अख्तियार प्रमुखको बचपना, लोकमान सिंह कार्किको ट्विटरमा अल्लारे खेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालका बर्तमान प्रमुख आयुक्त लोकमान कार्किको ट्विटर खातामा भएका ३००,००० चानचुन फलोअर एकै दिनमा एक्कासि ४००,००० चानचुन पुगे पछि मलाइ उनलाइ मन पराएर फलो गर्ने फलोअर को को रहेछन भन्ने जिज्ञाषा लग्यो ।

एकै दिनमा एकलाख जनाले फलो गर्न कि त ठुलै हलचल नै हुनु पर्यो कि बदमासि । बदमासि रोक्ने निकायका प्रमुखले बदमासि गर्लान भनेर सोच्नु पनि पाप हुन्छ भन्ने बुझेको हुनाले अहिले नेपालमा भएका घटनाक्रमलाइ अध्धयान गर्न थालें । नेपालमा भएको बजेट भाषण साच्चै नै ठुलो घटना रहेछ । लोकमानले बजेटको बारेमा ठुलै कुरा गरे होलान भनेर खोजेको केहि पनि फेला परेन ।

रियल डाटा हेर्दा जुलाइ ६ मा ३,२४,५१८ थियो (एक ट्विटर प्रयोगकर्ता ‘महाचोर’ले जुलाइ ६ मा त्यो नम्बर टिपेका थिए) भने अहिले जुलाइ १५ मा त्यो नम्बर ४,०९,३१२ छ। मैले देखे अनुसार हिजो सम्म ३ लाख २५ हजार पनि पुगेको थिएन तर, मैले यसको कुनै रेकर्ड राखेको थिइन। तेसैले, थप ८४,७९४ फलोअर लाइ ८ दिनमा बराबर हिसाब लगाउदा दैनिक १०,६०० जना नयाँ फलोअर थप भएको तथ्य आफैमा अस्वाभाविक देखिन्छ।

आज जुलाइ २० मा कार्किको फलोअर शंख्या ४१५, ६०४ छ जुन जुलाइ १५ बाट जुलाइ १६ मा ५,००० ले बढेको थियो तर, त्यस पछि उल्लेख्य रुपमा बढेको छैन । (यो लेख जुलाइ १५ मा लेखेर जुलाइ २०मा अपडेट गरेर पोष्ट गरिएको हो)

ट्विटरमा गरिने बदमासि

पहिला ‘बदमासि’ भनेको के हो त्यसको बिश्लेषण गरौँ : नियम कानुन अनुरुप नगर्नुलाइ बदमासि गरेको मानिन्छ । कसैले नियम कानुन बिपरित काम गरेर बदमासि गर्लान भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग खडा गरिएको हो । तर, ट्विटरको नियम नेपालको नियम कानुन भन्दा बाहिरको भएकोले  अख्तियारको दायरा भित्र पर्दैन। तेसैले लोकमान कार्किले यदि ट्विटरमा बदमासि नै गरेको भए पनि कुनै कानुन भने लाग्दैन। तेसैले यो लेखको उद्देश्य कसैलाइ दोष लगाउनु भन्दा पनि यस्तो पनि हुन्छ भनेर सचेत बनाउनु मात्र हो ।

खासमा ट्विटर, फेसबुकमा फलोअर, लाइक आदि किनबेच हुने गर्छ। धेरै मानिसहरु यस्तै फलोअर र लाइक किनबेचलाइ ब्यबसाय नै बनाएर बसेका हुन्छन। यि वेबसाइटहरुले तेस्तो कार्यलाइ निरुत्साहित गरे पनि यस्तो कार्य रोक्न सजिलो छैन । लोकमान को एकाउन्टमा पनि तेस्तै खालको फलोअर किनबेचको कार्य भएको शंका गरिएको छ । यो शंकाका आधारहरु निम्न छन्:

  • एकै दिनमा हजारौं लाइक पाउन कि त ठुलै सेलिब्रेटि हुनु पर्छ होइन भने कमसेकम पनि केहि अस्वाभाभिक अबस्था आएको हुनु पर्दछ । लोकमान खासै चिनिएका ब्यक्ति पनि होइनन र नेपालका सरकारि कर्मचारि बाहेक अरु कसिलाइ चासोका ब्यक्ति पनि होइनन ।
  • नेपालिहरुमा उनि भन्दा बढि नाम चलेका र मन पराइएका धेरै मानिसहरु छन्  ।
  • भुकम्पको बेलामा धेरै राम्रो काम गरेको र धेरै नेपालिले सरहना गरेको नेपाल प्रहरिको फलोअर जम्मा ३२ हजार हुँदा लोकमानको दशौँ गुणा बढि ४०९ हजार रहेको छ ।
  • लोकमानका फलोअर सबै जसो फेक अकाउन्ट रहेका छन् । प्राय फलोअरहरु प्रोफाइल फोटो समेत नराखेका, फलोअर नभएका, कुनै पोस्ट नभएका छन् ।
  • एकै चोटि दसौं हजार फेक फलोअर झुक्किएर आउदैन । तेसैले यि फलोअर किनिएका हुने प्रबल सम्भावना छ ।
  • अहिले प्रोफाइलमा ताल्चा लगाइएको छ। ताल्चा लगाएको एकाउन्टलाइ फलो गर्ने मानिस धेरै कम हुन्छन ।
  • लोकमानले खासै ट्विट पनि गरेका छैनन् । जुलाइ ५ पछि एउटा मात्र ट्विट गरेका छन् भने RT र फेव एउटा पनि गरेका छैनन् ।

lokman singh twitter profile

को हुन लोकमान सिंह कार्कि ?

भुपालमान सिंह कार्कि तथा दुर्गा कार्किको छोराको रुपमा बि. सं. २०१२ चैत्र २४ बिहिबार जन्मेका लोकमान सिंह कार्किले बि.सं. २०७० बैसाख २५ गतेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कार्यभार सम्हालेका हुन । नेपालको अन्तरिम संबिधान, २०६३ बमोजिम संवैधानिक परिषदको सिफरिसमा राष्ट्रपतिले उहाँलाइ ६ बर्षको लागि प्रमुख आयुक्तमा नियुक्त गरिएको हो । यस हिसाबले उनको कार्यावधि अरु चार बर्ष बाँकि छ । संबैधानिक परिषदको सिफरिस सर्बदलिय सहमतिको आधारमा गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ एक स्वतन्त्र संवैधानिक निकाय मानिएको छ जसले भ्रष्टाचारको नियन्त्रण र रोकथाम गर्ने कार्य गर्दछ । नेपालको अन्तरिम संबिधान, २०६३ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ सार्वजनिक निकायका कर्मचारि र पदाधिकारिहरुले गर्ने भ्रष्टाचार र अनुचित कार्यसम्बन्धि बिषयमा अनुसन्धान तहकिकात गर्ने अधिकार र दायित्व सुम्पेको छ ।

माइ संसार ब्लगका अनुसार लोकमान बिवादको चुलिमा रहेका, राजाको शासनकालमा चाकरि गरेर मुख्य सचिव भएका ब्यक्ति हुन । बहुदलिय ब्यबस्थामा नेपालि कांग्रेसको कार्यकर्ताजस्ता ब्यबहार गर्ने लोकमान शाहि शासनमा कट्टर राजावादि भने भने त्यस पछि माओवादिनिकट हुन पुगेका हुन्। खिलराज रेग्मिको सरकार प्रमुख रहेको बेला उनकि अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले प्रचण्डको इच्छामा लोकमान सिंह कार्कि सिफारिश गरेको माइसंसारमा लेखिएको छ ।

स्वर्गिय भुपालमानसिंह कार्किले तत्कालिन राजा बिरेन्द्रसँग आफ्नो बेरोजगार पुत्रलाइ सेवाको अबसर दिन बिन्ति बिसाएको हुनाले लोकमान बहादुर भवनस्थित राजसभा स्थायि समितिमा सिधै उपसचिव बनेका थिए। बि.सं. २०४८ सालमा गठित पहिलो जननिर्वाचित सरकारमा उनका साथि महेश आचार्य अर्थराज्यमन्त्रि भए पछि सोहि मौका छोपेर दरबारबाट सेवा परविर्तन गरेर राजस्व सेवामा प्रबेश गरे। सामान्य प्रशासनमन्त्रि महेश्वरप्रसाद सिंहले बिरोध गरे पनि प्रधानमन्त्रि गिरिजाप्रसाद र अर्थराज्यमन्त्रि आचार्यको अघाडि सिंह निरिह भएर कार्किलाइ राजस्व समुहमा ल्याएको बताइन्छ।

लोकमान सिंह कार्कि काण्डहरु

टिपेक्स कान्ड

कार्किको सहसचिवमा बढुवाको लागि उनको कार्यसम्पादन मुल्यांकनमा टिपेक्स लगाएर भएको बताइन्छ। नेपाल साप्ताहिक पत्रिकाका लागि उपेन्द्र पोखरेलका अनुसार तत्कालिन अर्थसचिव ठाकुरनाथ पन्तले कार्यसम्पादन मुल्यांकनमा टिपेक्स लगाएर अन्य उपसचिवहरुलाइ पछि पार्दै कार्किलाइ सहसचिव बन्ने मार्ग प्रशस्त गरिदिएका थिए। निजामति इतिहासमा यो काण्डलाइ टिपेक्स काण्ड भनेर चर्चित छ । त्यसको लगत्तै यस्तो घोटाला नदोहोरियोस भनेर सर्वोच्च अदालतले नै निजामति कर्मचारिको कार्यसम्पादन मुल्यांकनमा टिपेक्स लगाउन नपाइने भन्ने आदेश नै जारि गर्नु परेको थियो ।

सचिब, मुख्य सचिव लोकमान सिंह कार्कि

सहसचिवमा बढुवा भए पछि लोकमान भन्सार बिभागका महानिर्देशक बने। उनले अर्थ मन्त्रालय अन्तर्गतका भन्सार बिभाग, राजस्व अनुसन्धान महाशाखा आदिको कार्यभार सम्हाल्दै सहसचिव भएको पाँच बर्ष पछि बैशाख ६, २०५८ मा उनि सचिबमा बढुवा भए। त्यस पश्चात उनि स्वास्थ्य, जलस्रोत, सुचना तथा सञ्चार मन्त्रालयमा सचिव बने।

राजा ज्ञानेन्द्रले १९ माघमा राज्य सत्ता आफ्नो हातमा लिएपछि आफुभन्दा बरिष्ठ १५ जना सचिवलाइ पाखा लगाएर मुख्यसचिव बने। तत्कालिन मन्त्रिपरिषद् उपाध्यक्ष किर्तिनिधि बिष्टको सहयोगमा कार्कि मुख्यसचिब भएको बताइन्छ ।

कट्टर राजावादि बाट माओवादि

ज्ञानेन्द्रको प्रत्यक्ष शासन शुरु हुनु भन्दा पहिले कांग्रेसको सहयोगमा प्रगति गरेका कार्कि राजाको शासनकालमा पक्का राजाबादि भएर मुख्यसचिव पनि हात पार्न सफल भए । उनि लोकतान्त्रिक आन्दोलनको बिरुद्ध डटेर लागेको हुनाले लोकतन्त्रको स्थापना भए पछि करिब तिन महिनासम्म मोरङको दर्बेशास्थित आफ्नै स्वामित्वको चन्दि्रका डिस्टिलरिको गेस्टहाउसमा गुप्तबास पनि बसे। तिन महिना पछि भने उनि माओवादिप्रति सहानुभुति राख्दै फेरि सक्रिय हुन थाले।

सुन काण्ड

९ पुस २०५१ मा हङ्कङ्बाट काठमाडौँ आएको आरए-४१० बिमानमा १० किलो सुन र १ सय ५० किलो चाँदि फेला पर्‍यो। सो समय कार्कि भन्सार बिभागका महानिर्देशक थिए । ७३ लाख रुपियाँ मुल्य पर्ने सो सुन-चाँदि एकाएक गायब भयो। ४ भदौ २०५४ मा पुनरावेदन अदालत पाटनले कार्किलाइ सफाइ दियो। आरोपिहरु बिच आरोप प्रत्यारोप हुदै सर्बोच्च पुगेर सबै आरोपिहरु चोखिएर निर्दोष भएको फैसला सुनाइयो।

भ्रष्टाचार अभियोगको मुद्दा बिचाराधिन भएकै  बेलामा तत्कालिन प्रधानन्यायाधिसको कार्कि निवासमा भएको महायज्ञमा भाग लिनु र त्यसको लगत्तै कार्किको पक्षमा फैसला आउनुलाइ पनि धेरैले शंकास्पद मानेका थिए।

अख्तियार प्रमुख लोकमान सिंह कार्कि

लोकमानको बाबु भुपालमानसिंह कार्किको परविारसँग कोइराला परिवारको सम्बन्ध बिपि कोइरालाको समयादेखि नै निकट भएको बताइन्छ। गिरजिाप्रसाद जिवित हुँदानै छँदै माओवादि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रि हुँदा पनि कार्किलाइ अख्तियारको प्रमुख आयुक्त बनाउन खोजिएको थियो । तर पार्टिभित्र नै लोकमानको बिरुद्ध आबाज उठन  थाले पछि गिरजिाप्रसादको सिफारिसका श्रिकान्त रेग्मिको नामलाइ नै समर्थन जनाएका थिए। कार्किलाइ नै प्रमुख आयुक्त बनाउनमा भने कोइरालाको पनि मौन समर्थन भएको बताइन्छ।

गिरिजा र कार्कि को सम्बन्ध २०५६ सालमा उनि प्रधानमन्त्रि हुँदाको घटनाले पनि पुष्टि गर्दछ । सो समयमा जलस्रोत मन्त्रि बलदेव शर्मा मजगैयाँले कार्किलाइ जलस्रोत मन्त्रालयको सचिव बनाइएपछि खुलेरै बिरोध गरेका थिए । गिरिजाले कार्किलाइ सचिव पदबाट हटाउन भन्दा मजगैयाँको राजिनामा स्विकृत गर्न उचित सम्झे।

बिबादित ब्यक्तित्व

  • लोकमान सिंह कार्कि सञ्चार मन्त्रालयको सचिव हुँदा आफ्ना बाबु भुपालमानसिंह कार्किको नाममा हुलाक टिकट नै निकालेका थिए
  • त्यहि बेला, युनाइटेड टेलिकम लिमिटेड (युटिएल)लाइ १९ करोड रुपियाँ राजस्व मिनाहा दिने बिबादास्पद निर्णय पनि गरेका थिए ।
  • कार्कि सानैदेखि क्रिकेट खेलका सोखिन भएको र आफ्नो लक्ष्य पुरा गर्न उनले खेलका कुनै पनि नियमहरु पनि वास्ता गर्दैनथे भनेर पनि भनिन्छ ।

सन्धर्भ सामाग्रि:

  • अख्तियारको आधिकारिक सामाग्रि – http://ciaa.gov.np/np/about/chief-commissioner.html (accessed July 201, 2015)
  • माइसंसार – May 5, 2013, http://www.mysansar.com/2013/05/4781/ (accessed July 201, 2015)

यस ब्लगमा प्रकाशित अन्य सामग्रि जस्तै यो लेख पनि ह्रस्व मात्र प्रयोग गरेर लेखिएको छ । यो ‘सजिलो नेपालि‘ प्रयोग हो । सुझाब र सल्लाह कमेन्टमा दिनु होला, धन्यबाद ।

स्क्रिनशटहरु : फलोअरहरु

Screen Shot 2015-07-14 at 6.52.39 PM

Screen Shot 2015-07-14 at 9.51.09 PM

Screen Shot 2015-07-14 at 9.51.48 PM

Screen Shot 2015-07-14 at 9.52.26 PM

भाषा नोट – “व” हटाएर “ब” लेख्न मिल्ने शब्दहरुमा “ब” लेखिएको मा “वेबसाइट, ब्यक्तित्व, वास्ता, स्वभाविक, ट्विटर,स्वास्थ्य, स्वामित्व, स्वतन्त्र, स्वामित्व, बढुवा” जस्ता शब्दमा व नै उच्चारण हुने रहेछन ।

2 thoughts on “अख्तियार प्रमुखको बचपना, लोकमान सिंह कार्किको ट्विटरमा अल्लारे खेल

Leave a Reply

Your email address will not be published.