पुजनाको रिस दर्शक माथि, चकलेट चलेन भन्ने घोषणा

निम्न लेखाइ ‘चकलेट’ फिल्मकि लेखिका र निर्मात्रि पुजना प्रधानको हो:

तपाईहरुले हेरिदिनु भएन त्यसैले चकलेट फिल्म चलेन।। नेपाली लाई राम्रो कथा राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनपर्दो रहेछ। मैले राम्रो मनले राम्रो कामको लागि फिल्म बनाए तर तपाईहरुको साथ पाईन। धन्यवाद यो नै मेरो फेसबुकमा अन्तिम स्ट्याटस हो आजा बाट म फेसबुक पनि चलाउदिन।

भिडियो रिपोर्ट :
https://www.youtube.com/watch?v=13fQUGs88MA

फिल्मको प्रचारको लागि धेरै कलाकार र गण्यमान्य ब्यक्तित्वहरुले शुभकामना दिंदै “चकलेट” हेरिदिन अनुरोध पनि गरेका थिए। भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=mk0GRmR4kzw

पुजनाले फेसबुकमा लेखेको यो भनाइ अप्रत्यासित र अचम्म लाग्दो हो  किनकि नेपालमा धेरै जसो निर्माताहरु नचलेको फिल्मलाइ पनि हाउसफुल चलेको भनेर झुठा प्रचार गरेर दर्शक तान्ने प्रयास गर्ने  गर्दछन तर पुजनाले भने फिल्म नचलेको घोषणा नै गरेकि छिन। यस घोषणाले फिल्म हेर्न इच्छा भएका र पछि जाने बिचार भएका दर्शकलाइ पनि निरुत्साहित पारेको छ । फिल्म उद्योगका केहि व्यक्तिले यो भनाइ आफ्नै खुट्टामा बन्चरो हानेको भनेर टिप्पणि गरेका छन भने कतिले यो आँटिलो भनाइ भएको पनि बताएका छन् ।

poojana pradhan chocolate

ब्यपारिक हिसाबले यो भनाइले जे सुकै असर गरे पनि पुजनाले सत्य बोल्ने सहास गरेको चाँहि मान्नु पर्छ । उनको भनाइमा कमेन्ट गर्दै एक व्यक्तिले उनलाई हरेस नखान सुझाव दिएका छन्, ” एउटा फिल्म चलेन भन्दैमा हरेश खानु हुन्न पूजना दिदी असफलता नै सफलताको चिन्ह हो अगि बढ्नु होस् अबस्य एक दिन सफल भईन्छ ।”

अर्का फेसबुक प्रयोगकर्ताले भन्छन, “भर्खरै त २-४ दिन हुदैँछ अहिले नै आत्तिनु भनेको त कुशल हुने लक्षण होइन ।”

पुजनाले ‘चकलेट’को रिलिज ताका फिल्म चकलेट जस्तै गुलियो भएको प्रचार गरेकि थिइन । उनले ‘कबड्डि कबड्डि’ टिमले रिलिज ढिलो गर्न दवाब दिएको दावि पनि गरेकि थिइन र फिल्म ‘कबड्डि कबड्डि’ संग टक्कर लिन सक्ने बनेको बताएकि थिइन। तर फिल्म रिलिज पहिले रिलिज गरिएका गित र ट्रेलर पनि खासै प्रभावकारि नभएको सम्भावित दर्शकहरुको प्रतिक्रिया आएको थियो ।

पुजनाको यो भनाइमा तपाइको बिचार के छ ?

poojana with her children

Incoming search terms:

  • बिनिता दिदी

Leave a Reply

Your email address will not be published.