मिस नेपाल प्रतियोगिताको लागि आवेदन आह्वान

मिस नेपालको २०१६ सालको संस्करणका लागि योग्यता पुगेका युवतिहरुबाट आवेदन आह्वान गरिएको छ । यहि आइतबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा देशकै ठुलो सुन्दरि प्रतियोगिता यहि अप्रिल ८ तारिखमा सम्पन्न हुने र आबेदन फेव्रुअरी १९ भित्र आयोजक संस्थामा पुग्नु पर्ने जानकारि दिइयो। आबेदन फर्म र आबश्यकताहरुको बारेमा निम्न भिडियोमा चर्चा गरिएको छ:

https://www.youtube.com/watch?v=oq-R12WI0Bg

मिस नेपाल प्रतियोगिको लागि कम्तिमा निम्न ७ आबश्यकता भएको हुनु पर्छ:

  • उमेर १९ देखि २४ वर्ष को (डिसेम्बर ३१, २०१६ मा)
  • उचाइ ५ फिट ४ इन्च भन्दा अग्लो
  • कहिल्यै विहे नगरेको, नेपाली नागरिक, महिला
  • बच्चा नजन्माएको
  • शैक्षिक योग्यता प्लस टु
  • आकर्षक ब्यक्तित्व भएको, स्वस्थ र राम्रो चालचलन भएको
  • ट्याटु नखोपेको

मिस नेपाल प्रतियोगिताको आबेदन फर्म भरेर फाल्गुण ७ भित्र दुइ प्रति फोटोका साथ फर्ममा नै भएको ठेगानामा पठाउन सकिनेछ ।

3 miss nepl citizenship, gender and marriage requiremnts

mn_2016_appform

Leave a Reply

Your email address will not be published.