हाम्रो नेपालि समाज किन यस्तो ? पुर्व युवराज पारस सोध्छन

पुर्वयुबराज पारस शाहले आफुले अहिलेसम्म नेपालि समाज बुझ्न नसकेको खुलासा गरेका छन । लामो समयको मौनता पछि पुर्व युवराजले सोसल मिडियामा धाराबाहिक प्रश्न गर्दै अन्त्यमा नेपालिले आफ्नो साथि को हो पहिल्याउनु पर्ने बताएका छन । अंग्रेजि भाषामा लेखिएको उनको बिचारलाइ मैले नेपालिमा उल्था गरेर चर्चा गर्ने प्रयास गरेको छु ।

भिडियो रिपोर्ट:

उनको बिचारलाइ उनले “Fruit for thought” अर्थात “सोचको लागि फलफुल” भनेका छन । अंग्रेजिमा “food for thought” अर्थात “सोचको लागि खाद्यान्न” भन्ने भनाइ प्रख्यात भएको हुनाले उनले food को ठाँउमा fruit राखे पनि भन्न खोजेको चाँहि — “केहि सोचनिय कुराहरु” हुनु पर्दछ ।

उनले प्रश्न गर्छन, Why is it that the Nepalese society is such a laid back society ? अर्थात “हाम्रो नेपालि समाज किन यस्तो कुनै कुराको मतलब नभएको समाज हो ?” उनि थप्छन – Even when they took away our religion we kept quiet and said its okay.. WHY?? अर्थात “हाम्रो धर्म खोसियो, सबैले चुपचाप बसेर ठिक छ भने, किन ?” भारतिय नाकाबन्दिका कारणले भएको सास्तिलाइ पनि सहनशिल भएर सहेको देख्दा उनि प्रश्न गर्छन, Even when we don’t have fuel and no gas for three month, and we are burning logs to cook food,we still say it’s okay.WHY??? “तिन महिना देखि ग्यास र पेट्रोल नहुँदा पनि खाना पकाउन दाउरा बालेर, ठिक छ भन्दै बस्छौं, किन?” भन्ने प्रश्न सोद्धै उनि थप्छन I’m not trying to add fuel to fire I’m only trying to understand my society.. अर्थात “मलाइ आगोमा घ्यु थप्न मन छैन तर म केवल मेरो समाज बुझ्न खोज्दैछु ।”

केहि समय पछि दोश्रो पोष्टमा उनि फेरि भन्छन, Or is it because the Nepalese society is in a higher state of consciousness like the Tibetan society.. I really don’t know ppl. Advise.. अर्थात “साँच्चै, मैले बुझ्नै सकिन । कि हाम्रो समाज तिब्बति समाज जस्तै चेतनाको माथिल्लो स्तरमा पुगेको हो त ?”

पारस ले यो बिषयमा लामै समय सम्म सोच मग्न भएको प्रष्ट हुन्छ किनकि उनले सोसल मिडियामा यस्ता प्रश्नहरु लामो समय सम्म सोधिरहेका थिए । उनका पछिल्ला प्रश्नहरु  “हाम्रो समाज र चाल चलन गौतम बुद्ध जस्ता ब्यक्तिहरु जन्माउने खालको छ हो ? जनताहरु, अहिले हाम्रो जिन्दगि जोखिममा छ ।” तेस्तै उनले अरु भन्छन, “हाम्रो जिन्दगि जोखिममा छ किनकि सन १९९०को मध्य तिर पहिलो बिश्वले नेपालिको जिवन पद्धतिमा एक प्रयोग गर्ने निर्णय गरेको थियो । त्यस पछि के भयो, मैले भन्नु पर्दैन। अहिले सन २०१५मा म भन्छु कि नेपालि को जिवन पद्धतिमा परिवर्तन गर्ने सो प्रयास असफल भएको छ ।”

पारसले हालै भएको पेरिस आक्रमणको कुरा पनि समावेश गर्दै भन्छन, ” पेरिस आक्रमण पछि सबै कुराहरु परिवर्तन भएको छ । अहिले ति प्रयोगकर्ता र बैग्यानिकहरु प्रिथिवि बाट नै गायब भएका छन् । नेपाल र नेपालिलाइ तिनिहरुको आबश्यकता अहिले सबै भन्दा बढि छ । जव दवाब दिनुपर्ने हुन्छ, नेपाल अहिले भारतको आन्तरिक मामला हुन पुगेको छ ।”

उनले अन्त्यमा “It’s time for Nepalese to choose friends ..” भन्छन अर्थात “नेपालिहरुले अब आफ्नो साथि को हो भनेर छान्नु पर्ने बेला आएको पनि बताएका छन् ।”

paras shah greets on hi arrival in Nepal in 2015

One thought on “हाम्रो नेपालि समाज किन यस्तो ? पुर्व युवराज पारस सोध्छन

Leave a Reply

Your email address will not be published.