नेपालि हिरोइनको रोजाइ लाहुरे नै किन ? (पहिलो भाग)

प्राय: नेपालि अभिनेत्रिहरुको रोजाइ नेपालमा बस्ने भन्दा पनि बिदेशमा बस्ने नेपालि वा भारतिय पुरुष हुने गरेका छन । सन २०१४ देखि अहिलेसम्म १५ जना नेपालि फिल्मका अभिनेत्रिहरुले विवाह गरेका रहेछन् । ति मध्ये आधा भन्दा बढि अभिनेत्रिहरुले बिदेशि वा बिदेश बस्ने नेपालिसंग बिवाह गरेका रहेछन । म आज हालै केहि अभिनेत्रिहरुले बिदेश बस्ने संग गरेको विवाहको प्रसंगलाइ लिएर लाहुरे प्रतिको मोह किन होला भनेर बिवेचना गर्ने प्रयास गर्दैछु। यो विवेचनाको शुरुवात हो – मेरो अध्ययनको नतिजा केहि समय पछि प्रस्तुत हुने नै छ, अहिलेलाइ:

यो अध्ययनको शुरुवात:

हालै बिहे गरेका सिम्पल खनाल, गरिमा पन्त, रिमा बिश्वकर्मा र हर्षिका श्रेष्ठ सबैले बिदेश बस्नेसंग बिवाह गरे । किन त ? नेपालमा भएका युवा लायक नभएका हुन त ?  ब्रेन ड्रेनको प्रभाव होला त ?

बिदेश बस्नेसंग बिहे गर्ने अभिनेत्रिहरु

मोडल र अभिनेत्रि सिम्पल खनालले बेलायत बस्ने युवकसंग बिवाह गरिन र अहिले उनि बेलायत उडि सकेको खवर छ । अभिनेत्रि गरिमा पन्तले पनि हालै बेल्जियम निवासि एक एनआरएन संग बिवाह गरेर उतै बसोबास गर्ने भनेर आफ्नै नामबाट “गरि शुशि” नामको एक रेस्टुरेन्ट ब्यबसाय नै शुरु गरेकि छिन् । तेस्तै केहि समय पहिले रिमा बिश्वकर्माले बेलायत बस्ने युवकसंग विवाह गरे पनि मनोरंजन क्षेत्रमा सक्रिय भइ रहने प्रतिबद्धता ब्यक्त गरिन । अभिनेत्रि हर्शिका श्रेष्ठले तेस्तै प्रतिबद्धता ब्यक्त गर्दै भारतिय नागरिकसंग बिहे गरे पनि उनले फिल्म क्षेत्रमा फर्किने सम्भावना देखिंदैन । झरना बज्राचार्य पनि बिहे गरेर मलेशियामा स्थाइ बसोबास गरेकि छिन भने “होस्टल” अभिनेत्रि प्रकृति श्रेष्ठको अस्ट्रेलियाबाट फर्कने लक्षण छैन । अभिनेत्रि ऋचा सिङ ठकुरिले आफ्नो अस्ट्रेलिया बस्ने श्रिमानकै निर्देशनमा “सुपर गोर्खे” नामको फिल्म बनाउन थालेको हल्ला चले पनि उनि अरु फिल्ममा निष्क्रिय नै छिन् ।

सन २०१४ पछि भारतिय मुलका ब्यक्तिहरुसंग बिवाह गर्ने अभिनेत्रिहरुमा सिम्पल खनाल, हर्षिका श्रेष्ठ र झरना बज्राचार्य रहेछन् भने अन्यले नेपालि मुलका श्रिमान रोजेका छन् ।

अमेरिका मोह, होइन रहेछ !

सन २०१४ पछिको अभिनेत्रिहरुको बिवाहको तथ्यांक हेर्दा कुनै पनि नेपालि अभिनेत्रिले अमेरिका बसोबास गर्ने युवकसंग बिवाह गरेको भने देखिंदैन । हुर्केकि छोरि भएकि र अभिनयमा लामो समयदेखि निस्कृय रहेकि, अमेरिका नै बसोबास गर्ने पुजा चन्दले उनिसंगै बसेका राजु लामासंग गरेको बिवाहलाइ यो तथ्यांकमा समावेस गर्न उचित लागेन । अरु सबै अभिनेत्रिहरुले युरोप, अस्ट्रेलिया, मलेशिया र भारत बस्ने पुरुषहरु छानेका छन्, विवाहको लागि ।

कारण के होला ?

उत्तर? मलाइ अहिले थाह छैन !

यो बारेमा ट्विटरमा साथिहरुसंग प्रश्न गरेको थिएँ । एक साथिले अभिनेत्रि मात्र नभएर आजकाल सबै जस्तो बिहेगर्ने उमेरका युवतिको प्राथमिकतामा बिदेश बस्ने युवाहरु पर्ने गरेको बताएका थिए । तेस्तै, अर्को साथिले बिदेशमा पैसा रुखमा फल्छ भन्ने सोचका कारण पनि बिदेशबासि छनोटमा परेका हुन रे ।

यस्तै सुझाव, सल्लाह, तथ्य र तथ्यांकहरु जम्मा गरेर कारण पत्ता लगाएर केहि दिनमा अपडेट भिडियो पोष्ट अबस्य गर्ने छु ।

nepali actress marry foreign bound guys

Leave a Reply

Your email address will not be published. Required fields are marked *