कालमहिमा – लेखनाथ पौड्यालको कविता

यो कबिशिरोमणि लेखनाथ पौड्यालको कालजयि कबिता हो। यस कविता मार्फत लेखनाथले मृत्युलाइ रोक्न नसकिने तथ्यलाइ मिठो ढंगले प्रस्तुत गरेका छन ।

नोट – ह्रस्व दिर्घको प्रयोग छन्द कवितामा बिशेष महत्वको हुने तर्कको प्रयोगको लागि आगामि केहि दिनमा छन्द कविताहरुका दिर्घलाइ मेटाएर र्हस्व बनाइ पोष्ट गरिने छन । यसरि कवितामा गरिएका परिवर्तनले यि कविताका सर्जकहरुको भाषा ज्ञानलाइ अबमुल्यन गरेको अर्थ नलागोस भन्ने अनुरोध छ ।

यो कविताको वाचन (अभिनेता श्रिकृष्ण श्रेष्ठको असामयिक निधनको सन्धर्वमा वाचन गरिएको) :

कालमहिमा

लेखनाथ पौड्याल

भाका, भुल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनि मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।१।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

आँसुका दहमा नुहाउँछ चिसो पानि रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केहि लगाउन्न त्यो,
हाहाकार सरि मिठो अरु कुनै संङ्गित गाउन्न त्यो ।३।

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हालि चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ति मिल्छ उति उकेल्दछ पनि केहि पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाइ अघाउन्न त्यो ।४।

lekhnath poudel

Incoming search terms:

  • लेखनाथ पौड्यालका कविताहरु

2 thoughts on “कालमहिमा – लेखनाथ पौड्यालको कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *