शिव श्रेष्ठ को हुन ? पुराना नेपालि अभिनेता शिवको परिचय

शिव श्रेष्ठले ३० वर्ष भन्दा पहिले नै, सन १९८५मा, “जिवन् रेखा” बाट नेपालि सिने क्षेत्रमा पाइला टेकेका थिए । उनै नेपालि फिल्मका पुराना अभिनेता शिव श्रेष्ठको आज एक नयाँ फिल्म रिलिज भएको छ – अझै पनि हिरो भएर नै । आज फिल्म हलमा रिलिज भएको फिल्म “बागमति” मा शिव र राजेश हमालको बिचमा १० मिनेटलामो द्वन्द दृश्य पनि समावेस गरिएको निर्माण पक्षले बताएको छ । (बागमति रिलिज बारेमा समाचार, अंग्रेजिमा)

आज म, उनै अभिनेता शिव श्रेष्ठको बारेमा धेरैलाइ थाह नभएका कुराहरु संगालेर चर्चा गर्दैछु  । निम्न भिडियोमा उनका सबै छोरा छोरि र श्रिमतिहरुको फोटो पनि समावेश गरिएका छन् । मेरो जानकारिमा भए सम्म, यि सबै तथ्य समेटेर तयार गरिएको उनको यो नै पहिलो भिडियो हो ।

shiva shrestha with rajesh hamal bagmati promotion

शिव श्रेष्ठको फिल्मि इतिहास

नेपाली रजतपटका प्रसिद्ध नायक शिव श्रेष्ठलाइ फिल्म खेल्न औधि चहाना थियो । उनि “सिन्दुर” फिल्मको अडिसनमा गएका थिए तर सो फिल्ममा शिव श्रेष्ठलाइ फ्याँकेर विश्व बस्नेत छानिए । फिल्ममा नायक बन्न नसके पनि उनले “सिन्दुर”मा आफ्नो कोट भए पनि देखियोस् भन्ने सोचेर नायक बस्नेतलाई आफ्नो कोट लगाइदिन आग्रह गरेका थिए । बस्नेतले सो कोटा नायिका मिनाक्षि आनन्दलाइ सिन्दुर लगाइदिने विशेष दृश्यमा लगाएर शिवको चाहाना पुरा गरिदिए ।

शिव श्रेष्ठले चलचित्रमा छिर्ने चाहाना जारि नै राखे र निरन्तर प्रयास गरिरहे । आखिर उनको प्रयास “जिवन रेखा” फिल्मबाट सफल हुने भयो । तर, उनि सो फिल्ममा नायक नभएर खलनायकका रूपमा पो छानिएका थिए । तर, पछि उनलाइ नै नायक बनाइयो । उनले “जिवन रेखा”मा नायक भएपछि फेरि “सिन्दुर”मा विश्व बस्नेतले लगाएको चारकुने कोट लगाएका छन ।

एउटै ब्यानर शाही नेपाल चलचित्र संस्थानबाट बनेका दुई चलचित्र “सिन्दुर” र “जिवन रेखा”मा दुइ भिन्दा भिन्दै नायकले एउटै चारकुने कोट लगाएपछि फिल्म हेर्ने दर्शक र पत्रकार हरुले विभिन्न टिका–टिप्पणी पनि गरेका थिए ।

अभिनेता शिव श्रेष्ठ चलचित्रमा प्रवेश गर्नु पहिले विराटनगरमा एउटा सानो कुटिर व्यवसायमा संलग्न थिए, उनको त्यस व्यवसायबारे उनका नजिकका साथिहरु भन्छन, “शिव चलचित्र हलमा टिकट ब्ल्याकमा बेच्थे ।”

शिव भने सो कुराको खण्डन गर्दै भन्छन, “म विराटनगरको जलजला र हिमालय टकिजमा टिकट व्यस्थापक थिएँ ।” पुरानो कुराको बारेमा मलाइ कुनै टिप्पणि गर्न मन लागेन, अहिले उनि नेपालि फिल्म क्षेत्रका सम्मानित र मनपराइएका अभिनेता हुन ।

सिनेमामा आएपछि शिव श्रेष्ठ नेपालमा मात्र नभएर पाकिस्तान, बंगलादेश, श्रिलंकामा उत्तिकै चिनिएका थिए। एक पटक बलिउडका अभिनेता दिलिपकुमारले समेत लाहोरमा शिवको खुलेर प्रशंसा गरेका थिए ।

शिवाले नेपालमा आयोजित पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पनि प्राप्त गरेका थिए ।

शिव श्रेष्ठको व्यक्तिगत जिवन

शिव श्रेष्ठले वि.सं. २०२८ सालमा गंगादेवि श्रेष्ठसँग विहे गरेका थिए । शिव र गंगा लामो समय संगै बसे । उनिहरुवाट चार छोरी र एक छोरा रहेका छन । उनिहरु छुट्टिए पछि गंगा हाल लण्डनमा बसोबास गर्दै आएकी छन् ।

शिवको र गंगादेविसँगको संवन्धमा दरार आएपछि उनले चितवन रामनगरकी सिर्जना श्रेष्ठसँग दोश्रो विहे गरेका थिए । शिवले दोश्रो विवाह छोरि भन्दा कान्छि युवति  सिर्जना संग गरेको भनेर चर्चा पनि घेको थियो । शिव र सिर्जनावाट भर्खर स्कुल जान थालेका एक छोरा छन । उनकि जेठि श्रिमतिबाट जन्मेका पाँचै जना छोराछोरिको भने बिवाह भइ सकेको छ भने कान्छिबाट २०६६ सालमा छोऱा जन्मेको हो ।

केहि समय अघि एक साप्ताहिक पत्रिकामा शिव श्रेष्ठको बसन्ति रंजितकार नाम गरेकि आइमाइसंग अफेयर रहेको खबर पनि आएको थियो ।  दश बर्ष अघाडि नै एक विहेको रिसेप्सन पार्टीमा चिनाजान भएकि बसन्ति शिवले निर्माण गर्न लागेको फिल्म “खुकुरि–कान्छि”को लेखिका एवम् सहनिर्माता पनि हुन । तर, अहिलेसम्म “खुकुरि–कान्छि” निर्माण भएको बारेमा भने कुनै खवर छैन ।

शिव साइबाबाका ठुला भक्त हुन । उनको साइ प्रेमको संधै चर्चा हुने गर्छ । उनले मानिसहरुलाइ भेट्दा पनि ‘नमस्कार’ भन्नुको साटो ‘साइराम’ भन्ने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *