पुर्व युवराज पारस शाहको पुरानै पारा, लाजिम्पाटको त्रिसरा बारमा झगडा

नेपालका पुर्व युवराज पारस शाह पहिले देखिनै उद्द्ण्ड स्वभावका हुन डिस्को र रेष्टुरेन्टमा गएर झगडा गर्नु उनको पुरानो आदत हो । लामो समय पछि करिव छ महिना अघि थाइल्याण्ड बाट नेपाल फर्केका पारसलाइ उनको स्वभावकै कारण ले उनका बाबु ज्ञानेन्द्रले घरमा बस्न दिएका छैनन। युनाइटेड पोष्ट साप्ताहिकमा हालै प्रकाशित समाचार अनुसार पारस फेरि  विगतमाझैं डिस्को र रेष्टुरेन्ट गएर झगडा गर्न थालेका छन् ।

भिडियो रिपोर्ट

थाइल्याण्डमा हुंदा पनि रेस्टुरेन्ट तोडफोड गर्दा पक्राउ परेका उनि गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा झगडा गरेको खबर छ । उनले बियरको बोतल फुटाएको र रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् । रेष्टुरेन्टको भित्रि कोठामा बसेर मदिरा पिउँदै गर्दा उनले आफ्ना साथिहरुसँग झगडा गरेको खबर छ । उनले रेष्टुरेन्टका मालिकलाई घाँटी थिचेको र कुट्ने प्रयास गरेको समाचारमा उल्लेख छ । उक्त समाचारमा उल्लेख नगरिए पनि, सो बेलामा त्रिसरा रेष्टुरेन्टमा हलोइन मनाउन भब्य पार्टि आयोजना गरिएको थियो जसमा बिभिन्न मोडलहरु पनि उपस्थित थिए।

झगडा बारेमा खबर पाए पछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपि रमेश बस्नेतले रेष्टुरेन्टमा प्रहरिको एक टोली पठाएका थिए । प्रहरि पुग्दा झगडा साम्य भइसकेको र पारस रेष्टुरेन्ट भित्र मदिरा पिएर बसेको खबर पाएपछि प्रहरि भने हस्तक्षेप नगरी पार्किङमा नै बसेको खबर छ ।

पारस बेलुका करिब साढे १० बजे बा ११ च ४११५ नम्बरको गाडी चढेर रेष्टुरेन्ट बाट फर्किए पछि प्रहरी पनि फर्किएको थियो ।

बेला बेलामा झगडा गर्ने र खराब आचरणको कारणले पारस पहिले देखि नै बदनाम थिए। उनले सगरमाथा टिभिको एक अन्तरवार्तामा मदिरा पिए पछि आफु अनियन्त्रित हुने पनि बताएका थिए र आँफुले पहिले गरेको गल्तिको माफि पनि मागेका थिए।

उनको खराब आचरणकै कारणले उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा छिर्न नदिए पछि उनि आजकाल काका धिरेन्द्रकि छोरिको परिवारसँग बस्दै आएको बताइन्छ । भुकम्प पछि आफ्ना छोऱा छोरिलाइ भेटन निर्मल निवास भित्र जान पाएको भए पनि त्यहिं बस्ने अनुमति भने अझै पाएका छैनन ।

paras shah with his children

थाइल्याण्डमा केही महिना जेल बसेपछि धरौटिमा छुटे पछि करिब ६ महिना अघि उनि नेपाल आएका हुन । सुरुमा उनि घरभित्रै नै मदिरा र लागुऔषधमा रमाएपनि आजकाल डिस्को र रेष्टुरेन्ट धाउन थालेको खबर छ ।

लामो समय सम्म थाइल्यान्डमा थाई प्रेमिका कन्निकासँग बसेका पारस लाइ उनकि श्रिमति पुर्वयुवराज्ञी हिमानिले पनि वास्ता गर्न छोडेकि छिन ।  बैंककमा हुँदा गम्भीर किमिसको हृदयघातबाट बच्न सफल भएका पारसलाइ चिकित्सकहरुले मदिरा र लागुऔषध सेवन नगर्न कडा चेतावनि दिएपनि उनले भने छोडन सकेका छैनन् ।  सो समय उनको मृत्युको पनि हल्ला चलेको थियो | सोहि कारणले केहि समय पहिले फेरि हृदयघात भए पछि उनि नर्भिक अस्पतालमा भर्ना भएका थिए । सो अबसरमा ज्ञानेन्द्र र हिमानि पनि उनलाइ भेटन अस्पताल पुगेका थिए । आजकाल पनि  उनि नियमित चेकिङका लागि नर्भिक अस्पताल जाने गरेका छन् ।

paras shah at norvic hospital

पारसका बारेमा यस अघि लेखिएका पोस्टहरु

Leave a Reply

Your email address will not be published.