भात भन्या भातै हो!

बिदेशिहरु भात भन्दा अरु खाना खाने भए पनि, संसारको जुन सुकै कुनामा पुगे पनि नेपालिलाइ भने भात नै खानु पर्ने हुन्छ । यहि भाते आशक्तिलाइ व्यंग गरेर एक कविता अनलाइनमा पपुलर भएको थियो । यसका रचनाकार को हुन भन्ने पत्ता लागेमा रचनाकारको नाम अबश्य पनि समावेश गरिने छ ।

(नोट: नेपालमा बस्नेलाइ यो कविता त्यति टेसिलो नलाग्ने भए पनि बिदेशमा बस्ने प्रा:य नेपालिले भात आशक्तिको यस्तो पिडा भोगेकै हुन्छन।)

अडियो सुन्नुहोस:

https://www.youtube.com/watch?v=mFni3X8ZgrI

भात भन्या भातै हो!

बिहान होस या बेलुका, दिउस भए नि बालै हो
दालसँग होस या झोलसँग, भात भन्या भातै हो!

नेपाल हो या अम्रिका, अफ्रिका हो या मिडल इस्ट हो
दिनमा दुइ थाल नबजाइ नहुने, भात भन्या भातै हो!

पिज्जा हो या बर्गर हो, थाइ हो या चाइनिज हो
तेस्ता जाबाले पेट के भरिन्थ्यो, भात भन्या भातै हो!

चिनिरोग लागे ओखति छंदैछ, भुँडि लागे नि आफ्नै हो
दुध भात हो या मासु भात हो,  भात भन्या भातै हो!

ज्युदो हुँदा त हो के, मरेपछि पिण्डो छंदैछ
थालमा हो या टिफिन बक्समा हो, भात भन्या भातै हो!

भात भएसि सक्किगो नि, होइन त ?

bhat bhanya bhatai ho

Leave a Reply

Your email address will not be published.