शिल्पा पोखरेललाइ छविराज ओझाले नछोड्ने संकेत

निर्माता छविराज ओझाले आफ्नो फिल्ममा चर्चित अभिनेत्रिलाइ भन्दा नयाँलाइ स्थान दिएर दर्शकले मन पराएमा फेरि फेरि दोहोर्याइ रहन्छन् । यस अघि अरुणिमा लम्साल,  बिपना थापा, रेखा थापा, रजनि केसि र शिल्पा पोखरेललाइ फिल्म क्षेत्रमा भित्राएका छविले १० बर्ष सम्म रेखालाइ मात्रै आफ्नो फिल्ममा खेलाए । रेखासंग डिभोर्स भए पछि भित्र्याएकि अभिनेत्रि रजनि केसिको फिल्म सफल भएन । लज्जामा डेब्यु गरेकि शिल्पाको फिल्म् चले पछि छबिले उनलाइ लगातार आफ्नो फिल्ममा खेलाइरहेका छन।  ‘लज्जा’पछि शिल्पा ‘हवल्दार सुन्तली’ र ‘किस्मत २’मा पनि  अभिनेत्रि नै भइन ।

भिडियो रिपोर्ट :


गतबर्ष शिल्पाको बर्थ डेमा छविले ‘किस्मत २’मा अनुवन्धित गरेर उनलाइ जन्मदिनको उपहार दिएका थिए । अहिले छवि र शिल्पाको सम्बन्ध यति कसिलो बनेको छ कि, दुईले एकअर्कालाई लामै समय सम्म नछाड्ने संकेत दिएका छन् । केहि समय पहिले बिहे नै गर्ने सम्मका कुरा गर्ने छवि र शिल्पा आजकाल सो हल्ला फिल्म चलाउन मात्र गरेको दावि गर्छन। अन्तरवार्तामा छविले पाए बिहे गर्ने भनेका थिए भने शिल्पाले बिहे चै नगर्ने तर संगै बस्न सक्ने आदि कुरा भनेका र अहिले एक पछि अर्को फिल्ममा शिल्पा नै छबिको अभिनेत्रि हुनु को बिचमा कुनै सम्बन्ध त होला तर, उनिहरुले मुख नखोलि केहि  भन्न चँहि नमिल्ला ।

छविले केही दिन अगाडि आफ्नो फिल्म ‘किस्मत २’को इन्डक्ल्यापसँगै आफ्नो जन्मदिन पनि मनाएका थिए । सो अवसरमा उनले शिल्पालाई “किस्मत ३’मा पनि काम गराउने घोषणा गरेका छन् । यतिसम्म कि, ‘किस्मत ३’को केही एक्सनको दृश्य पनि छविले खिचिसकेका बताएका छन् ।

शिल्पाले  छविका ३ ओटा फिल्म सम्पन्न गर्दा सम्म अन्य निर्माताको एउटा मात्र फिल्म गरेकि छिन – करिश्मा मानन्धरको “फागु” । यसको अर्थ, शिल्पा छविराज प्रोडक्शनको ब्यानरबाट यसै फुत्किने वाला छैनन र उनले अरु निर्माताको फिल्ममा अभिनय गर्ने सम्भावना पनि त्यति धेरै देखिंदैन ।

shilpa in kismat 3 too

Leave a Reply

Your email address will not be published. Required fields are marked *