मेरो देशमा एउटा अर्को क्रान्तिकारि बुद्ध पठाइ देउ (गित र शब्द)

संगितकार चेतन सापकोटाले सार्बजनिक कार्यक्रममा गाएको यो गित सान्धर्भिक र रमाइलो लागेको हुनाले शेयर गर्दैछु । यो भिडीयोमा गितको छोटो भाग मात्र राखिएको छ । ओरिजिनल गित रिलिज भए पछि पुरा भिडियो शेयर गर्ने नै छु ।

https://www.youtube.com/watch?v=LuT-vit0u9o

गितको शब्द:

मेरो देशमा एउटा अर्को बुद्ध पठाइ देउ
रंग जस्तो भएनि हुन्छ
रुप जस्तो भए नि हुन्छ
मन शुद्ध पठाइदेउ !

भाँचिएका मनहरुलाइ जोड्न सक्ने
भड्किएका बिचारलाइ मोड्न सक्ने
हो ….
भाँचिएका मनहरुलाइ जोड्न सक्ने
भड्किएका बिचारलाइ मोड्न सक्ने
हिमाल पहाड तराइलाइ जोड्न सक्ने
परिआए महल पनि छोड्न सक्ने

मेरो देशमा एउटा अर्को महानायक पठाइदेउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाइदेउ
घर जहाँ भएनि हुन्छ
हो ..
घर जहाँ भएनि हुन्छ थर जे जे भएनि हुन्छ
मन शुद्ध पठाइदेउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाइदेउ


निम्न बोल पनि यो गितकै भाग हो तर माथि राखिएको भिडियोमा यो भाग हटाइएको छ। यो गित चेतन सापकोटाको जनवादि गित मध्येको एक भएकोले माओबादि जनयुद्ध सान्धर्भिक बनाउन तलका शब्द थपिएको हुनु पर्छ (मेरो बिचारमा)।


बिद्रोहको नेतृत्व गर्न सक्ने
अग्रगामि चेतना छर्न सक्ने
क्रन्तिको महासागर तर्न सक्ने
क्रन्तिको महासागर तर्न सक्ने
परि आए देशको निम्ति मर्न सक्ने

मेरो देशमा एउटा अर्को क्रान्तिकारि पठाइदेउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाइदेउ

घर जहाँ भएनि हुन्छ
हो ..
घर जाहाँ भएनि हुन्छ थर जे जे भएनि हुन्छ
मन सुद्ध पठाइदेउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाइदेउ
मेरो देशमा एउटा अर्को महामानव पठाइदेउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाइदेउ

send a revolutionary buddha - chetan sapkota

Leave a Reply

Your email address will not be published.