नेपाल टेलिभिजनमा हास्य टेलिश्रृंखलाहरु बन्द भुकम्प र नाकाबन्दी लाइ दोष

नेपाल टेलिभिजनमा मन पराइएका सबै हास्य टेलिश्रृंखलाहरु बन्द भएका छन् । केहि समय अघि तितो सत्य बन्द भएको थियो भने अब बाँकि सबै – भद्रगोल, जिरे खुर्सानी र मेरी बास्सै पनि अनिश्चितकालका लागि बन्द भएका छन् ।

भिडियो रिपोर्ट

यि हास्य श्रृंखलाहरुलाइ प्रसारण गर्ने अधिकार पाएको कम्पनि ‘मिडिया हब’ र नेपाल टेलिभिजन बिचमा आर्थिक लेनदेनको विवादका कारण यि सिरियल हरुको प्रसारण रोकिएको बताइएको छ ।

हास्य टेलिश्रृंखलाहरुका साथ साथै मिडिया हबले प्रसारण गर्दै आइरहेको फिल्मि कार्यक्रम ‘चित्रपट’ लगायत अन्य कार्यक्रमहरु पनि रोकिएका छन् । एक पत्रिकासंग कुरा गर्दै मिडिया हबका सोम धितालले यो बिबाद आर्थिक लेनदेनको मात्र नभएर भुकम्प र नाकाबन्दी जस्ता कारणले विज्ञापनमा आएको मन्दिको प्रतिफल पनि भएको बताँउछन् । धितालका अनुसार हबले नेपाल् टेलिभिजनलाइ ४०-४५ लाख बराबरको रकम तिर्न बाँकि छ । आर्थिक मन्दिका कारण उनले नेपाल टेलिभिजनमा कार्यक्रमको प्रशारण शुल्क घटाउन निबेदन पनि दिएको बताएका छन ।

धितालले अन्य सबै सरकारी संस्थाले अप्ठ्यारो परिस्थितिलाइ बुझेर शुल्कहरु घटाएका र नेपाल टेलिभिजनले पनि मर्का बुझ्नु पर्ने बताएका छन । जिरे खुर्सानी र मेरी बास्सै लगायतका कलाकारहरुलाइ पैसा तिर्न नसकेको र टेलिभिजनमा पनि सम्झौता अनुसारको रकम तिर्न नसकेको अबस्थामा यि टेलिश्रृंखलाहरु फेरि प्रशारण हुने सम्भावन न्युन देखिएको छ । तीतो सत्य पनि आर्थिक लेनदेनको समस्याकै कारणले प्रसारण बन्द भएको हो ।

comedy serials close in ntv

अपडेट : सोम धितालले भुकम्प र नाकाबन्दी लाइ दोष दिए पनि, मिडिया हबको आर्थिक समस्य भुकम्प आउनु भन्दा अघि नै देखिएको थियो । टेलिश्रृंखला निर्माताहरुलाइ पचासौं लाख नतिरेको भनेर यि सिरियलहरु भुकम्प आउनु एक बर्ष पहिले पनि महिनौंसम्म बन्द भएका थिए । टेलिश्रृंखला निर्माताहरुले तिर्नु पर्ने रकम घटाइदिए पछि हबले रकम तिर्न राजि भएको र सिरियलहरुको प्रशारण शुरु भएको थियो । (यो बारेमा Serialsansar.net को रिपोर्ट हेर्नुहोस)

मिडिया हबले भुकम्प जानु एक महिना पहिले मात्र “भद्रगोल” र “जिरे खुर्सानि” को प्रशारण अधिकार लिएको थियो । २०७३ बैशाखको यो भिडियो रिपोर्ट हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.