015 – 17
  • August 2015 – 12
  • September 2015 – 12
  • October 2015 – 9
  • November 2015 – 28
  • December 2015 –  32
  • January 2016 –  31  (on Jan 31st)

कमेन्टको लागि प्रश्न : १. यो लेखमा कुनै दिर्घ फेला पार्नु भयो ?  सबै ह्रस्व लेख्दा मेरो भनाइ प्रष्ट भएको छ कि छैन ?

4 thoughts on “ह्रस्व मात्रै प्रयोग गर्दा नेपालि भाषा बुझ्न सकिन्छ कि सकिदैन? (आनन्दको नेपालि)

Leave a Reply

Your email address will not be published.