संबिधानमा के छ ? (लोक सेवा आयोगको बारेमा)

नेपालको संबिधान २०७२ का सबै धाराहरु बाचन गर्ने क्रमममा आज लोक सेवा आयोगको बारेमा भएको भाग २३, धारा २४२ देखि धारा २४४ सम्म वाचन गरेको छु। यस अघि भाग २२ को वाचन महालेखा परिक्षकको बारेमा थियो भने  भाग २१ को वाचन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि धाराहरुको थियो। अख्तियारको सक्रियतासंगै सो भाग देखिका भिडियो ब्लगमा राख्न थालेको भए पनि यस अघिका प्राय: साबै भागका भिडियोहरु तयार गरेर यु-ट्युबमा अपलोड भइ सकेको हुनाले बिस्तारै तिनमा भएको सबै बिवरण सहित शेयर गर्ने नै छु

नेपालको संबिधान २०७२ भाग २३ को भिडियो/अडियो हेर्नुहोस :

यो भागमा भएका धाराहरुको संक्षिप्त बिवरण यस प्रकार छन्:

  • धारा २४२ मा लोक सेवा आयोग गठन प्रक्रिया, पदाधिकारिको नियुक्ति, कार्य क्षेत्र र अन्य विवरणहरु ९ उपधारामा बाँडिएको छ
  • धारा २४३ मा लोक सेवा आयोगका काम, कर्तव्य र अधिकारहरु विभिन्न ९ उपधारामा फैलिएको छ
  • धारा २४४ – प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग हुने,  र प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनको आधारमा बन्ने

 

nepal constitution, lok sewa aayog

One thought on “संबिधानमा के छ ? (लोक सेवा आयोगको बारेमा)

Leave a Reply

Your email address will not be published.