पुर्बयुबराज पारस शाहको मुटुमा समस्या, अस्पताल भर्ना

पुर्बयुबराज पारस शाहको मुटुमा समस्या देखिए पछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पतालमा पुर्याए पछि पारसको मुटुको सल्यक्रिया गरिएको र सो सल्यक्रिया सफल भएको जानकारि चिकित्सकहरुले दिएका छन् ।

अडियो रिपोर्ट:

चिकित्सकहरुका अनुसार अहिले पुर्ब-युबराज पारसको स्वास्थ अबस्था खतरा मुक्त रहेको छ । उनलाइ दुइ दिनमा डिस्चार्ज गरिने सम्भावना रहेको पनि अस्पतालले बताएको छ ।

अस्पताल श्रोतका अनुसार पारस मुटुको मंशपेशिमा देखिने समस्या बाट पिडित  भएको र शल्यक्रिया पछि उनको मुटुमा शेल्फ सकिंग मेशिन (ICT)  जडान गरिएको छ ।

पुर्बराजा ज्ञानेन्द्र पनि छोरा पारसको स्वस्थ स्थिति बुझ्न परिवारका साथ अस्पताल गएका थिए । उनले नेपालका अस्पताल राम्रा भएको र चिकिस्तक पनि सक्षम भएको हुनाले पारसलाइ नेपालमै उपचार गरिने बताएका छन् ।

लामो समयको थाइल्याण्ड बसाइ पछि पारस चार महिना अघिमात्र नेपाल फर्केका थिए । उनको अटेरिपनको सजाय स्वरुप बाबु ज्ञानेन्द्रले निर्मल निवासमा बस्न नदिएको हुनाले उनि भाडाको फ्ल्याटमा बस्दै आएका थिए । स्वस्थमा समस्या आएपछि भेट्न आएका बाबुले अब चाहि आफ्नो घर भित्र्याउलान त, सबैको चासोको बिषय भएको छ ।

पारसको स्वास्थमा चांडै सुधार आओस र उनि छिटै स्वस्थ होउन, एक्स्नेपालि परिवाराको शुभकामना छ ।  निम्न फोटो पारस शाह यस अघि थाइल्याण्डमा रहदा अस्वस्थ भएर ठिक भए पछि खिचिएको थियो:

paras shah

यो लेख पनि ह्रस्वमात्र प्रयोग गर्ने ‘सजिलो नेपालि’ प्रयोगको एक पाटो हो!

One thought on “पुर्बयुबराज पारस शाहको मुटुमा समस्या, अस्पताल भर्ना

Leave a Reply

Your email address will not be published.