सिने क्षेत्रमा राम्रो काम गरेर चर्चित हुनु भन्दा पनि नराम्रो काम गरेर चर्चामा आउन सजिलो मानिन्छ । फिल्मको प्रचारको लागि होस वा आफ्नै लोकप्रियताको लागि बिभिन्न स्टन्ट वा प्रचारबाजि गरेर चर्चित हुने चलन बढेको छ फिल्मि दुनियामा । कतिपय कलाकारले चर्चा चाहेर गर्छन भने कतिपय बिभिन्न स्क्यान्डलका कारण आफै चर्चित पनि हुन्छन । हुन पनि फिल्मि ब्रितमा “बरु बदनाम हुनु तर गुमनाम नहुनु” भन्ने मन्त्र जपेर सस्तो प्रचारबाजि गरेर क्षणिक चर्चा पाउनेमा बिभिन्न अभिनेता र अभिनेत्रिहरु छन् । आज म चर्चा गर्दै छु सबै भन्दा बढि चर्चामा आएका ५ अभिनेत्रिहरुको ।
भिडियो रिपोर्ट
१. रेखा थापा
रेखा थापालाइ ‘स्क्यान्डल क्विन’ नै भन्ने गरिन्छ । शुरुमा चर्चित हुँनकै लागि छोटा लुगा लगाउने रेखालाइ जिस्क्याएर देखा थापा पनि भनिन्थ्यो । उमेरले परिपक्व भए पछि भने आजकाल उनले छोटा लुगामा भन्दा पनि अन्य कुराबाट चर्चित हुने बहाना गरिरहन्छिन । उनका चर्चित स्क्यान्डलहरुमा छविराज ओझासंगको विवाह र सम्बन्ध बिक्षेद, सुदर्शन गौतमसंगको अफेयर, प्रचण्डसंगको नाच, संबिधानसभामा उमेदवारि र भोटरलिस्टमा नाम नभएकोले छोडनु परेको, फिल्म शुटिंग हुँदा हुँदै निर्देशकलाइ निकालेर आँफै निर्देशन सम्हालेको, पत्रकारलाइ कुटेको, राउटेका बच्चालाइ पालेको, कार्यक्रमहरुमा जान्छु भनेर अन्तिम समयमा नगएको, प्राय सबै जस्तो अभिनेताहरुसंग झगडा आदि अनगिन्ति प्रसंगहरुले रेखालाइ चर्चित बनाइ रहे ।
२ नम्रता श्रेष्ठ
नेपालि अभिनेत्रि नम्रता श्रेष्ठ पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनको दोश्रो फिल्म “मेरो एउटा साथी छ” रिलिज ताका डिजे तान्त्रिक संगको सेक्स भिडियोले चर्चित बनाएको नम्रताको रेमनदास श्रेष्ठ र प्रेम घले संगको रोमान्सको चर्चा पनि लामो समय चलेको थियो । अहिले उनि पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण चर्चित छिन । आजकाल नम्रता र दावा प्राय: सबैजसो सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । राम्रो अभिनय क्षमता भएकि नम्रताको पहिलो निर्माण ‘सोल सिस्टर’ भने फ्लप भएको थियो ।
३. सुष्मा कार्की
केहि फिल्ममा मुख्य अभिनेत्रि भएर अभिनय गरे पनि सुष्मा मोडल र ‘आइटम गर्ल’का रूपमा बढि चर्चित छिन । उनि फरक–फरक प्रेमीका कारण र अंग प्रदर्शनका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनि स्वदेश र विदेशमा हुने गरेका ‘स्टेज सो’मा खुलारुपमा प्रस्तुत हुने गरेकाले पनि चर्चित हुन्छिन । शुरुमा निर्देशक सुदर्शन थापासँगको सम्बन्धका र लिभिंग टुगेदरका कारण चर्चित शुष्माले सुदर्शनसँग ‘ब्रेकअप’ भएपछि अनुप्रस्थ ब्यान्डका गायक नरेन शाहीसँग बस्न थालिन । उनिहरु बिच सार्वजनिकस्थलमै कुटाकुट भएको खबरले पनि शुष्मालाइ चर्चित बनायो । नरेन संग छुट्टिएपछि भने शुष्माको बारेमा चर्चा पनि सेलाएको छ ।
४. पूजा लामा
आजकाल फिल्मक्षेत्रमा सक्रिय नभए पनि पुजा लामाको चर्चा नगरे नेपालि स्क्याण्डल क्विनको बारेमा चर्चा पुरा हुँनै सक्दैन । धेरै ट्यालेन्ट कि धनि गायिका, मोडल तथा अभिनेत्रि पुजा लामा र स्क्यान्डल सँधै संगै रहे । शुरुमा पूर्वपतिसँगको सम्बन्धविच्छेदका कारण पुजा समाचार बनिन् भने त्यस पछिका प्रेमी दिनेस डिसिले धोका दिएको भन्दै अत्यधिक मात्रामा ‘स्लिपिङ ट्याब्लेट’ खाएर आत्महत्या प्रयास गरिन। एक डिजे संगको विवादास्पद सेक्स भिडियो सार्वजनिक भएपछि उनीहरूले तुरुन्तै बिहे गरे । तर, बिहे केही महिना पनि टिकेन । त्यसपछि पूजाले आफ्नो बौद्ध धर्म छाडी मुस्लिम धर्म अपनाए पछि फिल्म क्षेत्रबाट नै पलायन भइन ।
५. सुमिना घिमिरे
फिल्म क्षेत्रमा हुने स्क्यान्डल र चर्चाको मारमा परेर फिल्म क्षेत्रबाट नै पलायन हुन बाध्य परेकि अभिनेत्रि हुन सुमिना घिमिरे । उनलाइ निर्देशक को कोठामा फेला परेको देखि र निर्मातासंग सुटुक्क बिदेश घुम्न जानलागेका सम्मका चर्चा सिने क्षेत्रमा फैलिएका थिए । सुमिनाले छोटो समयमा धेरै फिल्म कसरि खेल्न सकिन भनेर बिभिन्न अडकल काटने पत्रकार र उनका फिल्म सफल नभएको रिपोर्ट बाट आत्तिएकि सुमिनाले पत्रकारलाइ गालि गरेको अडियोले पनि खुबै चर्चा दिलायो । उनले एक अवार्ड कार्यक्रममा बोलेको अंग्रेजि सम्बोधन पनि उडाउने पाराले चर्चा भएको थियो । अघिल्लो बर्ष सुमिनाले एक पाइलटसंग सुटुक्क बिवाह गरे पछि आजकाल उनि गायव नै भएकि छिन ।
यि ५ बाहेक अन्य थुप्रै अभिनेत्रिहरु चर्चित हुन बिभिन्न हतकण्डा लगाउँछन भने कोहि गलत कुराले चर्चित पनि बन्छन । सेक्स सक्यान्डलका कारणले चर्चित भएको कारणले आत्महत्या गर्ने अभिनेत्रिहरु श्रिषा कार्कि र ज्योति खडका ( जेशिका खडका) को बारेमा चर्चा गर्नु त्यति उपयुक्त देखिएन । तेस्तै बिभिन्न स्क्यान्डल गर्ने अभिनेत्रिहरुमा बिनिता बराल, पुजना प्रधान, जिया केसि, शुभेच्छा थापा, निशा अधिकारी, प्रियंका कार्कि, बेनिशा हमाल, जेनिशा केसि आदिको नाम पनि आँउछ ।
यो लिष्ट तयार गर्न ट्विटरका साथिहरुले पनि सहयोग गर्नु भएको थियो । पोलमा भोट गर्ने र कमेन्ट अनि मेसेजमा जानकारि दिएर सहयोग गर्ने सबै ट्विटर मित्रहरुलाइ मुरि मुरि धन्यबाद ।
Top 10 scandalous Nepali actress
को को होलान ?
१. रेखा
२ (कस्लाइ रखौं ? )
— Anand Nepal (@AnandNepal) December 29, 2015
Incoming search terms:
- rekhathapa
- susma karki