सेलिब्रेटीहरुको प्रेमको चर्चा अलि बढि नै हुने गर्छ तर त्यसमा पनि अभिनेत्रीहरुको प्रेमको चर्चा भने अन्य सेलिब्रेटीको पनि बढि नै हुने गर्छ । तेस्तै बाहिर देखिंदा त उनिहरुका लागि लव अफेयर अनि ब्रेकअप पनि सामान्य नै भएको जस्तो देखिन्छ । आज म केहि नेपालि अभिनेत्रीहरुका असफल प्रेमका बारेमा चर्चा गर्दैछु । जसमध्ये कोहिले विवाह गरिसकेका छन् भने केहि प्रेम सम्बन्धमा छन् ।
भिडियो रिपोर्ट तयार हुँदै छ :
निशा अधिकारी
अन्य अभिनेत्रीहरु भन्दा फरक सोच र फरक काम गरेर आफुलाई चिनाउन रुचाउने अभिनेत्रि निशा अधिकारि बिश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो अभिनेत्रि हुन । हालै अफ्रिकाको उच्च शिखर कालिमान्जरोको आरोहण गरेर फर्केकि निशाले आफ्नो कपाल खौरेर पनि सबैलाइ अचम्मित पारेकि छिन ।
निशाको बिगत केहि समय देखि क्रिकेटर शरद भेश्वाकरसँग प्रेम रहेको भए पनि आजकाल सो सम्बन्ध टुटिसकेको हल्ला पनि चलेको छ । शरद र निशा दुबैले सो हल्ला निराधार भएको बताए पनि उनिहरु संगै नदेखिएको पनि लामो समय भएको छ ।
अहिले चर्चा गर्न लागेको निशाको सम्बन्ध भने शरद भन्दा पहिलेका निशाको प्रेमि अभिनेता, निर्देशक तथा निर्माता निरक पौड्यालसँग को सम्बन्धको बारेमा हो । गोपिक्रिष्ण फिल्म्स का मालिक उद्धव पौडेलका छोरा निरकसंगको सम्बन्धमा खटपट भए पछि निरकले अनिसा थापासँग विवाह गरेर घरजम गरिसके ।
रिमा विश्वकर्मा
अभिनेत्रि तथा मोडल रिमा विश्वकर्माले हालै बेलायति एनआरएन, रोबर्ट बिकसंग विहे गरेकि छिन् । केहि समय पहिले अमिर सेखसंग प्रेम सम्बन्धमा रहेकि रिमाले रोबर्टसंग छोटो प्रेम सम्बन्ध पछि बिहे गरेकि हुन । रिमा र अमिरको बिच अफेयर केहि बर्ष चल्यो तर सफल भने हुन सकेन ।
रोबर्ट र रिमाको बैवाहिक जिवन सुखद र दिर्घकाल सम्म अटुट रहोस मेरो शुभकामना छ ।
ऋचा शर्मा
ऋभिनेत्रि ऋचा शर्मा र अभिनेता विनय श्रेष्ठको बिचमा गहिरो प्रेम थियो । उनिहरुको प्रेम सम्बन्धमा कुनै समस्या आउला भन्ने कसैले पनि सोच्न सक्दैन थिए । ऋचा र विनयको प्रेम उनिहरुले मिलेर बनाएको फिल्म “भिषा गर्ल” को असफलता संगै टुटेको थियो । (“भिषा गर्ल” यहाँ हेर्नुहोस -> watch ‘Visa Girl’)
हुन त, ऋचाको नाम “लुट” फिल्म रिलिजको समयमा सो फिल्मका निर्देशक निश्चल बस्नेतसँग पनि जोडीएको थियो । तर त्यो चर्चा पनि बिस्तारै हराएको थियो ।
हालै विनयले बेलायत बसोबास गर्ने एन्नी थापासँग ईन्गेजमेन्ट गरिसकेका छन। आजकाल ऋचाको प्रेमको बारेमा कुनै खबर छैन ।
सुष्मा कार्की
अभिनेत्री शुष्मा कार्की पनि लामो समय सम्म निर्देशक सुदर्शन थापासँगको प्रेममा थिइन । शुष्मा र सुदर्शनसँग लिभइन रिलेसनसिपमा पनि रहेका थिए । तर, उनिहरुको ब्रेक-अप भए पछि शुष्मा नरेन श्रेष्ठसँग प्रेम गर्न थालिन ।
नरेनसंगको अफेयर एकबर्ष पनि नाटिक्दै टुटेको थियो । लिभ इन रिलेसनमा रहेको यो जोडिको फेरि प्याच अप पनि एक वर्ष नपुग्दै टुट्यो । शुष्माले आफ्नो शरिरमा नरेन को नामको एक ट्याटु पनि बनाएकि थिइन तर सम्बन्ध को पुर्ण बिराम संगै शुष्मालाइ नरेनको नाम मेट्नको सास्ति भएको थियो । उनलाइ सो ट्याटु छोप्न त्यसको माथि अर्को ट्याटु बनाउनु परेको थियो ।
हाल शुष्माको अफेयरको बारेमा कुनै चर्चा छैन । (माथिको फोटोमा शुष्माको पछाडि खोपिएको ट्याटु देखिन्छ – दाहिनेको फोटो नरेनसंग ब्रेकअप पहिलेको हो)
मलिना जोशि
मिस नेपाल २०११ र अभिनेत्रि मलिना जोशिको अनुप बिक्रम शाहिसंगको अफेयर पनि सकिएको हल्ला चलेको छ । सन २०१४ मा बिवाह नै गर्ने संकेत गरेका थिए र अनुपले मलिनाको नामको ट्याटु पनि खोपेका थिए।
तर, हालै मलिना अमेरिका भ्रमणबाट फर्के पछि एक अर्कालाइ भेटेको संकेत पनि दिएका छैनन । यस अघि दुबै जनाले एकअर्काको फोटो फेसबुकमा नियमित रुपमा नै शेयर गर्ने गर्दथे । (मलिनाको पहिलो फिल्म “ऋतु” यहाँ हेर्नुहोस – watch ‘Ritu’ here)
नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठको नाम पनि बेला बेलामा बिभिन्न पुरुषहरुसंग जोडिने गरेको छ । शुरुमा अभिनेता र आरजे रेमन दास श्रेष्ठसंग अफेयर रहेको हल्ला चल्दै गर्दा डिजे तान्त्रिकसंगको सेक्स भिडियो रिलिज भयो। सो भिडियो को अनुसार डिजे तान्त्रिक संग लामै समय सम्म यौन सम्पर्कमा रहेको देखिए पनि तान्त्रिक बिवाहित भएको हुनाले पनि यो छोटो अफेयरमात्र भएको बुझ्न सकिन्छ ।
त्यस पछि, नम्रताको सम्बन्ध प्रेम घलेसंग रहेको थियो । आजकाल सो सम्बन्ध पनि टुटिसकेको छ । आहिले नम्रताले नयाँ ब्वाइफ्रेण्ड बनाएको हल्ला छ, दावा शेर्पा। दावा र नम्रता हालै अधकट्टि प्रिमियर शोमा संगै आएका थिए ।
पुजना प्रधान
अभिनेत्रि पुजना प्रधानको प्रेम सम्बन्धका बारेमा बिभिन्न हल्ला चले पनि यकिनका साथ भन्न सकिने कुनै प्रेम सम्बन्धको मलाइ जानकारि छैन तर यहि मार्च २६मा पुजनाले “एपिन्डिसाइटिस जस्तो सम्बन्धलाइ तुरुन्तै अपरेसन गरेर फाल्नु पर्छ …” भनेर सम्बन्धको समाप्ति भएको जनाएकि छिन । सो अघि उनि प्रेम सम्बन्धमा रेहेको भए पनि को संग भन्ने खुलाएकि थिइनन् ।
रेखा थापा
अभिनेत्रि रेखा थापाले पनि छबि राज ओझा संग १० बर्षे दाम्पत्य जिवनलाइ अन्त्य गरे पछि सुदर्शन गौतमसंग प्रेम गरेकि थिइन । उनको फिल्म “हिम्मतवालि”मा अभिनेता भएर डेब्यु गरेका सुदर्शनसंगको सम्बन्ध फिल्म रिलिजसंगै सकिएको छ ।
अहिले बिगतलाइ फर्केर हेर्दा, रेखाले प्रेम संबन्ध भन्दा पनि फिल्मको प्रचारको लागि सुदर्शनसंग प्रेमको नाटक गरेको हुन सक्ने देखिन्छ । तर, बिदेश बस्ने सुदर्शनले भने रेखाकै लागि आफ्नो दाम्पत्य जिवनलाइ त्यागेर नेपाल नै बस्न थालेका थिए ।