एक अनलाइन पत्रिका, मलाय नेपालका अनुसार प्रचण्डकि बुहारि सिर्जना त्रिपाठिले आफुलाइ अन्याय भएको बताएकि छिन । नेकपा माओवदीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको छोरा प्रकाश दाहालकि श्रिमति सिर्जना उनिहरुको नाबालक छोरासंग हाल पोखरास्थित आफ्नो माइतीघरमा बस्दै आएकि छिन ।
अडियो रिपोर्ट:
२०६४ साल माघ ३ गते प्रकाशसँग बिहे गरेर छोरा पाएकि सिर्जनाको बिहे भने दर्ता नै गरिएको थिएन । उनि १७/१८ वर्षको उमेरकि हुँदा प्रकाश आफैँले मन पराएर उनलाइ माग्न भनेर उनको घरमा आएको स्मरण गर्दै सिर्जना भन्छिन, “तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा मम्मीले जबरजस्ती विवाह गराइदिएको भनेर अन्तर्वार्ता पनि दिएका रहेछन्।”
बिना संग बस्न थालेका प्रकाशले सिर्जनासँग सम्बन्धविच्छेद मागिरहेको तर उनि सजिलै सम्बन्विच्छेद नगर्ने अडानमा रहेको बुझ्न सकिन्छ । पोखरामै स्नातकोत्तर अध्ययन गरिरहेकि सिर्जना पहिला पढाइ सके पछि मात्रै त्यो बारेमा सोच्ने मनस्थिति बनाएकि छिन ।
अहिले सिर्जनालाइ आफ्नो छोराको जन्मदर्ता प्रमाणपत्र नभएर समस्या भएको छ । स्कुल भर्ना गर्न चाहिने जन्मदर्ता प्रमाणपत्र बनाउन विवाह दर्ता नभएकोले समस्या भएको सिर्जना बताउछिन ।
देशका समस्यासंग जुझिरहेका प्रचण्डले आफ्नै घरभित्रको समस्यालाइ कसरि सुल्झ्याउने होलान चासोको बिषय भएको छ ।
यस अघि, सन २०१२मा प्रकाशलाइ अर्काकि श्रिमति(बिना मगर)लाइ लिएर भागेको आरोपमा पार्टिबाट निष्काशन पनि गरिएको थियो। सिर्जना भन्दा पहिले पनि बिवाह गरिसकेका प्रकाशले पहिलो श्रिमतिलाइ पारपाचुके गरे पछि सिर्जनसंग बिवाह गरेका थिए । प्रकाश र बिनाको सम्बन्ध सोहि बर्ष सगरमाथा चढ्ने बेलामा शुरु भएको थियो ।
बिना मगर
प्रचण्डको परिवार
प्रकाश बिना मगर तिरको छोरासंग
यस अघि पोस्ट भएका सम्बन्धित सामाग्रिहरु :
-
‘सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्छु’ प्रचण्डपुत्र प्रकाश
यो समाचारमा लेखिएका ह्रस्वको बारेमा बुझ्न यो लिंकमा क्लिक गर्नुहोस: ‘सजिलो नेपालि‘ !
One thought on “प्रचण्डपुत्र प्रकाशकि दोश्रि पत्नि सिर्जना त्रिपाठिको गुनासो”