रेखा थापा विरुद्ध ठगीको उजुरी, रेखा भन्छिन बदनाम गर्ने षडयन्त्र

अग्रिम पैसा लिएर कार्यक्रममा नआएको आरोप

कार्यक्रममा उपस्थित हुन राजि भएर अग्रिम पैसा समेत लिए पनि कार्यक्रममा भने नआएको भन्दै अभिनेत्री रेखा थापा विरुद्ध ठगीको उजुरी परेको छ । खोटांगको सगरमाथा जनसेवा समाज अर्खौले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा रेखा थापा आउने निश्चित गरेर सोहि अनुरुप तयारि भए पनि उनि सो कार्यक्रममा उपस्थित नै नभएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी गरेको हो ।

भिडियो रिपोर्ट:

गत कात्तिक २१ गते खोटाङ सदरमुकाम दिक्तेलमा “नमस्ते खोटाङ” सांगीतिक कार्यक्रममा सम्पन्न भएको थियो । सो कार्यक्रममा अभिनेत्रि थापा पनि अतिथि हुने कार्यक्रम थियो र सो बापत आयोजकले एक लाख रुपैयाँ अग्रिम दिएका हुन । तर, रेखाले पैसा बुझेपनि कार्यक्रममा भने नआएको र बारम्बार सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआए पछि उनि बिरुद्ध उजुरी गर्नु परेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको अगाबै रेखाले एक बिग्यापन भिडियो मार्फत पनि  आफु सो कार्यक्रममा उपस्थित हुने बताउँदै सबैलाइ आउन निम्तो पनि दिएकि थिइन ।

rekha thapa in rampyari

आयोजक संस्थाले उपलब्ध गराएको एक निक्षेप जम्मा रसिद अनुसार सिदार्थ बैंकको कमलादि काठमाडौं शाखामा कात्तिक २० गते अभिनेत्री थापाको खातामा रकम जम्मा गरिएको थियो । उनले कार्यक्रम सुरु हुने समय सम्ममा आउँछु भने पनि अन्तिम समय मा भने रेखा सम्पर्क बिहिन भएको आरोप लगाइएको छ । कार्यक्रममा नआएकि रेखाले अहिलेसम्म पनि रकम फिर्ता नगरेपछि उजुरि गर्नु परेको समाजका अध्यक्ष प्रकाश पुरीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी नायब निरीक्षक गोविन्द खवासका अनुसार अभिनेत्री थापाले प्रहरीको फोन पनि नउठाइनन । प्रहरिले अभिनेत्री थापासँग सम्पर्क गरेर प्रक्रिया अघि बढाइने बताएको थियो ।

के भन्छिन त रेखा ?

पत्रकार आर के सुबेदिका अनुसार रेखा थापाले खोटाङको कार्यक्रमलाइ धोका दिएर ठगि गरेको आरोप झुठा र “कलाकारलाई पर्दा पछाडिबाट ब्लाकमेलिङ गरेको” बताएकि छिन् ।

आयोजक संस्थाका अध्यक्ष प्रकास पुरीले कुरा मात्र गरेको र रेखालाइ थाहा नै नदिई उनको बैंक खातामा पैसा पठाएको र सो पैसा जम्मा भएको कुरा पनि उनले धेरै पछि मात्रै थाहा पाएको बताएकि छिन । रेखाका अनुसार, उनि चलचित्र “रामप्यारी”को निर्माणको ब्यस्तताका कारणले खोटाङको कार्यक्रमको बारेमा आधिकारीक रुपमा छलफल र एग्रिमेन्ट नै नभएको र हचुवाको भरमा पैसा पठाउने कार्य भएको दावि गरेकि छिन् ।

उनले आयोजकलाइ कलाकारको नाम बेचेर दर्शक ठग्ने गरेको आरोप पनि लगाएकि छिन् । उनले आयोजकको पैसा फिर्ता गर्ने बताए पनि कहिलेसम्ममा फिर्ता गर्ने भन्ने बारेका केहि बताएकि छैनन ।

rekha thapa response to diktel incident

रेखाको बाझिएको दावि र आरोप

  • कलाकारलाई पर्दा पछाडिबाट ब्लाकमेलिङ गरेको आरोप – ब्ल्याकमेलिंग भन्नाले कुनै कुरा लुकाउनको लागि पैसाको माग गर्नु भन्ने बुझिन्छ । रेखाको यो केसमा आयोजकले रेखासंग आफ्नै पैसा फिर्ता मात्र मागेको हुनाले “ब्ल्याकमेलिङ” भएको देखिंदैन ।
  • आधिकारीक रुपमा छलफल र एग्रिमेन्ट नै नभएको आरोप – यो आरोपमा पनि सत्यता देखिंदैन किनकि, रेखाले एक भिडियो मार्फत आफु खोटांग जाने र सर्बसधारणलाइ पनि आउन निमन्त्रणा दिएकि छिन । एग्रिमेन्ट भएको नै थिएन भने रेखाले भिडियोमा खोटांग जाने घोषणा कसरि गरिन?
  • हचुवाको भरमा पैसा पठाउने कार्य भएको – एक लाख रुपैंया थोरै पैसा होइन, र छलफल नभइ एक लाख नै जम्मा गर्नु पर्ने भन्ने आयोजकलाइ कसरि थाहा भयो ? अनि रेखाले भिडियोमा नै आँफु उपस्थित हुने भनेर भनिसके पछि त्यो भन्दा पक्का सम्झौता अरु के हुन सक्छ ?
  • कलाकारको नाम बेचेर दर्शक ठग्ने गरेको आरोप – यो आरोप त झन रेखा थापा आफैलाइ नै लागेको छ । किनकि उनले आफैले भिडियो मार्फत आफु कार्यक्रममा उपस्थित हुने भनेकि छिन । रेखा आफैले दर्शकलाइ झुठो कुरा भनेर “दर्शक ठग्ने” कार्य गरेकि होइनन र ?

रेखा थापाको बिगत

रेखा थापाको बिगत केलाउँदा उनि माथि भर गर्न मिल्ने धेरै आधार भेटिंदैन । रेखाले बिगत तिन बर्षमा तिन चोटि मलेशियामा भएका कार्यक्रममा पहिला उपस्थित हुन राजि भएर सोहि अनुरुप तयारि भएको भए पनि अन्तिम समयमा क्यन्सिल गरेकि थिइन ।

  • नयाँ बर्षको बेला मलेशियामा आयोजना गरिएको “फ्रेण्ड्शिप धमाका ५” कार्यक्रममा रेखा थापाले अन्तिम समयमा क्यन्सिल गरे पछि आयोजकले करिश्मा मानन्धरलाइ मनाएर लानु परेको। रेखा थापाको फोटो राखेर छापिएका पोष्टरहरुमा पछि करिश्मा मानन्धरको फोटो राखिएका थिए ।
  • तेस्तै अघिल्लो बर्ष पनि मलेशियामा नै आयोजना गरिएको नेफ्टा अवार्ड कार्यक्रममा पनि रेखाले अन्तिम समयमा नजाने निर्णय गरेकि थिइन । आयोजक संस्थाका अनुसार रेखाले उनलाइ अवार्ड दिने ग्यारेन्टि भए मात्र जाने नत्र नजाने भनेर अड्डि कसेकि थिइन। आयोजकले अवार्डको ग्यरेन्टि गर्न नसके पछि उनि गइनन । सो बेला पनि आयोजक र रेखाको बिचमा बक्तव्य युद्धनै भएको थियो ।
  • तेस्तै सन २०१३को “रिमिक्स धमाका ५” मा पनि सबै तयारि भए पछि रेखा नगएपछि आयोजकले एक लामो प्रेस रिलिज निकालेर बिरोध गरेका थिए।

तेस्तै रेखाका अन्य केहि पुराना घटनाहरु :

  • रेखाले आफ्नो सफल फिल्म “लंका”का निर्देशक श्याम भट्टराइलाइ निर्देशन गर्न नजान्ने, स्पट ब्वाइ जति पनि ज्ञान नभएको र धेरै सिक्न बाँकि रहेको आदि भनेर “हिम्मतवालि” को निर्देशकिय जिम्मेवारिबाट च्युत गरेर सो फिल्म आँफैले निर्देशन गरेकि थिइन । श्याम भट्टराइ हिट फिल्म निर्देशन गरिसकेका हुनाले रेखाको आरोपमा बिश्वास गर्ने कुनै आधार देखिंदैन ।
  • छबि राज ओझा संग पारपाचुके भए पछि उनले आफुले बिहे नै नगरेको र “अब गर्ने बिहे पहिलो बिहे हुनेछ,” भनेर भनेकि थिइन ।   तेस्तै रेखाको छबि विरुद्धको एक भनाइको पनि धेरै चर्चा भएको थियो ।
  • बि.सं २०७० पौषमा साप्ताहिक ‘शुक्रबार’सँगको कुराकानीमा रेखा ले भनेकि थिइन ‘म माओवादि होइन ।’ तर, सो भनाइएको केहि समय पहिले माओवादिको पेरिसडाँडा पार्टि कार्यालयमा अबिर माला लगाएर एमाओवादिमा प्रवेश गरेकी थिइन । “म काङ्ग्रेस, एमाले, एमाओवादी सबै दलको कार्यकर्ता हुँ ।’  भन्ने रेखालाइ एमाओवादीले दोस्रो संविधान सभाको प्रत्यक्ष तर्फको निर्वाचनमा टिकट समेत उपलब्ध गराएको थियो ।
  • निर्वाचनमा टिकट पाए पनि मतदाता नामावलिमा नाम दर्ता गर्ने कार्यमा हेल्चेक्र्याइ गरेर मतदाता नामावलिमा नाम नै दर्ता नगरेको हुनाले सो टिकट पार्टिलाइ नै फिर्ता गर्नु परेको थियो। शुरुमा उनि पार्टिको चुनावी प्रचारमा समेत सहभागि भए पनि टिकट फिर्ता गर्नु परे पछि उनि चुनावि प्रचारमा सहभागि भइनन। उनको माओबादि पार्टिसंगको निकटता सन २००९मा प्रचण्डसंग नाचे पछि शुरु भएको मानिन्छ  ।
  • रेखाको पहिलो अमेरिका भ्रमणबाट फर्के पछि अमेरिकामा धेरै नेपालि होमलेस रहेको भन्ने भनाइले पनि धेरै बिरोध पाएको थियो ।
  • रेखाले ५ बर्षमा आमा बन्छु भनेको पनि अहिले ४ वर्ष काटिसक्यो । हुन त, यस्तो कुरा भनेर हुने होइन ।

One thought on “रेखा थापा विरुद्ध ठगीको उजुरी, रेखा भन्छिन बदनाम गर्ने षडयन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *