संबिधानमा के छ ? (अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बारेमा)

केहि समय देखि मैले नेपालको संबिधान २०७२ का सबै भागहरु क्रमश: बाचन गर्दै आएको छु । भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि ब्यबस्था भएको भाग २१ बाचन गरेर भिडियो बनाएर अपलोड गरेको छु । अन्य भागको बारेमा यो भिडियो ब्लगमा चर्चा नगरेको भए पनि यो भागको बारेमा चर्चा गर्दैछु । कारण – हाल अख्तियारले बिभिन्न कर्मचारिहरुमाथि कारबाहि अघाडि बढाएको छ । अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्किको छवि खासै राम्रो छवि छैन । उनले चलाखि पुर्वक आफ्नो बिरुद्ध महाअभियोग नलाग्ने गरि काँग्रेस बाहेक अन्य दलका ब्यक्तिलाइ मात्र कारबाहि गरेको आरोप पनि लाग्ने गरेको छ ।

मैले यस अघि लोकमानको बारेमा बिस्तृत बिवरण पनि लेखेको थिएँ । पहिला संबिधानको भाग २१ सुनौ:

संबिधान अनुसार कुनै पनि व्यक्तिलाइ “उच्च नैतिक चरित्र भएको” नभइ आयुक्त वा प्रमुख आयुक्तको पदमा नियुक्त दिन नामिल्ने भनिएको छ । तर मेरो व्यक्तिगत धारणा अनुसार र मैले लेखेको यस अघिको लेखलाई पनि आधार बनाएर लोकमानलाइ “उच्च नैतिक चरित्र भएको” व्यक्ति भने मान्न सकिने कुनै आधार छैन । तर बिडम्बना, संबिधानले “उच्च नैतिक चरित्र” भनेको के हो भनेर तथ्यगत रुपमा भनेको छैन ।

यस हिसाबले, जो सुकैलाई पनि “उच्च नैतिक चरित्र” भएको भनेर प्रमाणित गर्न सकिन्छ कि जस्तो लाग्यो । त्यसो हो भने, त्यसरि लेख्नुको औचित्य के होला ?

lokman karki and the constitution of nepal

2 thoughts on “संबिधानमा के छ ? (अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बारेमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *