छोरा अनमोललाई अगाडि सार्दै ५ वर्षपछि सुष्मिताको कमव्याक

भुवन केसीसँगको डिभोर्स पछि फिल्म क्षेत्रबाट टाढा रहेकी सुष्मिता केसी ५ वर्ष पछि अभिनयसँगै निर्माणमा पनि फर्कने भएकी छिन् । छोरा अनमोल केसीलाई निर्माताको रुपमा अगाडि सार्दे सुष्मिताले यहि कार्तिक २२ गते आइतबार नयाँ फिल्म ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्म घोषणा गरेकी हुन् ।  थापाथलीस्थित एक ब्याङक्वेटमा औपचारिक कार्यक्रम गर्दै घोषणा गरिएको सो फिल्म सुष्मिताको नयाँ फिल्म प्रोडक्सन कम्पनि, अनमोल क्रियसनको ब्यानरमा निर्माण हुँदै छ  । (यो बारेमा अंग्रेजि ब्लगमा पनि लेखिएको छ – Anmol KC to produce his mother Sushmita KC comeback movie Ma Ta Timrai Hoon)

भिडियो रिपोर्ट

mom and son - anmol kc sushmita kc

आफ्नै नामको ब्यानर र निर्माता भए पनि सो फिल्ममा अनमोलले अभिनय नगरि निर्माताको भूमिका मात्र निर्वाह गर्नेछन् । अनमोलले आफू खेल्दा फिल्मको कथा पहिले नै खुल्ने भएकाले नखेलेको संकेत गरे ।‘फिल्ममा युवापुस्ताको दैनिकी समेटिएको छ । आमा छोरा बीचको सम्बन्ध फिल्मको मुख्य कथा हो ।  मेरो उपस्थितिले कथाको रहस्य खुल्ने डर भएकाले निर्माताको रुपमा मात्र सहभागि भएको हुँ,’ अनमोलले भने ।

फिल्म क्षेत्रमा लगभग निस्क्रिय रहेकी उनले पूरानै माहोलमा फर्किएको बताउँदै पहिला झैं आगामी दिनमा पनि सबैबाट सहयोगको अपेक्षा राखेको बताइन् ।फिल्ममा डेब्युडन्टहरुको बाहुल्यता रहेको छ । आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्स्ना योगी, अनुपम श्रेष्ठ, सुशन श्रेष्ठले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्नेछन् । निर्देशक श्रीराम महतले पनि निर्देशनमा यही फिल्मबाट डेब्यु गर्नेछन् । केहि समय पहिले सुश्मिताले नै निर्देशन गर्न सक्ने भनेर हल्ला चलेको भए पनि उनले सो जिम्मा महतलाइ दिएर रिस्क लिन चाहेको बुझ्न सकिन्छ । स्मरणिय छ, उनका पुर्ब-पति भुवन केसिले पोस्ट प्रोडक्सनमा रहेको फिल्म “ड्रिम्स” बाट फिल्म निर्देशन शुरु गरेका छन् जसमा अनमोल केसि को मुख्य भुमिका रहेको छ ।

‘म त तिम्रै हुँ’ नयाँ कलाकारको साथै विजय लामा र सुष्मिताको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा सौरभ लामाको छायांकन,कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलिस बस्नेतको संगीत , कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ । फिल्ममा  सुभाष थापाको पनि लगानी रहनेछ ।

पछिल्लो समय लामो समय देखि नेपलि फिल्ममा निस्क्रिय रहेका कलाकारह्रुको कमब्याक हुने क्रम बढेको छ । यसमा निखिल उप्रेति, बिराज भट्ट, सन्चिता लुइटेल, गौरि मल्ल आदि पर्दछन।

inaguration of ma ta timrai hoon

Leave a Reply

Your email address will not be published. Required fields are marked *