अपडेट – विष्णु क्षेत्रिको हत्या भएको भन्दै उनकै दाजु कृष्ण क्षेत्रिले फेसबुकमा शोक व्यक्त गरे पनि विष्णुकि श्रीमती श्रिषाले भने समाचारलाई ‘बकवास’ भएको बताएको खबर अनलाइन खबरमा लेखिएको छ । समाचार अनुसार श्रिषाले जिउँदो मान्छेलाई मर्यो भनेर हल्ला फैलाउने को हो भनेर उल्टो प्रतिप्रश्न गरेको अनलाइनखबरले लेखेको छ फो। प्रहरी प्रवक्ता कमलसिंह बमले पनि हत्याको विषयमा कुनै जानकारी नआएको बताएको खबर छ ।
***
युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रिको ‘हत्या’ गरिएको खबर ‘दैनिक नेपाल’ अनलाइन पत्रिकामा लेखिएको छ । लाखौँ सर्वसाधारणबाट अर्बौ रुपैँया ठगी गरेको आरोप लागेका बिष्णु क्षेत्रिलाइ ललितपुरको भैँसीपाटीमा यहि मंगलबार ‘गोली हानी हत्या’ गरिएको भन्ने आशयको फेसबुक स्क्रिनशट समेत राखेर पोस्ट गरिएको सो समाचारलाई पुष्टि गर्न भने सकिएको छैन ।
विष्णुका दाजु कृष्ण क्षेत्रिले फेसबुकमा पोस्ट गरेको भनेको रगतले लत्पतिएको फोटो भने अहिले उनको प्रोफाइलमा छैन (अपडेट: फोटो प्राइभेसि सेटिंगका कारण ले नदेखिएको रहेछ, कृष्णका साथि को लिष्टमा भएका ले मात्र देख्ने गरेर राखिएको रहेछ ) ।
अहिले कृष्ण को फेसबुकमा जुन ३० भन्दा पछि कुनै पोस्ट भएको देखिदैन
पर्वतका स्थाइ बासिन्दा कृष्णबहादुर क्षेत्रि र विष्णुबहादुर क्षेत्रिले मिलेर युनिटि संचालक गरेका थिए हुन् । उनिहरुलाइ ठगीको आरोप लागेपछि अहिले दुवै जना फरार रहेका छन् । विष्णुबहादुर युनिटिका प्रबन्ध निर्देशक थिए ।
युनिटी लाइफ काण्डमा सर्वसाधारणको करिब रु. ३ अर्ब ७९ करोड भन्दा बढी रकम फसेको थियो । सोहि अभियोगमा जिल्ला अदालत ललितपुरले युनिटिका अध्यक्ष काशि गुरुङ सहित १२ सञ्चालकलाइ एक बर्ष अघि दोषि ठहर गर्दै तिन बर्ष जेल सजायको फैसला गरेको थियो । अदालतको फैसला बमोजिम अध्यक्ष गुरुङसहित अधिकांश सञ्चालकहरु जेल गए पनि प्रवन्ध निर्देशक विष्णु क्षेत्रि भने फरार रहेका थिए ।
युनिटिका एक सदस्यका अनुसार प्रहरीबाट जोगिन क्षेत्री दाजुभाइले मरेको नाटक गरेको हुन सक्ने पनि बताएका छन् । मंगलबार साँझ ५ बजेको घटना भनिए पनि यो घटनाको बारेमा कुनै समाचार प्राप्त भएको छैन छैन् । प्रहरिले पनि यसको आधिकारिक जानकारि दिएको छैन । विष्णुका दाजु कृष्णले फेसबुकबाट सो फोटो हटाइ सकेको ले पनि यो केवल एक प्रोपागाण्डा हुन सक्ने अनुमान गर्न सकिन्छ ।
दैनिक ले शेयर गरेको स्क्रिनशट:
(यो सजिलो नेपालि प्रयोग को एक हिस्सा हो)
2 thoughts on “युनिटिका सञ्चालक विष्णु क्षेत्रिको हत्या कि नाटक ?”