बाबुराम भट्टराइले एकनेपा माओवादि परित्याग

एकनेपा माओवादिका नेता एबं पुर्ब-प्रधानमन्त्रि बाबुराम भट्टराईले एकनेपा माओवादि पार्र्टि परित्याग गरेको बताएका छन । उनले शनिबार दिउँसो राजधानिमा एक पत्रकार सम्मेलन आयोजना गरेर एमाओवादि परित्यागको घोषणा गरेका हुन्। सो कार्यक्रममा उनले एमाओवादि अध्यक्ष पुष्पकमल दहाललाइ प्रचण्डलाइ पनि पार्टि परित्यागको जानकारि दिएको र  संसद पद पनि छाडेकाे राजिनामा पत्र सभामुख सुवास नेम्वाङलाइ दिएको बताएका थिए।

उनको पार्टि परित्यागको बारेमा भिडियो रिपोर्ट:

जानकारहरुका अनुसार बाबुरामको पर्टि परित्याग गर्ने र नयाँ पर्टि निर्माण गर्ने योजना पछिल्ला दुइ दिनको राजनितिक घटनाक्रमले बनाएको हो । प्रचण्ड निवास लाजिम्पाटमा बिहिबार बसेको पदाधिकारि बैठकमा असोज १० गते केन्द्रिय समितिको बैठक डाक्ने निर्णय गरे पछि बिदा भएका बाबुरामको निर्णय बाट सबै आश्चर्य चकित परेको खबर छ । पत्रकार सम्मेलनको केहि समय अघि मात्र पार्टि परित्याग गरेको खबर पठाउएको माओबादि पार्टि श्रोतले बताएको छ । संविधान निर्माण पछि बाबुरामका अभिव्यक्ति आपत्तिजनक भएको भनेर पार्टि भित्र नै उनको आलोचना पनि भएको थियो।

एक पत्रकार सम्मेलनमा बाबुरामले नयाँ पार्टि गठनको निर्णय भै नसकेको र उनका साथिहरुले राजिनामा दिन बाँकि नै रहेको जानकारि दिए । साथै उनले आफुँ पाँच ‘स’मा प्रतिबद्ध रहेको बताएका छन । बाबुराम भट्टराईले प्रतिबद्धता जनाएका पाँच ‘स’ निम्न रहेका छन :

१. स्वाधिनताको रक्षामा प्रतिबद्धता
२. सार्वभाैमिकता र अखण्डताप्रति प्रतिबद्धता
३. समावेशी र समानुपातिक लोकतन्त्रमा प्रतिबद्धता
४. सम्बृद्धिमा प्रतिबद्धता
५. सामाजिक न्याय, सदाचार र समाजवादमा प्रतिवद्धता

बाबुरामले पार्टि छोडनु २ दिन अघि निकालेको प्रेस रिलिज:
baburam press release letter

baburam bhattarai

Leave a Reply

Your email address will not be published.