अनमोल केसि भन्छन, आना शर्मासंग प्रेम थिएन

प्लेब्वाइ र स्क्यान्डल किंग भनेर चिनिने बाबु भुवन केसिका  छोरा अनमोल केसि पनि सोहि बाटोमा हिड्ने लक्षण देखाएका छन् । उनको आना शर्मा संगको प्रेम सम्बन्धको बारेको एक प्रश्नको जवाफ दिंदै उनले भने, “हामिहरु विच कहिल्यै पनि प्रेम सम्बन्ध थिएन।” अनमोलले उनिहरु नजिकको साथि भएको तर प्रेम सम्बन्ध भने नरहेको बताए पनि उनका नजिकका ब्यक्तिहरु सो मान्न तयार छैनन ।

भिडियो रिपोर्ट

अनमोल चलचित्र क्षेत्रमा आएदेखि नै उनको प्रेम सम्बन्धको बारेमा चर्चा शुरु भएको थियो । चकलेटि नायकको रुपमा परिचित अनमोलका फ्यान युवतिहरु प्रशस्तै छन् । तर, अनमोलको नाम भने ‘जेरि’ नायिकासँग आना संग जोडिए पछि कतिपय उनका फ्यानहरु निराश पनि भएका थिए  । हुन त, अभिनेता केसिको प्रेमिका भएको सार्वजनिक गर्दा उनलाई फ्यान घट्ने डर भएको हुनाले होला, लामो समयदेखि आनासँगको प्रेम सम्बन्धको बारेमा जतिसुकै चर्चा चलेपनि अनमोलले भने मुख खोलेका थिएनन् ।

*** Watch ‘Jerryy’ here. ***

तर, अहिले यी दुइ अलग भैसकेका हल्ला चल्दै गर्दा, अनमोलले बल्ल मुख खोलेका छन् । उनले आना र आफु नजिकको साथि रहेको भए पनि प्रेम सम्बन्धमा भने कहिल्यै पनि नरहेको बताएका छन् । उनले आनालाई आफ्नो जन्मदिनमा पनि बोलाएको बताउँदै भने -“म आजसम्म एक्लै छु, प्रेम सम्बन्धमा परेकै छैन । म करिअरमा फोकस गरिरहेको छु ।”

अनमोलले हालै चलचित्र ‘गाजलु’का लागि रु. १० लाख पारिश्रमिक लिएर सम्झौता गरेको खबर आएको छ  । हुन त प्रचार र वास्तविकताको बिचमा हुने खाडल यो समाचारमा पनि नहोला भन्न सकिंदैन तर अनमोलले आफ्नो पारिश्रमिक बरावरको कर बुझाउने पनि बताउंदै आएका छन् ।  उनले चलचित्रमा ठुलो रकममा संझौता गरेको हुनाले त्यसको गित, कथा, छायांकन, सम्पादन, र प्रदर्शनसम्म नै साथ दिने पनि बताएका छन ।

उनले ठुलो बजेटको फिल्म साइन गर्नु, आमा शुश्मितासंग मिलेर “म त तिम्रै हुँ” निर्माणको घोषणा गर्नुप्रेम सम्बन्धको बारेमा बोल्नु — केहि त सम्बन्ध होला ! हुन त, केहि महिनाअघि आनाले अनमोल त्यागी अर्कै ब्वाइफ्रेन्ड रोजेको पनि चर्चा चलेको थियो ।

मिडियामा आएका हल्ला अनुसार अनमोलले आफ्ना फ्यान बढाउन र फिल्मका प्रचारका लागि आफ्नै बाबुको स्क्याण्डल गर्ने शैलिलाइ अनुकरण गरेको पनि हुन सक्छ ।  के अनमोल फ्यान घट्ने डरका कारण आफूलाई प्रेमको छायाँबाट टाढा राखेका होलान । के उनले आनाको बिषयमा साँचो बोलेका होलान  ? कमेन्ट गर्नुहोस, तपाइको अनुमान मिले नमिलेको त केहि समय पछि प्रष्ट त हुने नै छ ।

anna sharma and anmol kc break up

Leave a Reply

Your email address will not be published. Required fields are marked *