विधवा राष्ट्रपतिले टेकेको भन्दै जानकी मन्दिर ‘चोख्याउने’को तर्क

पौष १ गते बुधवार रामजनकी विवाह उत्सवमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गर्नुका साथै जानकी मन्दिर परिसरमा पेट्रोल बम समेत प्रहार गरेका थिए । उनले जानकी मन्दिरमा पूजाआजा सकेर फर्किँदै गर्दा ढुंगामुढा भए पनि राष्ट्रपतिको कारकेडमा भने कुनै क्षति भएको थिएन । त्यस पछि तनावग्रस्त भएको जनकपुर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको  थियो ।

बिधवा राष्ट्रपति र जानकि मन्दिरको बारेमा भिडियो रिपोर्ट:

राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा पौष १ गते बुधवार रामजानकी मन्दिरको दर्शन गर्न आउने जानकारी पाएलगत्तै मधेसि मोर्चाका कार्यकर्ताहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए । उनीहरुले मंसिर ३० गते मंगलबार नै राष्ट्रपति भण्डारीको पुत्ला पनि जलाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुजा गरेको भोलीपल्ट बिहिबार मधेसी मोर्चाका कार्यकर्ताले विधवाले मन्दिर टेकेर अपवित्र तुल्याएको भन्दै ‘गंगाजल’ ले मन्दिर पखाले । भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स का अनुसार चोख्याउने कार्यका अगुवा सरोज मिश्रले विधवालाई पुजा नदिइने मन्दिरमा राष्ट्रपतिले मन्दिरमा प्रवेश गरेर हिन्दूहरुको आस्थामा चोट पुर्‍याएको बताएका थिए ।

स्थानीय पत्रिका जनकपुर टुडेको शुक्रबारको अंकमा प्रकाशित समाचारमा राष्ट्रपति विद्यादेवी भण्डारी ‘पापी, हत्यारिणी, राक्षसनी, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा आफ्नो पापले भरिएको खुट्टा राख्दा मन्दिर अपवित्र भएको भन्दै श्रद्धालूहरुले दिएको पवित्र गंगाजल छर्केर मन्दिरलाई पूर्ण पवित्र बनाइएको हो ।’ समाचार लेखेको छ ।

तमलोपकाका परमेश्वर शाहले स्थानीय रेडियोमा बिहीबार, ‘विधवाले टेक्दा मन्दिरको लच्छिन गएकाले गंगाजलले चोख्याएका हौं ।’ भनेका थिए।

तेस्तै एक सरकारी शिक्षक, प्रदिप झाले फेसबुकमा राष्ट्रपति भण्डारीलाई आपत्तिजनक शब्दहरु प्रयोग गर्दै विवाह पञ्चमीको रौनक  समाप्त पारेको आरोप लगाएको कुरालाइ लिएर करवाहि हुनु पर्ने आवाज पनि उठेको थियो ।

पौष ४ गते शनिबार आयोजित एक पत्रकार सम्मेलनमा जानकि मन्दिरका पुजारी मनोज झाले राष्ट्रपति विद्या भण्डारिको पुजाअर्चनाले अशुद्ध भएको भन्दै मन्दिर च्योख्याउने सुशील मल्लिक र रामचन्द्र लगायतका मधेसी मोर्चाका कार्यकर्ताले नै मन्दिरको गर्भ गृहमा रहेको  चाँदिको मेन गेटमामा लात हानेको र तोडफोड गरेको बताएका छन्  ।

तेस्तै, राष्ट्रपति बिधवाभएको आरोप र उनले मन्दिर छोएर अनिष्ट गरेको आरोपको सर्बत्र बिरोध हुन थाले पछि म्रोर्चा कार्यकर्ताले मन्दिर भित्र राष्ट्रपति र उनका सुरक्षामा खटिएका सैनिकले जुत्ता र बुट नखोलि कुकुर लिएर प्रवेश गरेको हुनाले मन्दिर अशुद्ध भएको हुनाले चोख्याएको दाबि गर्न थालेका छन् । तर, जानकार हरु यो पनि पन्छिने दाउमात्र भएको बताउँछन् किनकि, यस अघि पुर्व-राष्ट्रपति रामरण यादव त्यस्तै प्रक्रियाले जानकि मन्दिरमा सुरक्षाकर्मिको साथमा  प्रवेश गर्दा अशुद्ध भएको भन्दै चोख्याउनु परेको थिएन । तेस्तै, मन्दिर श्रोतले पनि मन्दिरमा विधवालाइ प्रवेश नदिने कुनै प्रचलन वा ब्यबस्था नरहेको पनि प्रष्ट पारेका छन्।

जानकि मन्दिरमा राष्ट्रपतिमाथि भएको ब्यबहार र मदेशि मोर्चाको ब्यबहार सम्बन्धमा सोसल मिडियामा गरमा गरम बहस चल्न थालेको छ । केहि बुद्धिजिविले यो विवादमा राजनिति र धर्मलाइ मिसाइएको र यसरि राजनिति र धर्मलाइ मिसाउदा आतंकबाद जन्मने खतरा भएको बताएउँछन्। धेरै नेपालिले २१ औ शताब्दिमा पनि मन्दिरमा बिधवा र महिलालाइ भेदभाव गर्नु उदेकलाग्दो कुरा भएको भन्दै  यस्तो मानसिकताले  प्रदेशहरुमा छुट्टाछुट्टै बन्ने कानुन बनाउनेहरुमा नहोस भन्ने कामना गरेका छन् । तराइको प्रतिनिधित्व गर्ने नेतृ शान्ता चौधरिले राष्ट्रपति भण्डारिको बिधवा भनेर गरिएको अपमान समस्त महिलाको अपमान भएको बताएकि छिन् ।

shanta chaudhary comment

 

janaki mandir pujari

Bidhya bhandari putala

janaki mandir morcha protest

Ganga-jal-cleanse-at-janaki temple

Leave a Reply

Your email address will not be published.