वडा नं ६ को ७१ दिने उत्सवमा बोनस बाँढियो

‘वडा नं ६’ले हलमा ७१ दिने पुरागरेको उपलक्षमा दिपाश्रि निरौला र दिपकराज गिरिले मंसिर १८ गते शुक्रबार साँझ एक भब्य पार्टि आयोजना गरेका थिए । सो पार्टि पुर्व उनिहरुले फिल्म ‘वडा नं ६’ लाई पुर्व प्रधानमन्त्रिद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई बिग मुभिज हलमा देखाएका थिए । प्रचण्ड र नेपालले राजनितिक व्यस्तताको कारण देखाइ फिल्मको पहिलो भाग हेरेर हलबाट बाहिरिए पनि फिल्मको टिम र आगन्तुक पाहुनाले पुरै फिल्म हेरेका थिए ।

(यो बिषयमा फोटो समेतको रिपोर्ट अंग्रेजिमा यहाँ उपलब्ध छ।)

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=Z0qSY5ScPas

साँझमा आयोजित रात्रि भोज सहितको कार्यक्रममा दिपकराज गिरि र दिपाश्रि निरौलाले फिल्ममा आवद्ध कलाकार र प्राविधिकहरुलाइ बोनस रकम सहित प्रमाण पत्र बाँढेका थिए। सो अबसरमा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले ट्रफि हस्तान्तरण गरेका थिए ।

उज्जवल घिमिरेले निर्देशन गरेको फिल्म “वडा नं ६” मा धेरै हास्य कलाकारहरुको उपस्थिति छ भने अभिनेत्रिमा प्रियंका कार्कि मुख्य हुन । सो सफलता कार्यक्रममा फिल्म युनिटका तर्फबाट निर्देशक उज्जवल घिमिरे, दिपाश्रि निरौला, प्रियंका कार्कि, दयाहाङ राइ, जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राइ, राजाराम पौडेल, अनुरागमान सिंह कुँवर आदिको उपस्थिति थियो । लगानिकर्ता निर्मल शर्मा अस्वस्थ रहेकोले उपस्थित हुन सकेनन भने कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ सरसफाइ अभियानमा व्यस्त रहेकाले उपस्थित नभएको दिपकराज गिरिले बताएका थिए ।

Leave a Reply

Your email address will not be published.