चर्चित डन घैंटै प्रहरिको इनकाउन्टरमा मारिए

अपडेट – घैँटेको मृत्यु भएको खबर आएको छ । मुठभेडमा अपराध महाशाखाका असईद्धय रंजित लामा र हेमन्त चन्दसहित तीन प्रहरी पनि घाइते भएको खबर आएको छ। अस्पताल सुत्रका अनुसार, घैंटे मृत अबस्थामा नै अस्पताल पुर्याइएको थियो । घैँटैसंगै घाइते भएका दुइ युवा उनको ग्यांग सदस्य नभएर स्थानिय दाजुभाइ भएको समाचार प्राप्त भएको छ । भिडियोहरु र नेपालि कांग्रेसका एक नेताको भनाइ र अन्त्यमा प्रहरिको प्रेस रिलिज पनि थप गरिएको छ ।

***

काठमाडौंका चर्चित डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटे प्रहरिको इनकाउन्टरमा घाइते भएको खबर आएको छ । प्रहरीले खोजी गरेपछि लुकीलुकी हिडिँरहेका कुमार घैंटे र प्रहरिको बिचमा सामाखुसि चोकमा गोली हानाहान भएको खबर छ ।

अडियो रिपोर्ट (“गम्भिर घाइते”लाइ “निधन्” भनेर बुझ्नु होला)

घैँटेको राजनितिक पहुंचको बारेमा रिपोर्ट :

kumar ghaite with money and arms

घैंटेलाई पक्राउ गर्न गएको  प्रहरिले घैंटे माथि गोलि प्रहार गरेको बताइएको छ । प्रहरिको गोलि लागि घाइते भएका घैंटेला उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको समाचार छ ।

महानगरीय प्रहरि अपराध महाशाखाका प्रमुख एसएसपि सर्वेन्द्र खनालका अनुसार पक्राउ गर्न गएको महानगरिय अपराध महाशाखाको टोलि र घैंटेको समुहबिच भिडन्त हुँदा प्रहरिको गोली लागेर घैंटै घाइते भएका हुन । प्रहरि माथि एक राउण्ड गोलि प्रहार भए पछि प्रहरिले आत्मरक्षाको लागि गोलि चलाउनु परेको  एसएसपी खनालको भनाई छ ।

गोली लागेर घैंटे गम्भिर रुपमा  घाइते भएको बताइएको छ भने सोहि  घटनामा घैंटेसँगै उनका दुई सहयोगिहरु पनि घाइते भएको खबर छ। घैंटैसंगै उनका सहयोगिहरुलाइ पनि शिक्षण अस्पतालमा लगिएको छ ।

यसअघि अवैध चन्दा असुलि गर्ने र गुन्डागर्दिको आरोपमा घैंटेलाई प्रहरिले मोस्ट वान्टेट सुचिमा राखेको थियो ।

अघिल्लो बर्ष यसै समयमा अर्का गुण्डा, चरि, पनि यस्तै प्रहरि इनकाउन्टरमा मारिएका थिए। राजनितिक आश्रय पाएका यि गुण्डाहरु पक्राउ परे पनि नेताहरुको दबाबमा तुरुन्तै छुट्ने गर्दछन् । चरि एमाले निकट थिए भने घैंटे नेपालि कांग्रेस नजिक रहेर कार्य गर्दथे । काठमाडौँको सामाखुसी र लाजिम्पाट क्षेत्रलाई आधार बनाउँदै गुण्डाराज चलाउँदै आएका घैंटेले छोटो समयमै अकुत सम्पत्ति कमाएको आरोप लाग्ने गरेको छ।

केहि समय पहिले घैंटेले फेसबुक मार्फत अनगिन्ति रुपैयाँको थुप्रो संगै बसेर खिचेको फोटोका साथ अबैध पेस्तोल र एसएमजी बोकेको फोटो सार्बजनिक गरेका थिए ।

ghaite

कांग्रेस नेता र सभासद जगदिशनरसिंह केसी भन्छन (साभार – पहिलो पोस्ट):

ghaite death congress leader statement

प्रहरिको प्रेस रिलिज:

Nepal police Ghaite-Press Release

Nepal police Ghaite-Press Release page 2

***
यो समाचार लेखमा ‘सजिलो नेपालि‘ प्रयोगको लागि सबै ह्रस्व लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला, धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *