ओसामा विन लादेन पाकिस्तानमा मारिए

विश्वका आतंककारी नेता ओसामा विन लादेन आइतबार राति पाकिस्तानमा मारिएको अमेरिकी सैनिक सूत्रले जनाएको छ । उनले अमेरिकामाथि सप्टेम्बर ११, २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा हमला गरेका थिए जसमा ३,००० भन्दा बढी मानिसहरुको ज्यान गएको थियो । सो हमला र मृत्यु को अधिक जानकारी नभए पनि उनको मृत शरीर अमेरिकीसँग भएको बताइएको छ र सो हमलाम अमेरिका तर्फ कुनै क्षति नभएको पनि बताइएको छ ।

अमरिकी राष्ट्रपति बाराक ओबामा को सम्बोधन तलको भिडियोमा देख्न सकिन्छ:

 

बिन लादेनका फोटा हरु :

osama-bin-laden

osama-bin-laden-3

osama-bin-laden-2

यो समाचार अंग्रेजीमा – Osama bin Laden killed – US has the body

अपडेट – बिन लादेन मारिएको कुरा अल जजिरा टिभी र अल काइदा ले पनि स्वीकार गरे पनि, अमेरिकी सरकारले यसको पुष्ठी हुने खालको फोटो वा अन्य कुनै बिबरण सार्बजनिक गरेको छैन | इन्टरनेटमा फैलिरहेको एउटा फोटो पनि नक्कली हुन सक्ने प्रबल सम्भाबना हुने कुरा तलका यी दुइ तस्बिर ले प्रस्ठ पार्दछन|

osama-bin-laden-photoshop-trick

यसै सन्धर्भमा, ओसामा बिन लादेनको मृत्युलाई नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत एक विज्ञप्ति जारी गर्दै यो घटना आतंकवाद विरुद्धको युद्धमा ठूलो सफलता भएको बताएको छ। सो विज्ञप्तिमा, विश्वव्यापी आतंकवादविरुद्धको लडाईमा अमेरिकी सेनाले पाकिस्तानमा पाएको यो महत्वपूर्ण सफलता भएको पनि बताइएको छ ।

osama-bin-laden-2009-photo

बीन लादेन मार्ने सो आक्रमण को बिबरण:

  • बीन लादेन पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको अब्बोत्ताबादको बिलाल क्षेत्रमा भएको एक घरमा थिए |
  • सो घर वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो छ। त्यो घर वरपर १८ फिट अग्लो पर्खाल र त्यसको माथि काँडेतार लगाइएको थियो |
  • फोन र इन्टरनेट नभएको सो घरमा दुई सुरक्षा गेट थिए |
  • सो आक्रमणमा चार वटा हेलिकप्टरले हवाई आक्रमण गरेका थिए।
  • आक्रमणका क्रममा बिन लादेनसहित चार जना मारिएका छन्।
  • तीन जना पुरुष र मानव ढालका रुपमा प्रयोग गरिएकी एक महिलाको पनि सो आक्रमणमा मृत्यु भएको थियो |
  • बिन लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेस (अमेरिकी हवाई शिविर) मा लगिएको र शव निरीक्षण गर्न पत्रकारहरुलाई पनि बोलाइएको बताइएको छ |

Leave a Reply

Your email address will not be published.