नम्रताले राष्ट्रिय चलचित्र पुरस्कारको हल्ला निराधार भएको बताइन

गत साता वितरित राष्ट्रिय चलचित्र पुरस्कारका विषयमा आफ्ना बारे विभिन्न ब्लग र सामाजिक सञ्जालमा आएका कुरालाइ गलत हल्ला भन्दै नायिका नम्रता श्रेष्ठले दुख व्यक्त गरेकि छिन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टयाटस लेख्दै अनलाइन तथा ब्लगमा आएका समाचार तथ्यहिन भएको बताएकि हुन् । राष्ट्रिय पुरस्कार वितरण समारोहमा आफु अरु भन्दा पहिले नै बाहिरिएको र आफुलाई अवार्ड नदिइएको विषयमा नचाहिँदो अनुमान लगाइएको उनले स्ट्याटसमा लेखेकि छिन् ।

अंग्रेजिमा लेखिएको नम्रताको भनाइको पुर्ण पाठ हाम्रो अंग्रेजि संस्करण ब्लगमा पढ्न सकिन्छ।

namrata shrestha 4

“पुरस्कार नपाएका कारण चाँडै बाहिरिएको भन्ने हल्ला सरासर निराधार हो । त्यो दिन मेरो म्युजिक भिडियोको सुटिङ थियो । बोर्डबाट अनुरोध आएकाले सो कार्यक्रममा गएकि थिएँ । सुटिंग युनिटले कुरिरहेकाले हुनाले कार्यक्रम सकिने बित्तिकै हिंडे,’ नम्रताले लेखेकी छिन् ।  उनले  आफ्नो मौनताको गलत अर्थ लगाइएको पनि  गुनासो गरेकि छिन् ।

राष्ट्रिय पुरस्कार किन नपाएको होला भन्ने विषयमा भने उनले जुरि र चलचित्र विकास बोर्डको निर्णय भएको ले सो बिषयमा उनले कुनै टिप्पणि नगर्ने बताएकि छिन् ।

यस अघि अभिनेत्रि र एक जुरि सदस्य करिश्मा मानन्धरको हवाला दिंदै नम्रतालाई दिने शिफारिस गरिएको अवार्ड ऋचा शर्मालाई दिइएको भन्ने खालका समाचार प्रकाशित भएका थिए । अभिनेत्रि करिश्माले सो समाचार निराधार भएको बताउंदै गर्दा केहि ब्लगरहरुले नाम्रताले संचार मन्त्रिको यौन प्रस्ताब नमान्दा अवार्ड फुत्किएको भन्ने खालका हल्ला पनि चलाएका थिए ।

मन्त्रि मिनेन्द्र रिजाल, करिश्मा र नम्रताले समेत यस्ता हल्ला निराधार र कपोलकल्पित भएको बताइसकेका छन् ।

**

यो ब्लगमा सबै ह्रस्व लेखिने ‘सजिलो नेपालि‘को प्रयोग गरिन्छ।

Leave a Reply

Your email address will not be published.