करिश्मा र परम शक्तिपिठले निर्माण गरेको वात्सल्या कुटि भुकम्प पिडितलाइ हस्तान्तरण

अभिनेत्रि करिश्मा मानन्धरको सह-संयोजनमा परम शक्तिपिठले धर्मस्थलिस्थित चोगाउँमा निर्माण गरेका ५० ओटा अस्थायी घरहरु भुकम्प पिडितलाइ हस्तान्तरण गरिएको छ। सोहि स्थानमा थप २५ ओटा घरहरु पनि आगामि एक हप्ता भित्र निर्माण सम्पन गर्ने बताइएको छ । यि अस्थायि घरहरुलाई ‘वात्सल्या कुटि’ नामाकरण गरिएको छ ।

अडियो रिपोर्ट :

घर हस्तान्तरण कार्यक्रममा पुगेका सुचना तथा संचारमन्त्रि मिनेन्द्र रिजाल, करिश्मा लगायत एक दर्जन भन्दा बढि कलाकार, परम शक्तिपिठका अधिकारिसंगै  अधिष्ठात्रि परम्पुज्या दिदि माँ साध्वि ऋतंभरालाइ स्थानियहरुले बाजागाजाका साथ माला र अबिर लगाएर स्वागत गरेका थिए।

सो कार्यक्रममा मन्त्रि रिजालले कलाकारहरुको सहयोगको प्रशंसा पनि गरेका थिए । चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष राजुकमार राइले पनि कलाकारहरु को सहयोगले विपत भएको बेलामा कलाकारहरुले पनि सहयोग गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।

उक्त कार्यक्रममा उपस्थित हुने कलाकारहरु अभिनेत्रि झरना थापा, निर्देशक आकाश अधिकारि, निर्माता विनोद मानन्धर, हास्य अभिनेत्रि दीपाश्री निरौला, हास्य अभिनेताहरु दिपकराज गिरि, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, निर्देशक बाबुराम दाहाल, अभिनेता सरोज खनाल, अभिनेत्रि बसुन्धरा भुषाल, गौरी मल्ल, अभिनेता रमेश उप्रेती, दिलिप रायमाझि, गायिका कोमल ओलि आदि कलाकारहरु उपस्थित थिए।

कार्यक्रममा बोल्ने क्रममा साध्वि ऋत्मभराले करिश्मालाई गोदावरिका भूकम्पपिडितका लागि ९० टहरा बनाउने काम जिम्मा  दिएको बताइन  छन् । उनले अरु भुकम्प पिडितहरुको लागि भनेर अरु ६०० ओटा टहराहरु बनाउने योजना पनि रहेको उनले जानकारी दिइन्।

artists in hand over houses

karisma-and-komal-oli

नोट – यो लेखमा  ‘सजिलो नेपालि‘ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा, उल्टो अर्थ लागेमा कमेन्ट गर्नुहोला। धन्यबाद !

यो बारेमा हाम्रो अग्रेजि सन्स्करण्को ब्लगमा पनि लेखिएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *