अंग्रेजिमा – Nepali artists rally against Indian blockade and Terai protest
भारतले लगाएको नाकाबन्दी र मधेशवादी दलको आन्दोलनका कारण परेको समस्याको बिरोधमा कलाकारहरु पनि सडकमा निस्किएका छन् । ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ को संयोजनमा मंगलवार राजधानीमा एक बृहत शान्ती र्याली गरियो । सो र्यालिमा नाकाबन्दी फिर्ता गर्न तथा वार्तामार्फत मधेश आन्दोलनको सम्बोधन गर्नको लागि सरकार र आन्दोलनकारी दलहरुलाइ पनि दवाब दिने उद्देश्यले सो न्जागरण र्याली निकालिएको हो ।
भिडियो रिपोर्ट:
सो र्यालिमा भाग लिने कलाकारहरुले आन्दोलन र नाकाबन्दीका कारण आमजनताले भोग्नुपरेको पीडा सहन नसकेर आफूहरु सडकमा ओर्लिएको बताएका छन् । उनीहरुले जनताको पीडाप्रति सारकार र आन्दोलनकारिहरुलाइ गम्भिर हुन आग्रह गरेका छन् । शान्तिबाटिकाबाट निस्किएको सो जागरण र्याली भद्रकाली, सहिदगेट, सुन्धारा, बसन्तपुर, असन हुँदै जमल पुगेर सकिएको थियो।
र्यालीमा नेपाली फिल्म तथा टेलिफिल्मदेखी गीत संगीत क्षेत्रका श्रष्टाहरुको सहभागिता थियो भने अन्य सर्बसाधारणले पनि उनिहरुलाइ साथ दिएका थिए । सबै जसोले नेपालको झण्डा बोकेर साथमा बिभिन्न प्लेकार्डहरु पनि बोकेका थिए। मंगलवारको र्यालीको सफलता संगै सो कार्यक्रमका संयोजक हरिहर शर्माले मंसिर १४ गते सिंहदरबारदेखी युएन पार्कसम्म मानव साङ्ग्लो बनाई सांकेतिक बिरोध गर्ने कार्यक्रम रहेको पनि बताएका छन् ।
सो र्यालीमा कलाकारहरु दिपकराज गिरी, शिवहरि, सिताराम कट्टेल, कुञ्जना घिमिरे, दिपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, बसुन्धरा भुषाल, रेजिना उप्रेति, किरण केसि, कोमल ओलि, करिष्मा मानन्धर् आदि कलाकारहरुको उपस्थिति थियो ।