हामीले चिनेजानेका कलाकारहरु आफ्नो बालककालमा कस्ता थिए होलान ? आज मा तपाईहरुको कौतुहल मेटाउने प्रयास गर्दैछु, १३ जना फिल्म कलाकारहरुको बाल्यकालको फोटोको बारेमा यो रिपोर्ट बाट (हेर्नुहोस भिडियो) :
राजेश हमाल
नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल सानै देखि हेन्डसम हुन । उनका बच्चा बेला देखिका फोटो हेर्दा लामो कपाल पाल्ने रहर सानै देखि भएको बुझ्न सकिन्छ। सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । चन्डिगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर डिग्री गरेका राजेश नेपालि चलचित्र क्षेत्रमा पढेलेखेका कलाकार मध्येका एक हुन । राजेशहमालका बाल्यकालका फोटोको बारेमा अंग्रेजि ब्लगमा पनि चर्चा गरेको छु ।
जल शाह
एक जमानाकि चर्चित अभिनेत्रि जल शाह अहिले यस क्षेत्रबाट पलायन भए पनि उनको अभिनय कौशल पुराना फिल्म मा देख्न सकिन्छ । सन् १९८२ मा जन्मेकी जलले धार्मिक चलचित्र “श्रि स्वस्थानि”बाट अभिनय यात्रा सुरु गरेकि हुन् । ब्यापारिक हिसाबको फिल्ममा उनको पहिलो फिल्म “अवतार” थियो जसमा उनले १४ बर्षको उमेरमा अभिनय गरेकि थिइन ।
मनिषा कोईराला
बलिउडकि चर्चित अभिनेत्रि मनिषा सुन्दर शारिरिक बनावट र कुशल अभिनयका कारण भएकि हुन । नेपालि चलचित्र “फेरी भेटौँला”बाट आफ्नो अभिनय यात्रा सुरु गरेकि मनिषा नेपालको कोइराला खानदानकि सदस्य र बिपि र गिरिजाकि नातिनि हुन । उनको पहिलो बलिउड चलचित्र चाँही “सौदागर” हो ।ओभेरियन क्यान्सर लागेर सन्चो भएकि मनिषा अब फेरि फिल्म क्षेत्रमा फर्कने सुरमा छिन ।
झरना बज्राचार्य
मिस नेपाल १९९७ झरना बज्राचार्य अभिनेत्रि र मोडल हुन । धेरै फिल्ममा अभिनय गरे पनि झरनालाइ सफलता भने हात लागेन । झरनाले हालै मलेशियन नागरिकसंग बिवाह गरेर उतै बसोबास गर्न थालेकि छिन । उनले मेडिटेसन सिकाउने ब्यबसाय पनि शुरु गरेकि छिन । (अरु बाल्यकालको फोटोहरु भिडियोमा)
झरना थापा
अभिनेत्रि झरना थापा नेपालि फिल्ममा सफल अभिनेत्रि हुन । उनले अभिनयका साथ साथै केहि सफल चलचित्र पनि निर्माण गरेकि छिन् ।
प्रियंका कार्कि
अभिनेत्रि प्रियंका कार्कि नयाँ पुस्ताकि सफल अभिनेत्रि र सबै भन्दा ब्यस्त अभिनेत्रि हुन । अमेरिकामा अध्ययन गरेर नेपालि फिल्म क्षेत्रमा काम गर्न भनेर फर्केकि प्रियंकाले फिल्म क्षेत्रकैलागि श्रिमानसंग पारपाचुके गरेको पनि दावि गर्छिन । (बाल्यकालको फोटो भिडियोमा)
दिपकराज गिरि
हास्य कलाकार दिपकराज गिरिले १२ बर्ष भन्दा लामो समयसम्म हालै बन्द भएको “तितोसत्य” हाँस्य टेलीचलचित्र चलाएका थिए । उनले “छ एकान ६” र “वडा नम्बर छ” जस्ता सफल चलचित्र नेपाली चलचित्र उद्योगलाई दिइसकेका छन् । उनि अभिनयसँगै, निर्देशन र निर्माणमा पनि पोख्त छन् ।
निता ढुङ्गाना
निता ढुङ्गाना, नेपालि चलचित्र क्षेत्रकि नाम चलेकि अभिनेत्रि हुन् । किशोरावस्थादेखि नै अभिनयमा लागेकि निता नेपाली चलचित्र उद्योगमा सफल र सुन्दरि नायिकाको रुपमा चिनिन्छन् । उनले अभिनय गरेको चलचित्र “नोटबुक”को गाला रातै बोलको गीतले उनलाई निक्कै चर्चित बनाएको थियो। (बाल्यकालको फोटो भिडियोमा)
निरु खड्का
निरु खड्का नेपाली हास्य अभिनय क्षेत्रमा चिनिएको नाम हो । चर्चित हाँस्यटेलीचलचित्र मेरिबास्सैमा उनको निर्मलिको भुमिकालाइ धेरै नेपालि दर्शकले मन पराएका थिए । निरुले चेतनामुलक नेपाली टेलिचलचित्र “थोरैभए पुगिसरि”बाट चिनिएकि अभिनेत्रि हुन । उनि चलचित्र, टेलीचलचित्र, मोदलिंग र म्युजिक भिडियोमा पनि सक्रिय छिन । (बाल्यकालको फोटो भिडियोमा)
बिनिता बराल
“चपलि हाइट”कि अभिनेत्रि बिनिता बराललाइ कन्ट्रोभर्सियल अभिनेत्रि मानिन्छ । उनको दोश्रो चलचित्र फ्लप भए पछि अभिनयलाइ छोडेर क्रिषिमा सक्रिय भएकि बिनिता अहिले अमेरिकामा अध्ययनरत छिन । उनको तेस्रो चलचित्र “सुपरस्टार” रिलिज हुने क्रममा छ ।
तेस्तै माथि राखिएको भिडियोमा “जेरि” फिल्म बाट नेपालि सिने क्षेत्रमा प्रवेश गरेकि आना शर्मा, आकर्षक मुस्कानकि धनि मोडल र अभिनेत्रि बर्षा रावत र सानो पर्दामा जम्न सफल सरिता लामिछानेका बाल्यकालका फोटाहरु पनि समावेश गरिएका छन ।