लेखनाथ पौड्यालको १ सय ३२ औँ जन्मजयन्ति मनाइयो

विक्रम सम्बत्  १९४१ साल पुस १५ गते कास्किको अर्घौ अर्चले गाँउमा जन्मेका कवि शिरोमणि लेखनाथ पौड्यालको आज १ सय ३२ औँ जन्मजयन्ति विभिन्न कार्यक्रमहरु गरेर मनाइदै छ  । जन्मजयन्तिको अवसरमा पौडेलको जन्मस्थान कास्कीको लेखनाथमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्दै त्रिदिवसीय जन्मजयन्ती मनाइदैछ । कविशिरोमणिको अर्चले स्थित घर लिपपोत र सरसफाइ गरिनुका साथै प्रवेशद्वारमा रंगरोगन पनि गरिएको छ ।

lekhnath poudel home
फोटो क्रेडिट – कान्तिपुर

चार वर्ष अघि कविशिरोमणिको अर्चलेको घरसम्म मोटर सडकको सुबिधा पुगेपछि उनको जन्मदिवसको दिन उनको जन्मघरमै साहित्यप्रेमिहरु जम्मा भएर कविशिरोमणिको सम्झनामा गर्ने कार्यक्रम शुरु भएको हो । आजकाल यस्ता कार्यक्रमका साथै कविको जन्मथलो हेर्न आउने पर्यटकहरु पनि बढेको स्थानियहरु बताउँछन् ।

अहिले “कवि शिरोमणि जन्मस्थान विकास समिति” नै गठन गरेर उनको जन्मघरलाइ संरक्षण गर्न शुरु पनि गरिएको छ । गत वैशाखमा गएको भुकम्पले अगाडि र पछाडिका भाग केही भत्किएको घरलाइ अहिले मर्मत गरिसकिएको छ। साथै समितिले घर वरिपरि बगैँचा निर्माण, घरमा रंगरोगन तथा प्रवेशद्वारदेखि घरसम्म कविका चर्चित कविताहरूलाइ समेटेर शिलालेख पनि बनाएको छ । साथै उनको घर नजिकै एक सभा गर्ने हल पनि निर्माण गर्न लागिएको छ ।

***

आफ्नै कुरा – केहि समय देखि पोष्ट भएका सबै पोष्टमा भिडियो समेत पोष्ट गरेपछि मैले यसलाइ “भि-ब्लग” भनेर नै नामाकरण गर्ने सोचेको थिएं तर आज, लेखनाथको जन्मदिवसको यो जानकारि तयार गरे पनि भिडियो बनाउने खालका फोटो र अन्य दृश्य सामाग्रि उपलब्ध नभएको हुनाले भिडियो बनाउन उपयुक्त लागेन । तर मैले यस अघि रेकर्ड गरेको लेखनाथको कविता “काल महिमा”को भिडियोलाइ समावेश गरेर भए पनि यो ब्लगलाइ  “भि-ब्लग” बनाएको छु:

lekhnath poudel

Leave a Reply

Your email address will not be published.