ऋषि धमलाको पार्टिमा पुर्वप्रधानमन्त्रि, सभामुखदेखि सेनापतिसम्म, बोलाउनु गैरकानुनि?

यहि बुधबार आर्मि अफिसर्स क्लवमा देशका धेरै गण्यमान्य ब्यक्तिहरुको जमघट भएको थियो । देश अत्यन्तै कष्टकर अबस्थामा गुज्रिरहेको बेला भएको सो जमघट देशको समस्या समाधानको लागि नभएर एक अति नै सामान्य कार्यक्रम थियो- पत्रकार ऋषि धमलाकी छोरीको पास्नी । नेपालि समाजमा छोरि जन्मेको ५ महिनामा गरिने पास्नि को पार्टि भने धमलाले भने जन्मेको एक बर्ष पछि आर्मी अफिसर्स क्लवमा गरेका छन । प्राय: सबै जसो गण्यमान्य ब्यक्ति उपस्थित भएको सो पार्टिमा अनुपस्थितहुनेमा राष्ट्रपति, प्रधानमन्त्रि, कांग्रेस सभापति र एमाओबादि अध्यक्ष उल्लेख्य थिए ।

भिडियो रिपोर्ट:

समारोहमा उपस्थित पुर्वप्रधानमन्त्रीहरुमा शेरबहादुर देउवा र माधवकुमार नेपाल थिए भने, कांग्रेस नेताहरु कृष्ण सिटौला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधी उपस्थित थिए । मधेसी मोर्चाका उपेन्द्र यादव, चुरे भावरका अध्यक्ष बद्री न्यौपाने लगायतका राजनीतिक हस्तीहरु पार्टिमा देखिएका थिए । सभामुख ओनसरी घर्ती, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक दुर्जकुमार राई, मुख्य सचिव सोमलाल सुवेदी जस्ता उच्चपदस्थहरु पनि कार्यक्रममा उपस्थित थिए ।

पुर्वसेनापतिहरुमा रुक्मांगद कटवाल र छत्रमान गुरुङ पनि उपस्थित भने कलाकारहरुमा महानायक राजेश हमाल श्रिमति संग उपस्थित भएका थिए भने अन्य कलाकारहरु पनि धेरै उपस्थित भएका थिए ।

सो पार्टिमा ऋषिले प्रधानमन्त्रि देखि राष्ट्रपतिसम्मलाई निम्तो पठाएका र १५ सय भन्दा बढि व्यक्तिहरु पार्टीमा उपस्थित भएका थिए । सामाजिक व्यवहार सुधार ऐनले भोज भतेरका लागि बढिमा १०० जना मात्र हुनु पर्ने भनेर शंख्यै तोकेको भए पनि  ऐन नियम कार्यान्यन गर्ने निकायका प्रमुखहरु नै उपस्थित भएर रमाइलो गरेको पार्टिमा ऐन नियमको के पो मतलव ।करिव दुइ साताअघि घर जलेर रु ५ लाख बढिको क्षति भएको बताउने धमला ले पार्टिम नेपाली खानाका साथमा मासुका विभिन्न परिकारहरु राखेका थिए ।

के छ कानुनमा ?

नेपालमा सामाजिक सुधार ऐन बनेको र सामाजिक कार्यमा फजूल खर्च गर्न नपाइने नियम कानुनहरु रहेका छन। मौजुदा  सामाजिक सुधार ऐन २०३३को अनुसार बिहे बाहेका अन्य पार्टीमा नातेदार बाहेक २५ जना भन्दा बढिलाइ निमन्त्रणा गर्न मिल्दैन । सो कानुनलाइ परिमार्जन गर्न बनेको सामाजिक व्यवहार सुधार ऐनको मसौदा, २०६८ ले त नातेदारसमेत जामा २५ जना भन्दा बढिलाइ निमन्त्रणा गर्न नपाइने ब्यबस्था गरेको छ ।

सो मस्यौदालाइ परिमार्जन गरेर कानुन बनाउन करिव डेढ बर्ष अघि सरकारले संसदमा पेश गरेको ऐनमा बिहे भोजमा ३ सय ५० जनासम्मको संख्या तोकेको भएता पनि विवाहबाहेका भोजमा भने सयजनाभन्दा बढीलाई बोलाउन पाइदैन । तर, त्यो कानुन पारित भएको नभएको एकिन हुन सकेन । यि सबै कुराले, ऋषि धमलाको पार्टि आयोजना गैरकानुनि हुने बुझ्न सकिन्छ ।

यसरि धेरै मानिसलाइ बोलाएर पार्टि दिएमा जरिवाना र कैद सम्म हुने व्यवस्था कानुनमा छ। प्रधानसेनापति, सशस्त्र प्रहरीका महानिरीक्षक, मुख्य सचिव, सभामुख, शिर्ष नेताहरु उपस्थित भएको पार्टि आयोजकलाइ फजूल खर्चको आरोपमा सजायँ होला त ?

upendra yada at rishi dhamala party

Leave a Reply

Your email address will not be published.