मिस स्पेनले मिस वर्ल्ड जितिन, मिस नेपाल इभाना रित्तै फर्किन

यस् बर्षको मिस वर्ल्डको टाइटल  स्पेनकि सुन्दरिले  जितेकि छिन भने फर्स्ट रनर अप मिस रसिया भएकि छिन । तेस्तै, सेकेण्ड रनर अप मिस मिस इन्डोनेशिया भएकि छिन ।  एक सय तेह्र देशका सुन्दरिहरुले प्रतिस्पर्धा गरेको मिस वर्ल्डमा मुख्य टाइटल बाहेक अनेक सब टाइटलमा पनि प्रतिस्पर्धा भएका थिए । तर, मिस नेपाल इभाना मानन्धरले भने कुनै टाइटल नजिते पनि नेपालको प्रतिनिधित्व गरेर “बिश्व सामु नेपाललाइ चिनाउने प्रयास गरेको” भन्दै फर्किइन ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=fPNWoGVJjTI

चीनको दक्षिणी शहर सान्यामा सम्पन्न ‘मिस वर्ल्ड प्रतियोगिता’को फाइनलमा ‘मिस नेपाल’ इभाना मानन्धरले ‘जाउँ जाउँ रेलैमा’ बोलको गीतमा नृत्य गरेकी थिइंन् । नेपाली परम्परा पोशाकमा सजिएकि इभानाले सो अबसरमा बिश्वसामु नेपालीपनको झल्को दिएकि थिइन् । प्रतियोगिताको ‘डान्सेज अफ द वर्ल्ड’ मा सहभागी विभिन्न देशका सुन्दरीहरुले नृत्य गरेका थिए ।

‘मिस नेपाल’ प्रतियोगिताको २० औ संस्करणको बिजेता बन्न सफल काठमाडौको भोटे बहाल निवासि इभानाले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड मा सहभागि भएकि हुन् । अमेरिकामा अध्ययन गरेर नेपाल फर्केकि इभाना मिस नेपाल घोषणा भएको सातौं दिनमा नै विनाशकारि भुकम्प गएको थियो । उनि त्यस पछि भुकम्प पिडितको सेवामा जुटेकि थिईन ।

इभानाले मिस वर्ल्डको “ब्युटि विथ प्रपोज” शिर्षकको प्रतियोगितामा नेपालमा भुकम्पले निम्त्याएको विनाशवारे डकुमेन्ट्रि प्रस्तुत गरेकी थिइन् । उनि व्युटि विथ प्रपोज विधामा उत्कृष्टमा १० पर्न सफल भए पनि कुनै उपाधि भने जित्न सकिनन् । सो विधाको उपाधि मिस वर्ल्ड सेकेण्ड रनर अप रहेकि  इन्डोनेसियाकि मारिया हारफान्तिले जितिन् ।

इभानाको परिचय भिडियो:

miss world 2015 top

Leave a Reply

Your email address will not be published.