व्याकरणका नियामहरु, पदान्तमा दिर्घलाइ ह्रस्व बनाउदा के होला?

व्याकरणका ब्यख्यानताहरुले पदान्तामा दिर्घ हुने केहि नियमहरु बनाएका छन्। यि नियमहरुमा कुनै समस्या छ जस्तो लाग्दैन तर, यदि ह्रस्व लेख्दा र दिर्घ लेख्दा अर्थमा कुनै फरक नहुने हो भने यस्ता नियमले क्लिष्टता मात्र थपेको भनेर मान्न सकिन्छ । अब, ‘नेपालि भाषा व्यकरण’ नाम गरेको एक ब्लग बाट लिइएको पदान्तामा दिर्घ सम्बन्धि एक एक नियमहरुलाइ केलाउं (दुखको कुरा, यो नियमको संगालोमा पनि केहि ब्याकरणका गल्तिहरु भने देख्न सकिन्छ):

१. स्त्रिलिंगनाम शब्दको पदान्तामा ह्रस्व लेख्दा के फरक पर्छ ?

जस्तै – छोरि, सालि, स्वास्नि, गाइ, भैंसि आदि  । यि शब्दहरुले ह्रस्वलेख्दा र दिर्घ लेख्दा उहि अर्थ दिने हुनाले दिर्घ लेख्नु (वा ह्रस्व लेख्नु)मा कुनै अन्तर छैन  ।

२. नपुंशक शब्दको अन्तिम इकारमा ह्रस्व लेख्दा के फरक पर्छ ?

जस्तै – पानि, थालि, ठेकि, थैलि, टोपि, फर्सि आदि । (यि शब्दहरुले ह्रस्वलेख्दा र दिर्घ लेख्दा उहि अर्थ हुन्छ)

३. सर्वनाम शब्दमा ह्रस्व लेख्दा के फरक पर्छ ?

जस्तै हामि, तिमि, उ, उनि, आफु, कोहि, तपाइ आदि !

४. इकारान्त विशेषण शब्दमा ह्रस्व लेख्दा ->  धनि, नोकरि, ज्ञानि, डाक्टरि, अल्छि, आटि, गफाडि, नेपालि, कालि

५. शंख्यात्मक विशेषण शब्दमा ह्रस्व लेख्दा ->  दुइ, साठि, सत्तरि, असि आदि

६. बिध्यर्थ जनाउने क्रियामा ह्रस्व लेख्दा ->  खाउ, सुन्नु, दिनु, सम्झनु, बसुँ आदि

७. सर्वनामबाट निर्मित शबद्को पछाडि आउने ‘ही’ लाइ ‘हि’ बनाउदाको फरक -> यहि, उहि, त्यहि आदि

८. ‘एर’ अर्थ दिने र स्त्रिलिंगि क्रियाको अन्तिम इकार – जस्तै खाइ (खाएर), पढि,  आइ, लेखि, बुझि आदि

९. की, री, नी लाइ  कि, रि नि बिभक्ति चिन्ह लगाइदिदा – मेरि, तेरि, रामकि, उसकि आदि

१०. लाइ बिभाक्ति लगाउदा – मलाइ, रामलाइ, उसलाइ आदि

११. पत्यायान्त र ब्युत्पन्न शब्दमा अरि, तरि लगाउदा – कसरि, कस्तरि, त्यसरि, खलखलि, तनतनि, आदि

१२. आदर र माया वा सम्मानजनक स्त्रिलिंग जनाउने शब्द जस्तै – श्रि, सुश्रि, श्रिमति, जि, ज्यु, सानु, बाबु, उसकि, आफ्नि, मेरि आदि

१३. जात, थर, पेशा जनाउने शब्द – कामि, दमाइ, क्षेत्रि, रेग्मि, पराजुलि, भट्टराइ, ज्यामि, ब्यापारि, खेति आदि

१४. स्थान र नदिको नाममा – नारायणि, सिन्धुलि, सप्तरि, लालबन्दि, मेचि, धौलागिरि आदि

१५. लि, आलि, एलि, यौलि, अनि, अन्ति, आउटि, आरि, एरि जस्ता प्रत्यय लागेका शब्दहरुलाइ र्हस्व बनाउदा : भारतेलि, पुर्ख्य्यौलि, रत्यौलि, उब्जनि, कटनि, घोकन्ति, छेराउट, चिनारि, पोतेरि आदि

rhaswa dergha

यो ब्लगमा ‘सजिलो नेपालि‘को प्रयोग शुरु गरे देखि आज सम्म २० भन्दा बढि समाचार/बिचार लेखिए, सबै ह्रस्वमा, र अहिले सम्म उल्टो अर्थ लागेको सुन्नमा आएको छैन। तेसैले यि नियमहरु अनाबश्यक हुन सक्ने धेरै सम्भावना देखिएको छ।

कमेन्ट गर्नुहोला, धन्यबाद ।
*******
पाठकको कमेन्ट:

मित्र् @ipagalbasti ले यो प्रयोगमा बिमति जनाउनु भएको छ । आशा गरौं, उहाँले बिमति हुनुका कारण र तर्कहरु पेश गर्नुहुने छ। :

One thought on “व्याकरणका नियामहरु, पदान्तमा दिर्घलाइ ह्रस्व बनाउदा के होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *