के नेपालका छ प्रदेशहरु को बिभाजन वैज्ञानिक छ ?

के तपाइले साहित्यकारलाइ ट्याटु खोप्न दिनुहुन्छ ? एउटा साहित्यकारले कस्तो ट्याटु राम्रो हुन्छ त भनिदेला तर जब चित्र बनाउने बेला आउँछ त्यो बेला त चित्रकारले नै खोप्नु पर्ने हुन्छ । तेस्तै, नेपालमा प्रदेश बिभाजन पनि नेताहरुले गर्नु भनेको साहित्यकारले ट्याटु खोपेको जस्तै भएको छ। देशको प्रदेश बिभाजन भनेको सामाजिक र भौगोलिक आधारमा वैज्ञानिक अनुसन्धान र पद्दति अनुसार हुनु पर्ने हो। हाम्रा नेताहरुले यो विभाजन अंशबंडा गरेको, व्यक्तिगत र पार्टिगत स्वार्थलाई हेरेर गरेको जस्तो देखिएको छ।

nepal provience

भुगोलविद् रामकुमार पाँडेका अनुसार यि छ ओटा प्रदेशको ढाँचा नै स्पष्ट छैन । उनको बिचारमा सबै प्रदेशमा हिमाल, पहाड र तराइ नजोडिएको हुनाले विकासका दृष्टिले कुनै क्षेत्रले सजिलो र अरुलाई गाह्रो हुन। उनका अनुसार प्रदेश दुइ र प्रदेश छ का जनताको जनजीवनका अझ बढि कठिन हुन सक्छ । प्रदेश दुई हिमाल र पहाडसँग जोडिएको छैन भने प्रदेश छ अत्यधिक ठूलो छ ।

पांडेको बिचारमा प्रदेश बिभाजन “विज्ञहरुद्वारा राम्रोसँग अध्ययन गरी वैज्ञानिक सर्वेक्षण गरेरमात्र निष्कर्ष निकाल्नुपर्छ ।”

संविधानको बारेमा जानकारि राख्ने समाजशास्त्री डा चन्द्रकान्त ज्ञवालिले पनि प्रदेश विभाजन पहिचान, स्रोत र सामर्थ्यका आधारमा सन्तुलित रुपमा भिभाजना भएको नदेखिएको बताउँछन्

डा ज्ञवालिले प्रदेशहरु भौगोलिक रुपमा असमान, आकारमा पनि कुनै अति साना र कुनै अति ठुला हुनुका साथै स्रोतका आधारमा पनि कुनै धेरै धनि र कुनै अति नै गरिब भएको विश्लेषण गरेका छन् उनि भन्छन, स्रोतका हिसाबले प्रदेश ३ सबैभन्दा धनि र प्रदेश ६ सबैभन्दा गरिब देखिएको छ ।

तेस्तै भुगोलविद् प्रा.डा. सुर्यलाल अमात्यले पनि यो बिभाजन ‘नाटक मञ्चन’ गरेर बनाइएको बताएका छन् । कुनै पनि भौगोलिक र वैज्ञानिक अध्ययन नै नगरी हचुवाका भरमा बनाइएका प्रदेशले जनसङ्ख्या र प्राकृतिक स्रोतबीच सन्तुलत नमिलेर समस्या हुन सक्ने प्रा. अमात्यले बताउंछन् ।

प्रा. अमात्यको बिचारमा पनि प्रदेश बनाउँदा उत्तर-दक्षिण जोडिएको हुनु राम्रो हुने थियो । उनको बिचारमा कर्णालीलाई छुट्टै प्रदेश बनाउंदा राम्रो हुने थियो । अझ सजिलो त अहिले भएको १४ अञ्चललाइ नै प्रत्येक प्रदेशमा दुइ/दुइ अञ्चल बाँडेर सात प्रदेश बनाउन पनि सकिने थियो ।

समाजशास्त्री प्रा डा गणेशमान गुरुङका अनुसार प्रादेशिक विभाजनले नेपालमा बसोबास गर्ने १२६ जाति र १२३ भाषालाइ सम्मान र सम्बोधन गरेको छैन । अहिलेको विभाजनमा आर्थिक, भाषिक र सांस्कृतिक मुद्दाहरुलाइ वास्ता नगरिएको बताउने गुरुङ प्रतेक प्रदेशमा कम्तिमा २० लाख जनसङ्ख्या हुनु पर्ने बताउंछन् ।

विश्वभर जम्मा २६ देशहरु सङ्घिय संरचनामा आधारित छन् । अमेरिका, भारत, ब्राजिल, अर्जेन्टिना, आदि देशमा प्रदेशहरु स्रोतको आधारमा बिभाजन गरिएका छन् भने क्यानाडा, नाइजेरिया, इथियोपिया, स्पेन, बेल्जियम आदि देशहरु जातिय र भाषाको आधारमा प्रदेशहरु बिभाजन गरिएका छन् ।

Leave a Reply

Your email address will not be published.