मैले सानै देखि “केटाकेटिको जाडो बाख्राले खान्छ” भनेर सुन्दै आएको थिएँ । हुन पनि केटाकेटि बेलामा बाख्राले बिनासित्ति चपाइ रहेको देख्दा जाडो नै खाइ रहेको होला जस्तो लाग्थ्यो । तर, केटाकेटि बेलामा पनि मेरो जाडो चै बाख्राले खाँदै खाएनन ! यो प्रसंग, पुसको जाडोमा र काठमाडौंमा डिसिने अवार्ड वितरण को हो ।
भिडियो रिपोर्ट:
अघिल्लो हप्ता भएको डि सिने अवार्डमा अन्य सिने कार्यक्रममा जस्तै नेपाली अभिनेत्रिहरु फेसनदार पहिरनमा उपस्थित भएका थिए । करिश्मा मानन्धर, निता ढुंगाना, नम्रता सापकोटा, माला लिम्बु आदि हिरोइनहरु सो कार्यक्रमका आकर्षण बनेका थिए ।यि अभिनेत्रिहरुमा दिपा श्रि निरौला भने पुरुष भेषमा प्रस्तुत भएकि थिइन, स्टेजमा। धेरै अभिनेत्रिहरु जाडोको परवाह नगरि अंग प्रदर्शन गर्दै कार्यक्रममा उपस्थित भए पछि कार्यक्रमका संचालक मध्येका एक दिपक राजा गिरिले प्रश्न गरेका थिए “बालबालिकाको जाडो त बाख्राले खान्छ, नायिकाहरुको जाडो चै के ले खान्छ होला ?” भन्ने प्रश्न गरेका थिए भने जितु नेपालको उत्तर थियो – ‘के ले खानुनी, जसले खान्छ उसैलाई थाहा होला ।’
काठमाण्डौमा अहिले जाडो ह्वात्तै बढेको छ। हुन त पौष महिनामा यसरि जाडो बढ्छ भन्ने कुरा अभिनेत्रिहरुलाइ थाहा नभएको पनि होइन, त्यसमाथि बेलुकिको समयमा भएको कार्यक्रममा पनि उनिहरुले ठुलै जोखिम मोलेको बुझ्न सकिन्छ । सो कार्यक्रममा पुरुषहरु न्यानो लुगामा उपस्थित भए पनि कार्यक्रममा सहभागि हुने अधिकांश नायिकाको पहिरन भने जाडो छेक्ने खालको थिएन । त्यसमा पनि उल्लेख्य अभिनेत्रिहरुको कुरा गर्दा अभिनेत्रिहरु नम्रता सापकोटा, आश्मा डीसी, अशिष्मा नकर्मी, छुल्ठिम गुरुङ, निता ढुंगाना आदिको पहिरनले बढि नै खुल्ला थियो । सारिमा सजिएका अभिनेत्रिहरुमामा अनु शाह, नीता ढुंगाना, रेजिना उप्रेती लगायत थिए भने करिश्मा मानन्धर सधै जस्तै सुन्दर देखिएकि थिइन ।
यि अभिनेत्रिहरुको जाडो के ले खायो होला भन्ने थाहा हुनेले कमेन्टमा लेख्नुहोला ।