तराइमा मधेसि मोर्चाको आन्दोलन र बन्द शुरु भएको चार महिना बितिसक्दा पनि मधेसका समस्याको बारेमा वार्ता सफल हुन सकेको छैन । अर्को तिर, यहि मौका छोपेर विखण्डनकारिले आफ्नो शक्ति बढाउन सैन्य शैलीको अभ्यास बिगत एक महिना देखि शुरु भएको खबर छ। पहिलोपोस्टमा प्रकाशित एक समाचार अनुसार सिराहाको लाहानका बिभिन्न स्थानमा करिव ५० जनाको समुहमा सैन्य शैलिका तालिमहरु दिइदै छन ।
भिडियो रिपोर्ट :
तालिमका प्रशिक्षकहरु सो तालिम ‘युवा दस्ता’ निर्माण गर्नका लागि भइरहेको बताउँछन। स्वतन्त्र मधेस गठबन्धनका नेता विष्णु चौधरीका अनुसार त्यहाँ ‘मधेस देश’ बनाउन युवाहरुलाइ ‘मार्सल आर्ट’को तालिम दिएर युद्धको लागि तयार गर्दैछन । सिराहाका साथ साथै छिमेकि जिल्ला सप्तरि, धनुषा, पर्सामा पनि यस्ता अभ्यास भुमिगत रुपमा सञ्चालन गरिएका छन।
यो ‘युवा दस्ता’ निर्माण कार्य सिके राउतको नेतृत्वमा सुरु भएको र अहिले मधेसमा यो अभियानकै रुपमा अघाडि बढ्दै गर्दा स्थानिय प्रशासन भने सो बारेमा कुनै जानकारि नभएको बताउँछ।
को हुन सिके राउत?
सिके राउत पेशाले इन्जिनियर हुन। बेलायत को केम्ब्रिज युनिभर्सिटिबाट पि.एच.डि. गरेका रावतले केहि समय अमेरिकामा काम गरेर सन् २०११मा नेपाल फर्केका हुन । नेपाललाइ टुक्र्याएर छुट्टै मधेश देश बनाउने भनेर लागेका राउतलाइ सरकारले बेला बेलामा पक्राउ गरेर छोडने गरेको छ ।
‘मधेसलाइ छुट्टै देशको परिकल्पना गरेर छुट्टै झण्डा र राष्ट्र गान पनि तयार भइ सकेको छ ।
मधेश के राष्ट्रगान
“मधेश के राष्ट्रगान” को बोल यस्तो छ:
कोशि कमला गण्डक कालि
जनक सिता बुद्ध धारि
अनन्त उर्वर मधेश जय
जय जय जय मधेश जय
सहस्र तलाव सरस मृणालि
सुलभ समृद्ध सतत हरियालि
मनोरम महान् मधेश जय
जय जय जय मधेश जय
परित्राता परिपालक परम भवशालि
अजित अधिप आभा भारि
मेधावि महरथि मधेश जय
जय जय जय मधेश जय
जय जय जय मधेश जय
मधेशको झण्डा र नारा यस्तो छ :