सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोलाई उपचारको लागि अहिले दिल्लि पुर्याइएको छ । हालै उनका भतिज तथा पार्टिका केन्द्रीय सदस्य उपेन्द्र महतोले पार्टिका अध्यक्षलाइ हत्या गर्ने प्रयास भएको बताएका छन् । राजेन्द्र संगै दिल्लि गएका उपेन्द्रले राजेन्द्र महतोलाइ थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरेपछि नेपाल फर्केका हुन । उनले राजेन्द्रको पुर्ण परिक्षण भए पछि मात्रै अहिलेको स्थिति थाहा हुने भए पनि उनको अबस्था भने अझै पनि सिरियस नै रहेको बताएका छन् ।
भिडियो रिपोर्ट
गत शनिबार भएको झडपमा टाउको, खुट्टा र जिउमा चोट लागे पछि महतोलाइ विराटनगरस्थित गोल्डन अस्पतालमा लगिएको थियो। त्यहाँ आइसियुमा राखेर उपचार गरिएकोमा त्यस पछि थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्न रिफर गरिएको थियो।
बिरगञ्जको रक्सौल नाकामा अवरोधको नेतृत्व गरिरहेका महतो जोगबनि नाका बन्द गर्न शुक्रबार विराटनगर गएका थिए। शनिबार उनी विराटनगरबाट पैदल यात्रा गरि रानि भन्सार पुगेका थिए। नाकामा अवरोध गर्न खोज्दा प्रहरिले हस्तक्षेप गरी हटाउने क्रममा महतोसहित पार्टि प्रवक्ता सन्तोष मेहता, नेता दिलिप धाडेवा, जनजाति नेता तेन्जिङ लामा आदि घाइते भएको पार्टिले जनाएको थियो।
घटनाको अर्को पाटो
सेतोपाटिले लेखेको समाचार अनुसार सनिबार टाउकोमा चोट लागेका महतोको विराटनगरस्थित गोल्डेन अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो । तर, कुनै समस्या नदेखिए पछि सामान्य मल्हम पट्टी लगाएर जनरल वार्डमा सार्न लागे पछि महतो आफ्नै जोडबलले आइतबार राति नै धरानस्थित बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका थिए। वीपी प्रतिष्ठानमा पनि सिधै आइसियुमा राखिएका महतोमा कुनै समस्या नदेखिए पछि पाँच घण्टापछि नै चिकित्सकहरुले उनलाइ जनरल वार्डमा सारेका थिए। ब्लड प्रेसर र सुगरका बिरामी महतोलाइ अस्पतालमा नै बस्नुपर्ने अवस्थामा नभएको प्रतिष्ठानका सुचना शाखा प्रमुख सुजेन्द्र तामाङले समेत बताएका थिए। तर, महतोलाई उपचारको लागि दिल्ली लगिएको खबरले उनी आफै अचम्मित भएका थिए।
समाचारमा लेखिएको छ – दुइवटा अस्पतालका ग्चिकित्सकहरुले कुनै ठूलो समस्या नभएको बताउँदा बताउँदै उनि थप उपचारको लागि दिल्लि गएका हुन्। महोतो घाइते भएको खबरले सुसुप्त भइसकेको मधेश आन्दोलन फेरि चर्किएको थियो ।
सद्भावना पार्टी मधेसी मोर्चाबाट छुट्टियो
राजेन्द्र महतोलाइ दिल्लि लगे लगत्तै मधेसि मोर्चामा सम्बद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टिले बेग्लै आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ। मोर्चाका घोषित कार्यक्रम भन्दा बेग्लै थप कार्यक्रमका रूपमा सार्वजनिक गरिएका कार्यक्रम पुस १९ देखि २७ गतेसम्म चल्नेछन्।
यहि शनिबार राजधानिस्थित लाखे चौरमा गरिएको पत्रकार सम्मेलनमा सद्भावनाका महासचिव मनिष सुमनले मोर्चाका साझा कार्यक्रमहरूमा पनि पार्टिको पहिले झैँ नै सहभागिता रहने पनि बताएका थिए।
पुस २७ गतेसम्मका लागि घोषणा गरिएका कार्यक्रमहरूमा सहिदको सम्मानमा प्रार्थना सभा, मौन ब्रत, भित्ते लेखन, कालो झण्डा प्रदर्शन, मैन बत्ति बाल्ने र उपवास बस्नेसम्मका कार्यक्रमहरु समावेस गरिएका छन्।
सुमनले भने – “मोर्चा कुनै पार्टि होइन त्यो गठबन्धन हो त्यसलै मोर्चाभित्रका पार्टिहरुको फरक फरक कार्यक्रम आउनु स्वभाविक हो ।”