प्रधानमन्त्रिको ठट्टा हो कि साँचो ? फिल्म सिटि दोलखामा हुँदैन रे

केहि समय पहिले नेपाल सरकारले प्रस्तावित गरेको फिल्म सिटिलाइ अहिलेका प्रधानमन्रि  केपि शर्मा ओलिले भने अनुपयुक्त स्थान भनेका छन् । उनले दोलखा मौसम र भौगोलिकताका हिसाबले फिल्म सिटी निर्माणका लागि उपयुक्त नभएको ठोकुवा गरेका छन् । उनले भने, ‘दोलखाको त्यो डाँडोमा हम्तामा दुइ दिन मुश्किलले दुइ घन्टा घाम लाग्छ ।”

भिडियो रिपोर्ट

यहि सोमबार उनको सरकारि निवास बालुवाटारमा नयाँ फिल्म “फुलैफुलको मौसम तिमिलाइ’ को म्युजिक तथा प्रोमो सार्वजनिक गर्ने कार्यक्रममा प्रम ओलिले आफुँलाइ तनहुँ, गोरखा, लमजुङको मस्र्याङ्दि नदि आसपास फिल्म सिटि बनाउन उपयुक्त हुन्छ जस्तो लागेको बताएका छन् । उनले थपे,  “फिल्म सिटि मैले भनेकै ठाउँमा हुन्छ ।”

फिल्म सिटि कहाँ र कसरि बनाउने भन्ने बारेमा प्राबिधिक र जानकारहरुले अध्ययन र नाफा/घाटाको हिसाव गरेर निर्णय गर्नु पर्नेमा प्रधानमन्त्रिले भनेको भनाइ हचुवाको भरमा आएको जस्तो लागेको छ ।

यस अघि दोलखामा फिल्म सिटि बनाउने भनेर बिभिन्न सरकारि स्तरका भ्रमणहरु भएका थिए । केपिको कुरा पत्याउने हो भने के उनिहरुले सो स्थानको भौगोलिक र मौसमको बारेमा जानकारि नै नलिइ  प्रस्तावित गरेका थिए त ? यदि त्यसो हो भने सरकारि खर्चमा अध्ययन गरेर पनि गलत ठाँउमा प्रस्तावित गर्ने पदाधिकारिहरुलाइ कारबाहि हुनु पर्ने होइन ?

pm with film team

फिल्म सिटिको बारेमा पुरानो कुरा

दोलखामा फिल्म सिटि निर्माण गर्ने निर्णय गर्नु भन्दा पहिले लामो समय अध्ययन गरिएको थियो भने, तिन वर्षा लामो अन्योल पछि मात्रै सो क्षेत्रमा बनाउने निर्णय भएको थियो ।

‘फिल्म सिटि’ कहाँ बन्ने भन्ने बारेमा २०६७ सालदेखि (करिव तिन वर्ष) को अन्योल २०७० मंसिरमा अन्त्य भएको थियो। तत्कालिना सुचना तथा सञ्चारमन्त्रि माधव पौडेलले २०७० मंसिर २० गते फिल्मसिति दोलखाको लाँकुरिडाँडामा बनाउने घोषणा गरेका हुन्। सो बेलामा फिल्म सिटि निर्माणका सबै प्रक्रिया पुरा गरेर मन्त्रि पौडेल प्रस्तावित निर्माणस्थल दोलखाको लाँकुरिडाँडा स्थित डाङडुङ्गे डाँडा क्षेत्रको भ्रमण गर्न गएका थिए । सो बेला पौडेलले फिल्म स्टुडियोका निर्माणको लागि तत्काल दुइ करोड बजेटसमेत विनियोजन गरिसकेको बताएका थिए।

प्रस्तावित डाङडुङ्गे डाँडा समुन्द्र सतहबाट करिब ३२ सय मिटरको उचाइमा रहेको र सो क्षेत्रमा १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाइ फिल्म सिटि बनाउने प्रस्ताव गरिएको थियो। सो स्थान लामोसाँघु–जिरि सडक खण्डको खरिढुंगा बजारबाट करिव ६ किलोमिटरलामो कच्चि सडक पार गरे पछि पुगिन्छ । सो स्थान दोलखा जिल्लाकै सबै भन्दा सुन्दर स्थानमध्येमा पर्छ।

प्रस्तावित गर्दा सो स्थानको  भौगोलिक वनावट रहेको र फिल्म सुटिंगको लागि सुन्दर रहेको भनिएको थियो । नजिकै देखिने गौरिशंकर हिमाल, गणेश हिमाल लगाएत आधा दर्जन हिम श्रिँखाला, गुराँस फुल्ने पहाडहरु, लेकको सुन्दर भुगोलको साथ साथै पर्याप्त मात्रामा रहेको फाँटहरुको कारणले पनि सो स्थान चलचित्र नगरिका बन्नको लागि उपयुक्त मानिएको थियो । सो स्थानमा प्याराग्लाइडिङ, बन्जि जम्प, स्केटिङ, जंगल सफारि, रक क्लाइम्बिङलगायतका विभिन्न खेलहरुका लागि समेत उपयुक्त मानिएको हुनाले सो स्थान प्रस्तावित गरिएको भनिएको थियो।

सो बेलामा दोलखा सदरमुकाम चरिकोटमा एक सर्वपक्षीय बैठक पनि आयोजना गरिएको थियो जसमा सबै पक्षले सरकारको सो निर्णयको स्वागत पनि गरेका थिए।

डिस्क्लोजर – दोलखासंग, फिल्म सिटिसंग वा पहिला निर्णय गर्ने कुनै पनि व्यक्तिसंग मेरो कुनै चिनजान/नाता छैन र म प्रस्तावित स्थानसम्म पुगेको पनि छैन  । मलाइ लामो समय लगाएर, ठुलो कसरत गरेर गरेको निर्णयलाइ हलुको पाराले उडाएको सुन्दा अचम्म लागेको मात्रै हो।

madhav poudel in dolkha 2013 file photo

मन्त्रि माधव पौडेल दोलखा जाँदाको फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *