संबिधानमा के छ ? (महालेखा परिक्षकको बारेमा)

नेपालको संबिधान २०७२ का भागहरु बाचन गर्ने क्रमममा आज महालेखा परिक्षकको बारेमा भएको भाग २२ वाचन गरेको छु। हिजोको भाग २१ को वाचन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि धाराहरुको थियो। अख्तियारले हालै गरेका उच्चपदस्त कर्मचारिहरुको कारवाहि सान्धर्भिक देखेर यो भिडियो ब्लगमा शेयर गरेको थिएँ । यस ब्लगका पाठक र दर्शकहरुको (भिडियोका) उत्साहजनक पेज भ्युका कारण संबिधानका अन्य भाग पनि यहाँ शेयर गर्ने जमर्को गरेको छु ।

नेपालको संबिधान २०७२ भाग २२ को भिडियो/अडियो हेर्नुहोस :

यो भागमा निम्न धाराहरु रहेका छन्:

धारा २४०. महालेखा परिक्षक :  यसमा ८ उपधाराहरु छन जसमा महालेखा परिक्षकको नियुक्ति, पदावधि, पारिश्रमिक र सेवाका शर्त  सम्बन्धि ब्यबस्थाहरु रहेका छन्
धारा २४१. महालेखा परिक्षकको काम, कर्तव्य र अधिकार :  यस धारामा भएका चार उपधाराले महालेखा परिक्षकको कार्य क्षेत्र,  लेखा सम्बन्धी कागजपत्र हेर्ने अधिकार, र लेखा सम्बन्धि ब्यबस्थाहरुको बारेमा भएका प्राबधान हरु रहेका छन् ।

अहिलेको महालेखा परिक्षक भानु प्रसाद आचार्य हुनुहुन्छ । महालेखा परिक्षकको कार्यालयको वेबसाइट अनुसार आचार्य मे ८, २०१३ मा महालेखा परिक्षक नियुक्त भएका थिए । कानुनमा स्नातक र ब्यबस्थापनमा स्नातकोत्तर गरेका आचार्यले यस अघि अर्थ मन्त्रालयका सचिव भएर कार्य गरिसका छन् ।

auditor general of nepal - nepal constitution

तपाइका राम्रा/नराम्रा सबै खालका कमेन्टहरुले यो भिडियो ब्लगलाइ अझै रोचक र जानकारिमुलक बनाउने हुनाले सबै प्रकारका कमेन्टहरुलाइ स्वागत छ ।

2 thoughts on “संबिधानमा के छ ? (महालेखा परिक्षकको बारेमा)

Leave a Reply

Your email address will not be published.