अश्लिलता फैलाएको आरोपमा शुभेच्छा थापा कलाकार संघबाट निष्काशित

नेपाल चलचित्र कलाकार संघले अभिनेत्रि शुभेच्छा थापालाइ अश्लिलता फैलाएको र धार्मिक सद्भावमा आँच पुर्‍याएको आरोपमा संघको सदस्यताबाट छ महिनाको लागि निस्काशित गरेको छ । यहि माघ २ गते शनिबार बसेको कलाकार संघको कार्यसमिति बैठकले तेस्तो निर्णय गरेको कुरा चलचित्र कलाकार संघकि महासचिव सरिता लामिछानेले पुष्टि गरेकि छिन ।

भिडियो रिपोर्ट:

गतसाता, अभिनेत्रि थापाले बौद्ध धर्मावलम्बिहरुको धार्मिक काममा प्रयोग गर्ने खादाले आफ्नो नग्न शरिर छोपेर फोटोसुट गरेकि थिइन् । चलचित्र, “बिन्दास ३” को प्रचारको लागि खिचिएका ति फोटोमा शुभेच्छाले निलो खादालाइ मिनि स्कर्ट जस्तो बनाएर लगाएकि थिइन भने सेतो खादाले स्तन छोपेकि थिइन । उनको ति फोटोको ब्यापक बिरोध भए पछि सुभेक्षाले माफि पनि मागेकि थिइन । भने कलाकार संघले थापालाइ बोलाएर स्पष्टिकरण पनि लिएको थियो ।

बिन्दास ३ फिल्मका निर्देशक राजु गिरिले एक अनलाइन संग कुरा गर्दै पहिलेका फिल्म फिल्महरुमा पनि विवाद भएको र “बिन्दास ३” फिल्मको ग्लेमर बिकाउन बिवाद जरुरि भएको पनि बताएका छन।

suvekshya Thapa hot pose

Leave a Reply

Your email address will not be published. Required fields are marked *