शुभद्रा अधिकारि बिरामि सरकारले खर्च बेहोर्ने

अभिनेत्रि शुभद्रा अधिकारिलाइ निमोनियाले सताएपछि अस्पताल भर्ना गरिएको छ । उनका परिवारका सदस्यहरुका अनुसार काठमाडौंमा बढेको चिसोको कारण अधिकारिलाई समस्या देखिएको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=D4w-Oeg9YCg

शुभद्रा अधिकारिलाइ नयाँ बानेश्वरमा स्थित सिभिल अस्पतालमा उपचार भइ रहेको र उनको उपचार खर्च चलचित्रककर्मि  कल्याणकोष मार्फत सरकार बाट ब्यहोर्ने खबर आएको छ । अभिनेत्रि झरना थापा संयोजक रहेको चलचित्रककर्मि कल्याणकोषवाट आवश्यक रकमको माग गरिसकेको झरनाले बताएकि छिन् ।

चलचित्र बोर्डका अध्यक्ष राज कुमार राइले अधिकारिलाइ  अस्पताल पुगेर भेट गर्नुका साथै उपचारका लागि रकम चाँडो निकासाका लागि पहल गरेको पनि बताएका छन् ।

बि सं २००९ मा ५ बर्षकै उमेरमा रंगमन्चमा नृत्य र अभिनय गर्न शुरु गरेकि शुभद्राले २०१५ मा पहिलो गित गाएकि थिइन । हाल सम्म करिव डेढ दर्जन गित गाइसकेकि सुभद्रा अन्य बिधामा भन्दा अभिनय बिधामा नै सफल भएको मान्न सकिन्छ ।  चिनो, मुनामदन लगायत दर्जनौं चलचित्रमा अभिनय गरेकी अधिकारी काठमाडौ नरदेबीमा जन्मेकी हुन भने अहिले उनि डल्लुमा बसोवास गर्छिन । पाँच वर्ष अघि उनको श्रीमानको निधन भएको थियो ।

शुभद्रा अधिकारी को सिघ्र स्वास्थलाभको कामना !

All posts on Subhadra Adhikari here.

subhadra adhikari at home

Leave a Reply

Your email address will not be published.