कवितामा लाटा शब्दहरुको पिरामिड, मनु मन्जिल (शारांश र पुर्ण वाचन)

एक साथिको सुझावमा यो निबन्ध प्रस्तुत गरिएको छ । यो लामो लेखलाइ वाचन गरेर यहाँ छोटकरिमा मुख्य मुख्य बुँदा मात्र राखिएको छ । पुर्ण लेख र उच्च स्तरको लेखकिय भाषाको लागि अडियो सुन्नुहुन अनुरोध छ ।

अडियो वाचन:

https://www.youtube.com/watch?v=xAgST_ZAYFg

यो लेखको प्रतिउत्तरमा सरिता तिवारिले “लाटा छैनन् हाम्रा कविता” शिर्षकओ लेखा लेखेकि छन। तर, मलाइ सरिताको लेखनै मन्जिलले “लाटो” उपमा दिएको लेखको ज्वलन्त उदाहरण र तर्क राख्नु भन्दा मपाइत्व र चर्चाको भोक मात्रै भएको जस्तो लागेको हुनाले यहाँ स्थान दिइएन ।

कवितामा लाटा शब्दहरुको पिरामिड (शारांश)

  • धेरैजसो कविको आफ्नो भाषा नहुने हुनाले अधिकांश कविता राम्रा हुँदैनन्।
  • प्राय: अरुको शैलि नक्कल गर्ने ति कविहरुले आफ्नो निजि अभिव्यक्ति-कौशलको विकास गर्न लामो समयको अभ्यासले गर्नु पर्छ।

****

  • कविता राजनीतिजस्तो बनाउनु ठीक हुँदैन।तर, आहुतिको ‘गहुँगोरो अफ्रिका’ वा श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ जस्ता कविताजस्तो राजनिति लेखियो भने चाँहि राम्रो होला।
  • कविताबाट आश लाग्ने दुइ कुरा: १) कवि आफ्नो भाषामा बोलोस् भन्ने । र २) सबै विषय वा वस्तुलाई कविले फरक ढंगले हेरोस् भन्ने ।
  • कविताको भाषा बैज्ञानिक हिसावले सहि हुनु पर्दैन। कविले ठीक र सुन्दर एकसाथ बोल्ने हुनाले कविको वाक्य हृदयमा सीधै प्रवेश गर्छ।

****

  • राम्रा कविले पनि सँधै राम्रै लेख्छन भन्ने छैन । कविहरूले राजेश हमाल बन्न खोज्दा राम्रो कवि बिग्रिएको अभिभारा सारा कविता विधाले बोक्नुपर्छ।
  • कविले कविताको भाषासित खेलिरहनुपर्छ तर अभ्यास खेललाई नै प्रदर्शन खेल बनाउँदा कविको व्यक्तित्व नै समाप्त हुन सक्छ ।

****

  • आफैले नबुझेका लाटा शब्दहरूको पिरामिड बनाउने कविहरु दिक्क लाग्दा हुन्छ्न । यसरि कवि आफैं भ्रमित भएको रचनामा त्यहि भ्रम देखिन्छ ।
  • प्रयोगशील कविहरूप्रति चासो भए पनि बैरागी काइँला वा मोहन कोइरालाले जस्तो  लेखन ‘टेक्निक’ नै अर्को अभ्यास गर्ने हैसियतको र साहस भएको कवि अहिले हामिसंग छैन । उपन्यासको रूपमा धेरै फरक आए पनि कविता कौशलमा भने प्रयोग देवकोटाको ‘आइसल्यान्डको सर्प’ साबित भएको छ।

****

  • केहि कवि बिनसित्तिमा रिसाइरहेजस्तो, विद्रोहि देखिन्छन तर रिस मात्रैले कविता हुँदैन ।
  • सिधै यथार्थलाइ ब्यक्त गर्नु भन्दा, कवि यथार्थको नजिक-नजिकबाट दौडेको सुन्दर देखिन्छ।
  • कविता उपन्यास जस्तो होइन कि कुनै ‘सेक्स-मानिएक’ पात्र समात्यो र पहिलो वाक्यदेखि नै भटाभट सेक्स वा डिप्रेसनको कुरा गर्न थालिहाल्यो।

****

  • केहि नभएको, मेरुदण्ड नभएको कवितालाई अभि सुवेदी ‘लुरे कविता’ भन्छन्। त्यसको उल्टो ‘ग्रान्ड स्टफ’ भनेको देवकोटाको ‘पागल’जस्तै, रिमालको ‘आमाको सपना’ जस्तै, भुपिको ‘हामि’ जस्तै, काइँलाको ‘मातेको मान्छेको भाषण’ जस्तै, मिन ब. विष्टको ‘साला पहाडमे क्या है?” जस्तै वा कृष्णभुषण बलको ‘चैतको हावा’ जस्तै केहि चिज हो जसभित्र ठुलो ताकत लुकेर बसेको हुन्छ।

****

  • यथार्थको लेखन राम्रो हो तर यथार्थ भित्र केहि ‘ग्रान्ड स्टफ’ हुनु पर्छ ।
  • हामिमा ‘मिडियोक्रटि’ एकदमै हावी छ। अल्छिहरूको यो समुह ‘ग्रान्ड स्टफ’मा रमाइलो मान्दैन। यस्तो वातावरणमा साधारण लेखकले पनि प्रतिभाशालि लेखकलाइ निराश वा ओझेल पार्ने सक्छ।
  • कविले अध्ययन गर्नु एकदमै आबश्यक हुन्छ। अध्ययन नगर्ने कवि वा लेखकले थोरै त राम्रो पनि लेख्न सक्ला तर अध्ययनशिल कविले मात्र लामो समयसम्म राम्रो लेख्न सक्छ ।

मनु मन्जिलको लेखको शारांश; श्रोत – अन्नपुर्ण पोस्ट, २०७२ भाद्र ५।

manu manjil 10383577_821143241270882_7733151533926614125_n

यो लेख ट्विटर साथि गोपाल उप्रेतीको अनुरोधमा तयार गरिएको हो:

manu manjil article

यो लेखकको उत्तर
manu manjil reply by sarita tiwari

Leave a Reply

Your email address will not be published.