बिन्दु परियारले पुर्वपति विरुद्धको मुद्दा जितिन्, रु. ७२ करोड क्षतिपूर्ति पाउने

नेपालि ’पोर्नस्टार’ भनेर चर्चित बिन्दु परियारले पुर्वपति विरुद्धको मुद्दा जितेपाछि अदालतले उनले रु. ७२ करोड बराबरको क्षतिपुर्ति पाउनु पर्ने फैसला गरको छ  । डलासन्यूज डट कममा प्रकाशित समाचार अनुसार उनले ७२ लाख डलर (७२ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएकी छन्। उनलाई जबरजस्ति पोर्नस्टार बनाएको ठहर गर्दै अदालतले श्रिमान टम रान्डेल सेवेललाइ उक्त रकम क्षतिपूर्ति दिन आदेश दिएको हो। सो अदालति फैसला हुँदा टम सेवल भने उपस्थित भएको थिएन ।

भिडियो रिपोर्ट :

बिन्दु परियारको कहानि उनकै शब्दमा यहाँ पढनुहोस

बिन्दूलाई टमले झुक्याएर ब्रेस्ट इम्प्लान्ट (स्तन ठूलो बनाउने शल्यक्रिया) गराउनुका साथै उनको पासपोर्ट लुकाइदिएको र एउटा नग्न क्लबमा काम गर्न आदेश दिएको, अन्य पुरुषहरुसित यौन सम्वन्ध राख्न वाध्य पारेको र त्यसलाई भिडियोमा कैद गरेको डलासन्यूज डट कममा प्रकाशित समाचारमा उल्लेख छ।

समाचार अनुसार बिन्दु एक बर्षकि हुँदा टम सेवलले उनकै सानि आमासंग बिवाह गरेको थियो । उसले बिन्दुलाइ बच्चै बेला देखि आँखा लगाएको र उनको प्राइभेट स्कुलमा पढ्न फि पानि तिरिदिएको थियो । बिन्दुले टमकै पैसाले १२ कक्षा सम्म पढेकि थिइन । टमले बिन्दुको सानिआमासंग १२ बर्ष बसे पछि डिभोर्स गरेको थियो । त्यस पछि उसले बिन्दुकि दिदि पर्ने सिता परियारसंग बिवाह गर्यो । १७ बर्षकि सिता परियारलाइ टमले स्वास्नि बनाएर अमेरिका लगे पछि क्लबमा नचाउन थाल्यो ।

सन २००८ मा सितासंग डिभोर्स गरेर टमले बिन्दुलाइ बिहे गरेको थियो । उसले बिन्दुलाइ अमेरिकामा पढाउने सपना देखाएर बिहे गरेर ल्याए पनि शुरु देखिनै स्ट्रिप क्लबमा नचाउने र बेश्याब्रितिमा लगाउन थालेको घियो । अमेरिका आएर राम्रो जिवन जिउने सपना देखेकि बिन्दुलाइ टमले बन्धक जस्तै बनाएर ट्रिप क्लबमा नचाउने गरेको उनि बताउँछिन । बिन्दुले बिरोध गरे उसले अमेरिका ल्याउँदा र पढाउदा लागेको खर्च भनेर अमेरिकि डलर ५०,००० मागेको र नदिए ज्यान मार्ने धम्कि पनि दिएको बिन्दुले बताएकि थिइन ।

टमले बिन्दुलाइ लागु औषध र रक्सि खुवाएर बिभिन्न ग्रहाकहरु संग सुत्न लागाउँथ्यो र भिडियो खिच्ने गर्थ्यो । बिन्दुले ति ग्रहाक हरुको बारेमा र उनिहरुले तिरेको पैसाको खाता फेला पारे पछि मात्रै उनिहरुले पैसा तिरेको थाहा पाएकि थिइन । उनले अदालतमा पेश गरेको सो खातामा साठिजना भन्दा बढि ग्राहकहरुका नाम हरु थिए । बिन्दु नभागोस भनेर पासपोर्ट र इमिग्रेसन कागजात पनि लुकाइदिएको बिन्दुले बताएकि थिइन । सन २०१२ मा मोन्टाना बाट डेल्लास बसाइ सराइ गरे पछि बिन्दुले त्याहाँको बेबि डल्स स्ट्रिप क्लबमा नाच्न थालेकि थिइन ।

एक दिन बिन्दुले थप  ग्राहक संग जान नमाने पछि भएको झगडाका कारण पुलिस केस पनि भएको र प्रहरिले मानब ओसारपसारको केसमा अनुसन्धान पनि गरेको थियो । टमले अप्रिल २०१२ देखि दुइ बर्ष सम्मको प्रोबेसनको सजाय हालै मात्र पुरा गरेको थियो । सोहि बेला देखि बिन्दु टमको चंगुल बाट फुत्केकि हुन । त्यस पछि टमले बिन्दुलाइ बेश्या भएको भन्दै बिभिन्न अनलाइन माध्याममा फोटो र भिडियो पठाएर उनको बारेमा लेख्न अनुरोध गर्न थालेको हो । टमकै प्रयासमा बिन्दुको बारेमा कान्तिपुर पब्लिकेसनको साप्ताहिकमा कभर स्टोरि पनि छापिएको थियो ।

अदालतले ठुलै रकम क्षतिपुर्ति दिनु पर्ने फैसाला गरे पनि बिन्दुलाइ टमले पैसा तिर्ला भन्ने बिश्वास भने छैन । अदालतले आफ्नो पक्षमा फैसाला गरेको मा नै उनि खुशि छिन ।

उनि भन्छिन, “म बल्लियो छु भन्ने देखाउन चाहेकि थिएँ ।”

bindu-pariyar-nepali-saree-

Incoming search terms:

  • www bindu pariyar com
  • bindu pariyar xvideos
  • bindu pariyar xvideo
  • bindu pariyar beeg com
  • www bindu pariyar
  • bindu pariyar beeg
  • beeg com bindu pariyar
  • beeg bindu pariyar
  • bindu pariyar x video
  • bindupariyar

Leave a Reply

Your email address will not be published. Required fields are marked *