नेपालका ३८ औं प्रधानमन्त्रि केपि ओलिको परिचय

खडग प्रसाद ओलि अर्थात केपि ओलि  वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका हुन । उनि बाबु मोहन प्रसाद र आमा मधुमायाका जेठा छोरा हुन । चार बर्षको सानै उमेरमा ठेउलाले आमालाइ लागे पछि केपिलाइ उनकि हजुरआमा राममायाले हुर्काएकि हुन । बच्चा बेलामा नाम ध्रुब भए पनि स्कुल भर्ना गर्ने बेलामा उनका बाबुले खड्ग प्रसाद नाम राखिदिएका थिए। उनले पाँच कक्षा सम्म प्रणामि निम्न माध्यमिक स्कुलमा पढेका थिए ।

भिडियो परिचय:

१४ बर्षमा नै, वि.सं. २०२२ सालमा, कम्युनिष्ट राजनीतिमा होमिएका ओलीले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता भने २०२६ सालमा लिएका थिए । उनी २०२८ सालमा भएको झापा आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् ।

केपिले यहि सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादव मार्फत प्रधानमन्त्रि पदको शपथ लिएका हुन्। ओलिले देउताको सट्टा देश र जनताका नाममा शपथ ग्रहण गरेका छन्।

kp oli

केपिले २०४८ साल, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचन जितेका थिए भने ओलिले पहिलो संविधानसभामा भने झापा ७ बाट पराजित भएका थिए । संविधानसभाको २०७० सालको दोश्रो निर्वाचनमा उनि झापा क्षेत्र नं ७ बाट नै नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

ओलि वि.सं. २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटि सदस्य भएका थिए भने २०७१ सालमा पार्टिको अध्यक्षमा निर्वाचित भए । अहिले उनि नेपालको ३८ औं प्रधानमन्त्रि बनेका छन्। कुनैबेला भारतपरस्त भनेर निकै आलोचित भएका भए पनि यो बेला भने भारतिय संस्थापनसँग टक्कर दिएर प्रधानमन्त्रि बन्ने जस पाएका छन ।

केपि ओलिको परिवार तेह्रथुमबाट झापा झरेर शरणामतिमा खेतीपाती गर्दै गुजारा चलाइरहेको थियो । तर, कनकाईको बाढिले उनिहरुको घरखेत बगाएपछि भने ओलीको परिवार लगभग सुकुम्बासि जस्तै भयो। त्यो बेलामा केपि रामनाथ दाहालको घरमा बसेर घैलाडुब्बा स्कुलमा पढ्न थालेका थिए । रामनाथ दाहाल नेकपा मालेका नेता थिए । उनि झापा विद्रोह अग्रणि नेता थिए । रामनाथकि पत्नि विशेश्वराका अनुसार केपि पढाईमा भन्दा पनि अरु गतिविधिमा बढि रुचि राख्थे ।

केपिले रामनाथ दाहाललाइ आफ्ना राजनितिक गुरु बराबर नै मान्छन । उनकै संगतले उनि वाम राजनिति तर्फ आकर्षित भएका हुन ।

शुरुमा राधाकृष्ण मैनालीको नेतृत्वमा रहेको भएको माले आन्दोलन राधाकृष्ण मैनाली भुमिगत कालमा विरामि परे पछि केपिको काँधमा आएको थियो । बि.सं. २०२९ साल फागुन २१ मा रामनाथ लगाएत अरु चार जनालाइ जेल सार्ने बहानामा सुखानीमा हत्या गरिएको हुनाले पनि नेतृत्व केपिको हातमा आएको थियो । विदेशि क्रान्तिको सफलता र असफलताहरुबाट सिक्दै अघाडि बढ्ने भनेर उनको नेतृत्वमा आन्दोलनको स्वरुप नै परिवर्तन भयो । उक्त आन्दोलनमा बिद्रोहिहरुले आठ जना र राज्य पक्षले पाँच जनाको हत्या गरेको र ५२५ जना पक्राउ परेका थिए । ओलिले आन्दोलनलाइ शान्तिपुर्ण आन्दोलनमा परिवर्तन गर्नु पर्छ भन्ने अडान लिएका थिए ।

ओलिले बि.सं. २०३० देखि २०४४ सम्म, १४ बर्ष जेलमा बिताएका थिए । यति लामो समय जेलमा बिताउँदा उनले पार्टिका योजनाहरु बनाएका थिए भने कबिता र उपन्यास पनि लेखेका थिए भनिन्छ ।

kp oli after sworning in as pm

Incoming search terms:

  • केपि ओलि

One thought on “नेपालका ३८ औं प्रधानमन्त्रि केपि ओलिको परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *