ह्रस्व दिर्घका कारण इन्टरनेट खोजिमा समस्या, समाधान के होला ?

यस ब्लगका पाठकहरुलाई थाहा नै छ म ह्रस्व मात्र लेख्ने प्रयोग गरिरहेको छु । यस ब्लगमा पोस्ट भएका झण्डै आधा शतक पोस्टहरुमा सम्म ह्रस्व र दिर्घ जे लेखे पनि सुचना दिने अर्थमा कुनै फरक देखिएको पाइएको छैन। तर कम्प्युटर प्रयोगमा भने ह्रस्व र दिर्घ लेख्दा धेरै फरक पर्ने गरेको छ । तेसैले, ह्रस्व वा दिर्घ के लेख्ने भन्नेकुरामा सबै जनाको एक मत हुनु आबश्यक हुन्छ । उदाहरणको लागि नेपालि शब्द “कानुन” लाइ गुगलमा खोज्दा आउने रिजल्ट हेरौं ।

निम्न खोजि एउटै अर्थ लाग्ने शब्द “कानुन” र “कानून” लाइ खोज्दा आएका नतिजा हुन:

  • “कानुन” खोज्दा “कानून” लेखिएका नतिजा आएनन र “कानून” भनेर खोज्दा “कानुन” लेखिएका समाचार / लेख नतिजामा देखिएनन  । यसको मतलब एउटै शब्दको खोजीमा पनि विभिन्न कम्बिनेसन का खोजि गर्नु पर्ने देखिन्छ । यदि “सुसुचित खोजिनिति” खोज्नु पर्यो भने सिद्धान्तत ६ ओटा ह्रस्व दिर्घका बिभिन्न कम्बिनेसनको खोजि गर्नु पर्ने हुन्छ — (२ प्रकारका ६ ओटा कम्बिनेसन को लागि १५ चोटि खोजि गर्नु पर्ने हुन्छ)। मैले केहि समय अघि यस्तै खोजि गरेको थिएँ, कतिपय कम्बिनेसनका कुनै नतिजा आएनन तर एक खोजि र अर्को खोजीको बिचमा कुनै समानता थिएन ।
  • “कानुन” र “कानून” के लेख्ने भन्नेमा सोसल मिडियामा कमेन्ट गर्ने वा ब्लग लेख्ने नेपालि मात्र नभएर कान्तिपुर र गोरखापत्रका सम्पादक पनि यहि हो भन्नेमा ढुक्क नभएको देखिन्छ । साथै, “कानुन” खोज्दा देखिएका लेखहरु “कानून” खोज्दा देखिएका छैनन।

kanoon 2

 

kanoon

कान्तिपुरमा कतै “कानुन” र कतै “कानून” को प्रयोग को उदाहरण – गुगल खोजिको नतिजा

kanoon 3kanoon 4

नेपाल सरकारको मुखपत्र गोरखापत्र दैनिकमा कतै “कानुन” र कतै “कानून” को प्रयोग को उदाहरण – गुगल खोजिको नतिजा

यस समस्याको समाधान के होला त?

अब हाम्रो भाषा परिवार्तन वा सबैले यसो लेखौं भन्दैमा पहिले नै लेखिएका लेख रचना परिवार्तन हुँदैनन् । मानिसले यसरि लेख भन्दैमा मान्ने पनि होइनन । तेसैले, जे छ त्यसैलाई कसरि सहज पहुँच हुन सक्ने बनाउन सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनु बुद्धिमानि हुन्छ जस्तो लाग्छ मलाइ।

मलाइ खोजिलाइ ह्रस्व दिर्घमा भर नपर्ने बनाउनु सबै भन्दा उत्तम उपाय हुन सक्छ ।

उदाहरणको लागि:

“सुसुचित खोजिनिति” खोज्दा यसका १५ ओटै कम्बिनेसनको रिजल्ट दिने बनाएमा खोजि नतिजामा मुख्य मुख्य लेख नछुट्ने थियो। “सुसुचित खोजिनिति” होस वा “सूसुचित खोजिनिति” होस् वा “सुसुचित खोजिनिती” होस खोजीको नतिजा एकै भएमा राम्रो हुने थियो ।

Incoming search terms:

  • नेपालीसेकसी

Leave a Reply

Your email address will not be published.