प्रधानमन्त्रि केपि ओलिका गाइजात्रे आश्वासनहरु

राजनितिक नेताहरु बेला बेलामा सुन्दा मिठो लाग्ने आश्वासनहरु दिन खप्पिस हुन्छन तर

  • एक बर्ष भित्र लोडसेडिंगको अन्त्य  -  बर्षौ देखि चलिरहेको लोड्सेडिंग को परिमाण बढदै जाँदा केपि ओलिले १ बर्ष भित्र नै लोडसेडिंगको अन्त्य गरिदिने अनौठो घोषणा गरे । उनले घोषणा गरेको केहि दिनमानै एक नर्वेजियन कम्पनिले १.5 बिलियन डलरको हाइड्रोपावर योजनाबाट हात झिकेको छ ।
  • हवाबाट बिजुलि निकाल्ने – हावाबाट विण्ड टर्बाइन चलाएर बिजुलि निकाल्न सकिन्छ । तर यसरि बिजुलि निकाल्न शुरु गर्न अति नै खर्चिलो र त्यति भरपर्दो नहुन पनि सक्छ । अनि, प्र.म. केपिले भने जस्तो सजिलै लागु गर्न सकिंदैन ।
  • बिद्युतिय मेट्रो रेल (उनको भनाइ जस्ताको तस्तै यसको अन्त्यमा साभार गरिएको छ)
  • पुर्व पश्चिम लोकमार्गलाइ छ लेन बनाउने
  • पाइपबाट ग्यास सप्लाई गर्ने
  • फिल्म सिटि, मोर्डन सिटि बनाउने

भिडियो रिपोर्ट :

यो रिपोर्टको दोश्रो भागमा प्रधानमन्त्रि ओlलिका अरु अलोकप्रिय कामहरुको चर्चगरिने छ जसमा:

  • ४० मन्त्रि रहेको मन्त्रिपरिषद; अझै बढ्ने सम्भावना रहेको बारेमा चर्चा
  • इतिहासमा धेरै – आधा दर्जन उपप्रधानमन्त्रिहरुको नियुक्ति, र यो बारेमा केपिको गैरजिम्मेवार जवाफ
  • मन्त्रिहरु लगाम बिनाको घोडा जस्तो मनपरि बोल्ने गरेको

यहि कार्तिकमा ओलिले भनेका थिए – “अब धेरै समय छैन, त्यसैकारण छिटो गर्नुपर्छ, स्वर्ग जाने भर्‍याङ बनाउने हैन, नेपाल फेर्ने बाटो चाहिँ बनाएरै छोड्छु । छोटो समयमा हामी केही गर्छौं । कृषिको आधुनिकिकरण र व्यवसायिकरण, पशुजन्य व्यवसाय वृद्धि, कपडाका लागि कपासको खेती, टेक्सटायल उद्योग स्थापनालगायतका कामलाइ अघि बढाई औद्योगिकिकरण र आधुनिकिकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउँदै जान्छौँ ।”

“इन्धनको विकल्पमा काठमाडौँ उपत्यकामा भरपर्दो ढङ्गले अध्ययन गरि मेट्रो रेल, ट्रलि बस, विद्युतिय सवारीसाधन सञ्चालन गर्नुपर्छ । हामी अब पुर्व–पश्चिम राजमार्गलाई चौडा गरि छ लेनको सडक बनाउँछौँ, चतरादेखि सिन्धुलिसम्म अर्को सडक बनाउँछौँ, फिल्मसिटि, आइटि सिटि र मोडर्न सिटि मस्र्याङ्दी, तनहुँ र लमजुङको आसपास बनाउँछौँ, त्यतिमात्र होइन उत्तरि क्षेत्रका सबै नाका खुलाउँछौँ ।”

kp oli

Incoming search terms:

  • kp oli jokes

Leave a Reply

Your email address will not be published.