लघुकथा – बिषको असर

केहि समय अघिको कुरो हो, मेरि छिमेकि माझपाटे दिदिले आफ्नो एक्लो छोरा हर्केको बिहे गरिदिइन, बिनिता संग । हाम्रो समाजको अघोषित चलन भने झैं, बिहे गरेको केहि दिनमा नै माझपाटे दिदि र बुहारि बिनिताको बिचमा खटपट हुन शुरु भइ हाल्यो । माझपाटे दिदि बुहारिलाइ बुहारिको थान्कोमा राख्नु पर्छ भन्थिन भने बिनिता पनि के कम, उनले पनि आफुलाइ त्यो घरको एक्लि बुहारि, मालिक्नि नै ठान्थिन ।

effect of poison, story

जति जति दिन बित्दै गयो, सासु बुहारिको झगडाले झन झन उग्र रुप लिन थाल्यो । अति भए पछि बिनिताले हर्केलाइ आफ्नि आमालाइ सम्झाइ दिन अनुरोध पनि गरिन । तर, हर्केले पनि सासु-बुहारिको समस्या आफै समाधान गर भनेर पन्छिन खोज्यो ।

त्यस पश्चातको बिनिताको घुर्कि र अनुरोध पछि हर्केले आमासंग कुरा गर्न राजि भयो । हर्केले स्वास्निको पक्ष लिएर बोल्न थालेको सुन्ने बित्तिकै माझपाटे दिदिको पारो झन तात्यो । उनले छोरालाइ धिक्कार्दै जोइटिन्ग़्रे, स्वस्निको फरिया भित्र लुक्ने, नामर्द .. तेस्तै तेस्तै अनेक नाम दिएर गालि गरिन । उनि गालि गर्दा गर्दै थाके पछि घ्वाँ घ्वाँ रुन थालिन । हर्के चुपचाप, निन्याउरो अनुहार लगाएर, निरिह भएर बसि रह्यो । सासु बिरुद्धको बिनिताको यो अस्त्र पनि नपडकने बन्दुक झैं खेर गयो ।

आफ्नो लोग्नेको तेस्तो हालत देख्दा बिनितालाइ झन औडाह भयो । उनि रातभर सुत्न सकिनन् । त्यो दिनको घटनाले माझपाटे दिदि त झन बढि किचकिचे र रिसाहि बनिन । बिनितालाइ देख्ने बित्तिकै उग्रचण्डिको रुप धारण गर्ने भइन । अतिनै गार्हो भए पछि एक दिन, बिनिताले उनको माइतिको बैध्यबालाइ भेटन जाने निधो गरिन । उनका पिताका साथि बैध्यबाले उनलाइ सानै देखि एकदमै माया गर्थे तेसैले उनले सासुबाट छुटकारा पाउने कुनै उपाय बताउलान कि भन्नेमा उनलाइ झिनो आशा थियो ।

बिनिताले बैध्यबालाइ भेटेर आफ्नो घरको समस्या बताइन । उनले समस्याको फेरहिस्त बिट मार्दै थपिन, “मलाइ त सासुसंग यति रिस उठ्छ नि, बिष पाए खुवाएर मारिदिउँ जस्तो लाग्छ । बरु, हजुरसंग त बिष होला नि, है ?”

बैध्यबाले चिन्तित अनुहार लगाएर एक छिन सोचेर भने, “बिनिता नानि तिमिलाइ साँचिकै समस्या भएको रहेछ । यसको त उपाय नगरि हुँदैन । तर, एकै चोटि बिष खुवाएर मार्यौ भने त झन ठुलो समस्या पो हुन्छ । पुलिसले समात्छ, जिन्दगि भरि जेलमा बस्नु पर्छ । तर, तिमिले मैले भनेको जस्तो गर्ने हो भने मसँग सर्प पनि मर्ने लठ्ठि पनि नभाँचिने उपाय छ ।”

चिन्तित बिनिताले भनिन, “बैध्यबा, तपाइले जे जे भन्नु हुन्छ म गर्न तयार छु । त्यो चुडेल सासुबाट छुटकरा पाए त संसारमै म जति खुशि कोहि हुने थिएन ।”

बैध्यबाले कोठा भित्र गएर एउटा औषधिको शिशि लिएर आए । उनले भने, “यो अति नै मन्द बिष हो । यस्ले बिस्तारै शरिरलाइ कमजोर बनाउने गर्छ । यो औषधिको आधा चम्चा एक दिन बिराएर आफ्नि सासुको खानामा मिसाएर खुवाइ देउ ।” बैध्यबा ले थपे, “यो बिषको असर तुरुन्तै देखिंदैन । मानिसहरुले शंका नगरुन भनेर तिमि एकदमै सतर्क हुनु पर्छ । त्यसको लागि, सासुसंग संधै राम्रो ब्य्बहार गर्नु पर्छ । सासुले झगडा गरे पनि छोटो समयको लागि त हो नि भनेर, वास्ता नगरि बस । अब देखि सासुको बचन नफर्काउ, उनका सबै चहानाहरु पुरा गरिदेउ र उनलाइ रानि जस्तै ब्यबहार गर है ।”

अनि, बैध्यबाले सोधे, “केहि समयको लागि मात्रै हो, त्यति त गर्न सक्छौ नि होइन ?”

बैध्यबाको कुराले बिनितालाइ एकदमै खुशि बनायो  । उनले भनिन, “सकि हाल्छु नि | बरु, आजै बाट त्यो औषधि खुवाउन थाल्छु |”

उनि आफ्नि सासुको हत्या गर्ने कार्य शुरु गर्न हतार हतार घर फर्किन । एक दिन बिराएर प्रत्येक दिन मिठो खाना बनाएर आधा चम्चा मन्द बिष हालेर खाना खुवाउन थालिन ।  हत्याको आरोप आँफुमा नआओस भनेर् बिनिता धेरै नै सतर्क भइन । आफ्नो रिसलाइ काबुमा राखिन र सासुका ज्यादतिलाइ पनि सहन थालिन । यसरि बिनिताले आफ्नो मन काबुमा राखेर झगडा नगरि सहेर बसेको हप्तौं, महिनौं बित्यो।

छ महिना पछि त त्यो घरको स्वरुप नै परिवर्तन भइसकेको थियो । बिनिताले आफ्नो रिसलाइ काबुमा राख्न यति पारंगत भइन कि उनलाइ रिस उठनै छोड्यो । छ महिनासम्म सासु बुहारि बिच एक चोटि पनि  झगडा भएन | बिनिताले सासुका सबै ज्यादति  सजिलैसंग सहन थाले पछि सासुको कच कचमा पनि कमि हुन थाल्यो । बिनितामा आएको परिवर्तनले त सासुलाइ अति नै खुशि बनायो । उनले छरछिमेकमा पनि बिनिता त आफ्नै छोरि जस्तो लाग्ने भन्न थालेकि थिइन । झगडा नहुने र सासुले माया गर्न थाले पछि त बिनितालाइ पनि सासुको माया लाग्न थाल्यो | उनलाइ सासुको खानामा बिष हाल्न पनि मन लाग्न छोड्यो । बिनिताले बाहिर केहि नभने पनि उनलाइ पनि आजकाल त माझपाटे दिदि सासु भन्दा पनि आफ्नै आमाको जस्तो लाग्न थालेको थियो । यो परिवर्तनले सबै भन्दा खुशि हर्के भएको थियो र उसको बिनिता प्रतिको माया पनि अझ बढेको थियो ।

एक दिन बिनिता बैध्यबालाइ भेटन गइन र भनिन, “बैध्यबा आजकाल त मेरो सासु एकदमै मायालु हुनु भएको छ । मैले उहाँलाइ बिष खुवाएर मार्न लागेकोमा अति नै ग्लानि हुन्छ । मैले खुवाएको बिषले उहाँलाइ भित्र भित्रै खाइ रहेको होला । त्यो बिषको असर मेटने पनि कुनै औषधि छ भने दिनुहोस न ।”

बैध्यबाले खुशि हुँदै भने, “बिनिता, तिमि आत्तिनु पर्दैन । यस्तो हुन्छ भन्ने मलाइ पहिले नै थाहा थियो तेसैले मैले बिषको सट्टा भिटामिन दिएको थिएँ। बिष त तिम्रो दिमाग मा थियो र तिम्रो ब्यबहारमा थियो । अब त तिमिले तिम्रो सासुलाइ देखाएको प्रेमले तिम्रो दिमागमा भएको यो बिष पनि पखालिइ सकेको छ ।”

***
यो कथाले मानिसको स्वभाव को बारेमा प्रकाश पार्छ । आफुले जस्तो ब्यबहार गर्यो अर्कोले पनि उस्तै ब्यबहार गर्छ । माया गरे माया पाइन्छ, घृणा गरे घृणा ।

Incoming search terms:

  • बुहारिलाइ चिके

Leave a Reply

Your email address will not be published. Required fields are marked *